कहिले बन्ने शुन्दर शान्त नेपाल
-दिलिप योन्जन–
अस्टिन, अमेरिका
गाँउ सहर डाँडा पाखा बरै रगतको गन्ध
देशै जलाइ तराई पाहाड कति गर्छौ बन्द ।
सबै मिली देश बनाउँ छैन कसैलाइ पिर
पालै पालो बम पडकाई देशकै छाती चिर ।
दाजु भाई दिदी बहिनी सबै भए दुस्मन
जनता मारी नेता बन्नेले गरे देशमा शासन ।
शहिदको छोरा छोरीलाई कसले दिने गाँस बास
लडेका छन तछाड मछाड बनाई देशलाई बरबाद
कहिले हाँस्ने नेपाली नेपाली तोडी सबै जन्जाल
कहिले बन्ने मेरो देश शुन्दर शान्त नेपाल ।




