बेलायती अदालत अगाडी गरे नेपालीले नाराबाजी
बेलायतको अदालत अगाडि केहि नेपालीले आज नाराबाजी गरेका छन् । आज करिब तिन सय जनाजति पूर्व बेलायती गोरखाका समर्थकहरु जम्मा भएर बेलायतको रिडिङ क्राउन्टकोट भनिने अदालत अगाडि नाराबाजी गरेका हुन् । केहि दिन अघि बेलायतमा हत्या गरिएकि बच्चाकि आमा क्रिष्ण माया माबोको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै धर्ना दिएका थिए ।
३९ वर्षिय माबोलाई बेलायतको एभर्स्लि रोड, आरबरफिल्ड निवासी ३० वर्षिय ग्लेन जोन नेल्शनले हत्या गरेको नेपालीहरुले दाबी गरेका छन् । नेपाली दाबीका अनुसार उनले पहिले माबोलाई बलात्कार गरेका थिए । त्यसपछि यातना दिएर हत्या गरेका थिए ।
गेट रिडिङ पत्रीकाका अनुसार नेपालीहरुले नारा लगाएपछि अदालत प्रवेश गर्नबाट रोक्न त्यहाँ प्रहरी परिचालन गरिएको थियो । उपस्थित महिलाहरुले ‘हामीले असुरक्षा महसुस गरेका छौं’ भन्दै थिए ।
माबोको शरिर आरबोरफिल्डको जमिनमा फेला परेको थियो । उनी आफ्ना पती र तिन वालवालिकसँगै त्यहिँ नजिकै बस्दै आएकि थिईन् । प्रहरी हिरासतमा लिईएका हत्यारा आरोपितको अक्टोबर १४ मा अदालतमा सुनुवाईका लागि तोकिएको छ ।
उपस्थित हुनेमा महिला, केहि युवा युवती र अधिकांश भूतपूर्व गोर्खा सैनिक संगठनका मानिसहरु थिए । नेपालीको यसरि हत्या हुँदा किन भूतपूर्व सैनिक संगठनका मानिसहरुलाई मात्रै चासो लाग्यो ? किन यस्तो हत्याको बिरुद्दमा बेलायतमा यति थोरै मानिस उपस्थित भए ? बेलैमा जानकारि नभएर ? अन्य नेपालीको मन नदुखेर ? कि जे गर्छन् गोरखा सैनिकलेनै गर्छन् भन्ने सोच्दै निच मारेर ? कम्तिमा एक लाख चालिस हजार भन्दा बढि नेपाली बसोबास गर्ने र नेपालीका ६० वटा भन्दा संघ संस्था भएको भनिएको बेलायतमा नेपालीको हत्या हुँदा किन यति थोरै उपस्थित ?




