लक्का जवानीको पच्चिस वर्ष नेपालको सेवामा

NEPAL EN FRANCE LUMIRE 055

नेपालको विविध तरिकाले नेपालको सेवा गर्ने फ्रान्सेलीहरु खोजि गर्दै जाँदा करिब दुई वर्ष अघि मैले पिएरो र मिसेलका जोडी पत्ता लगाएको थिएँ । भेट्न खोज्दा खोज्दै दुई वर्ष बितेछन् । के मिलेन के । बल्ल बल्ल यो पटक मेसो मिल्यो । उनीहरु पेरिसबाट करिब तिन घण्टा टाढा सानो शहरमा बस्ने । ‘यसरि आ उनु म तपाईलाई लिन रेल स्टेशन आउँछु ।’ मिसेलले भनेकि थिईन्। रेल स्टेशनमा ओेलिनासाथ गाडिमा कोचिन । मिसेलको गाडीमै केहिबेर गफ गरियो ।

नौ बजेनै यहाँ आइपुग्न तपाई कति बजे उठ्नु भो ?

पाँच बजे ।

‘पाँच बजे ?’

‘हो त ।’

जोक गरेको कि क्या हो ?

एकदम सिरियस हो नी ।’ अनि थाह छ कति बजे सुत्या ?

‘दुई बजे बिहान ।’

‘जम्मा तिन घण्टा ?’

‘अँ धेरै कि त सुत्नै पाउँन्न कि निन्द्रै लाग्दैन । हिजो राती काम नसकेर ।’

‘मपनि तिन बजे सुतेको नी ।’

‘किन नी ?’

निन्द्रा नलागेर ।’

‘किन अलगेन भनेको नी ।’

‘तपाईले के के सोध्नुहोला । के उत्तर दिने होला । के भन्ने हो । कस्तो हुने हो । गल्ति भयो भने के भन्नुहुन्छ होला ?’ यस्तै उत्सुकताले गर्दा ।’

‘हाहाहाहाहाहा । त्यस्तो गर्ने हो त ? मैले कुरा गर्दा अन्तर्वार्ता दिएको महसुस हुन दिन्न । जे जे मन लाग्छ त्यो बोल्नुस् । नेपालमा देखे, भोगेका, राम्रा नरामा, खुशि, दुखि, गाह्रा साह्रा, नाचेका हाँसेका, रोएका, रुवाएका सबै जसरि बोल्न मन लाग्छ बोल्नुस् । म कुनै नेतालाई बेस्सरि न्याँकेर के के न गोप्यता खुल्ला र झ्याँको झारुँला भन्ने हिसाबले गर्दिन ।’

‘जे मन लाग्छ त्यहि बोल्ने, त्यस्तो नी हुन्छ ?’

‘हुनेनै त्यस्तै हो ।’

‘हैन कति जानेको कुरा गर्न ?’

‘फ्रान्सेली गफाडीहरुले सिकाएको त हो नी, ‘हाहाहाहा ।’

 

NEPAL EN FRANCE LUMIRE 056

गफ्फिँदा गफ्फिँदै उनको घर पुगियो । नेपाली टोपी र ईस्टकोटमा सजिएका रहेछन् उनका पती पिएरो । पुरै जंगल जस्तो बगैंचाभित्र घेरिएको घर । वरिपरि सबै नेपाली सामान । टेबलमा नेपाली बालबालिकाका हुलिया भएका फाईल । नेपाली वालवालिकाका कथा छापिएका केहि पत्रीका । एक फन्को लगाइदिए पत्रीकामा उनले मेरा आँखालाई । ‘यो केटी यस्ती थिई । कपाल घुम्रिएको । चप्पलसम्म नलगाएकि । ख्याउटे अनुहारकि । पतेराले चुसेको धान जस्ता गाला भएकि ।’ एक वालिकाले हनुमान ढोका मन्दिरको सिँढीमा गोडा झुण्ड्याउँदै बसेको फोटो देखाईन । ‘हो र ?’ आश्चर्य मान्दै मैले आँखा तिनिक्क पारें । उनले थपिन ‘पख्नुस् पख्नुस्, खास कुरो त भन्नै बाँकि छ ।’ ‘मैले यसलाई बहुत कष्टले उसैको बाउका हातबाट उम्काएकि । यसलाई उसको बाउले बेच्न खोजेको थियो’ । ‘तर अहिले यो केटी एउटा ठूलो शैक्षिक केन्द्रको निर्देशक बनेकि छे ।’

‘मलाई त वर्षौं देखि मैले तपाईलाई चिनेजानेको निकट जस्तो लाग्यो । हामीले तिमी भने हुन्न र ?’ कुरा गर्दा गर्दै तपाईबाट हामी तिमीमा झर्‍यौं । अब उनले झन खुलेर कुरा गर्न थालिन् ।

उनकि एक साथी फ्रान्सेली दुतावासमा कन्सुल रहिछिन् । उनैले भेट्न बोलाएर पहिलो पटक नेपाल पुगेकि । नेपालको मायाले समातिहाल्यो । आकर्षणले तानिहाल्यो । बसन्तपुरको लम्बे सडकतिर टहलिँदै गर्दा मिसेलका आँखामा एक वालिका देखिईन् । असाध्यै टाढी । तर गोडामा चप्पल छैन । मुख खोबिल्टिएका छन् । कपालमा जुम्राका ताँती । फोहोर लूगा । साह्रै माया लागेछ । फाट्ट फुट्ट अड्कि अड्कि केहि अंग्रीजे शब्द बोल्ने रहिछे फुच्ची । सोधिछिन् ‘तिमीलाई के किनिदिउँ ?’ मिसेलले सोचेकि रहिछिन् ‘यो केटीले पाइन्ट, सर्ट, घडी, बिस्कुट, जुत्ता चप्पल केहि माग्छे, कि यति पैसा देउ भन्ने छे ।’ तर उनीहरुले नसोचेको कुरा मागी ‘मलाई एकदम पढ्न मन छ । सक्नुहुन्छ भने पढाईदिनुस् । मलाई घरमा बाउ आमाले पढाउन नसकेकोले म स्कूल जान नपाएकि । पढ्ने एकदम रहर छ ।’ वालिकाको त्यो रहरले मिसेललाई असाध्यै छोयो । फर्केर फ्रान्सेली दुतावास गईन् । साथीलाई भनिन् ‘मैले एउटी केटी भेटें । यस्ति यस्ति । उ पढ्न खोजेकि छे, कसरि पढाउने होला ?’

साथीले जवाफ दिईछन् ‘ह्या नचाहिने लेठो नगर । त्यस्तालाई पढाउँदा बाउ आमा समाजबाट अनेक समस्या झेल्न पर्छ ।’

वालिकालाई उनले हुन्छ भनिसकेकि रहिछिन् । त्यसैले दुतावासकि साथीलाई भनिछन् ‘हैन मैले हुन्छ भनिसकेकि छु । बचन म फाल्दिन ।’

त्यो वर्ष त्यसै गयो । फ्रान्स फर्किईन मिसेल । वालिकालाई भनिन् ‘म फ्रान्स गएर आउँछु । अनि पढाउँछु ।’ यताउति गर्दा गर्दै ढिला भो । एक वर्षपछि गईन नेपाल । त्यो बेला वालिका त्यतै मन्दिरका भुइगल, पिँढी छेउ देखिन्थी । काठमाडौं हनुमानढोका वरिपरि गएर खोजिन् । अँहँ फेला परिन । अनेक मान्छे लाई सोधीन । हरेक दिन हनुमानढोका वरिपरि गएर सयौं मानिसका भिडमा त्यो वालिका खोज्ने जागिर झैं भो मिसेललाई । अब निराश भईन् उनी । तैपनि फोटो देखाउँदै सडकका मानिसलाई सोध्न भने छोडिनन् । एक जनाले अँ अँ कता कता देखेको थिएँ भन्दै आशा देखायो । उसले संकेत गरेको ठाउँ गएर हेर्दा वालिका फेला परि । अँगालो हालिन् । चुमब गरिन् । उस्तै थिई वालिका । दुब्ली । च्याउँसे । कपालभरि उस्तै थिए जुम्रा लखरलखर हिँड्दै ।

जुम्रा मार्ने औषधी हालिदिइन् । नुहाइधुवाई गरिदिईन् । नयाँ सफा लुगा फेरिदीन् । अब वालिका फिरिई । स्कूल पढाउन खोज्दा बाबु आमाको स्विक्रिति चाहियो । आमा छोरीलाई जतिसक्दो चाँडो फ्रान्सेलीको जिम्मेवारीमा पढाउन खोज्ने । बाउ ज्यानजाला नमान्ने । हरेक दिन जान्थिन् तिनका बाउ आमा भएको ठाउँमा मिसेल तिनलाई मनाउन । तर जति भनेपनि बाउले नमान्ने । वरिपरिका छिमेकि जम्मा भएर बाउलाई सम्झाए ‘हेर गोरेले पढाउने भएपछि तिम्री छोरि अशल हुन्छे । धेरै पढ्न पाउँछे । अशल र तगडा बन्छे । अनि एकदिन राम्रो जागिर खान्छे र सबै परिवार पाल्छे ।’ तैपनि टेरेन बाउले । मिशेल हार खाईन । उनको उता फ्रान्स फर्किनु पर्ने दिन हुनै लाग्यो । उनले धेरै जोड गरिन । अब नहुने भो, मान्ने भएन बाउले । यो केटी पढाउन नपाइने भो भनेर लल्याक लुलुक्कै भएका बेला नाटकिय भो । उनले लगेको स्विक्रिति पत्रमा बाबुले सहि गरिदियो गाह्रो मानी मानी ।’  मिसेल खुशिले बुरुक्क उफ्रिईन् ।

‘ए सुन्तली (मैले नाम बदलेको) अब स्कूल खोज्न जाम’ बाबुले सही गरेपछि मिसेलले भनिन् । उनी स्कूल खोज्न गईन् । ११ वर्ष भैसकेकि सुन्तलीको अरु बिध्यार्थीसित स्तर  पढाइको स्तर नमिल्दा धेरै स्कूलले स्विकारेनन् । बल्ल तल्ल धापासीको एक स्कूलका प्रिन्सिपल पप्पुलाई पढाउन राजी भए । भर्ना गरि दिईन ।

मिसेलले सोचिन ‘हैन छोरीलाई यस्तो स्कूलमा पढाइदिने मानिस जुर्दापनि उनका बाबु किन राजि नभएका ?’

NEPAL EN FRANCE LUMIRE 042

मिसेलले फेला पारेको रात ति ११ वर्षे वालिका आफ्नै बाबुको साथीको ओछ्यानमा फेला परेकि रहिछिन् । अर्थात् ति वालिकालाई आफ्नै बाबुले आफ्नो साथीकोमा सुत्न पठाएको रहेछ । जुन कुरा आमालाई थाह थियो । तर त्यो कुरोको बिरोध गर्दा सायद बाउले टाउको फोरिदिन्छ भनेर सार्वजनिक गर्न, बिरोध गर्न नसकेकि आमा । त्यसैले आमाको मनमा हुण्डरी चलेको रहेछ ‘छिंटो यो केटीलाई यो घरबाट पठाउन पाए बच्ने थिई ।’ त्यसैले आमा चाहिँ सहि गरेर पठाउन हतारिएकि रहिछिन् ।

मिसेललाई पछि झनै डर लाग्दो तथ्य थाह भो । पप्पुलाई उसको बाउले पछि भारतीय कोठीमा लगेर बेच्ने योजना पो गरेको रहेछ । दुई चार हजार लिएर उसले साथीको जिम्मा लगाउँदै भारतीय बेश्यालयमा पठाउने बिचार गरेको रहेछ । छोरी बेचेको पैसाले सायद उ केहि गिलास रक्सी र सुकुटीमा रमाउँने योजनामा हुँदो हो ।

नेपालका साना नानीहरु उमेर नपुग्दै भारतीय कोठीमा पुग्छन् । त्योपनि आफन्तकै क्रितिम मायामा फँसेर । आफ्नै बाउ आमाको काखैबाट फकाइँदै पुग्छन् भन्ने मिसेलले नेपाल बस्दा बस्दै जानिन । के गर्न सकिएला भन्ने मनमा तर्कनाहरु खेलाउँदै फ्रान्स फर्किईन सुन्तलीलाई स्कूलमा भर्ना गरेर । फ्रान्स आएपछि उनको त्यो कथा यहाँको प्रसिद्द पत्रीका फिगारोमा प्रकाशित भयो । त्यो देखेर फ्रान्सेली सांस्क्रितिक मन्त्रालयले बोलाएरै उनलाई त्यो बेला १५ हजार फ्र्याँक (करिब १० लाख रुपियाँ) दियो । त्यो पैसाले अब धेरै वालिका पढाउन सकिन्छ भनेर उनले संस्थानै खोलिन । यस्तै पढ्न नसकेका वालिकाहरु खोज्न थालिन । कहिले माईती नेपालको सहयोग मागिन त कहिले अन्य नेपालीको ।

संस्था खोल्दा केहि फ्रान्सेलीलाई राखिन् । त्यस मध्ये एक फ्रान्सेली यौन दुराचारी रहेछन् । वालिका पढाउँछु भन्ने । तर वालिकालाई नेपाल गएका बेला ज्यदै बिलासी मोबाईल लगायतका सामान् दिने । बिदेशका सामिद्रि तटमा कट्टु मात्रै लगाएर खिचेका आफ्ना फोटा पठाउने । नेपाल गएका बेलापनि एक्लै लिएर घुमाउन जाने । मिशेललाई शंका लाग्यो । सम्झाईन् । उसले टेरेन । अनि उनले संस्थाबाट उसलाई निकालिदीन । तर उसले नेपालका केहि पत्रकारलाई दानापानी खुवाएर प्रहरी कार्यालयमा उजुरी हाल्यो । समाचार लेखायो ‘मेसेलले वालवालिक बेच्छे । अत्याचार गर्छे । वाल शोषण गर्छे ।’ उनलाई त्यो गलत हो भन्ने पुष्टि गर्न शुरुमा निक्कै गाह्रो भो । फ्रान्सको अदालतमापनि मुद्दा हालेकाले दुबैतिर लड्नुपर्‍यो । सामाजिक काम गर्न भनेर संस्था खोलेको । तर त्यस्ता बेक्कारका काममा मुद्दा लड्दै र तनाब झेल्दै समय बित्न लाग्दा वाक्कै भए । तर मिशेलले त्यो मानिस वाल यौन दुराचारी हो भन्ने सिद्द गरेरै छोडिन् । नेपालका केहि गतिला पत्रकारलेपनि साथ दिए अन्तत । ‘अन्तत मलाईपनि साथ दिने निस्किए नेपाली पत्रकार । सबै खराब र सबै असल भन्ने कहाँ हुन्छ र ?’ मिसेलले सुनाईन ।

त्यो फ्रान्सेलीमाथि अन्यले पनि उजुरी हालेका रहेछन् । पेरिसको मुख्य प्रहरी कार्यालयले पनि यो थाह पाएपछि खोजि गर्न थालेछ । तर त्यो फ्रान्सेली नेपाल र भारत चहार्दो रहेछ लुकि लुकि । उसलाई कहिल्यै फ्रान्सेली प्रहरीले फेला पार्न सकेन । नेपाली प्रहरीकोमा ति कति पटक पुगेपुगे । तर कहिल्यै पक्राउ गरेनन् प्रहरीले । मिसेल भन्छिन् ‘नेपालमा खोज्दा भारत । उता खोजे नेपाल गर्ने रहेछन् । मिसेलको अनुभवमा यस्ता वाल यौन दुराचारीहरु धेरै छन् नेपालमा । मिसेल आफैंले नै यस्ता दुराचारी दुई जनाको सास्ति भोगिन् । जो वाल केन्द्रका नाममा वालवालिकामाथि यौन शोषण गर्छन् ।

michèle-jean-claud-christine-dadi

नेपालमा छोरालाई प्रथामिकता दिन्छन् । अलि पैसा भए बोर्डिङमा । नभए सरकारी स्कूलमा पढेपनि प्राथमिकता छोरोलाई दिईन्छ । एउटै घरमा छोरो र छोरी दुबै छन् भने पनि छोरोलाई पढ्न दिने र छोरीलाई काममा लगाउने चलन छ । धेरै ठाउँमा त छोरीलाई अझै पढ्न दिईन्न । तर जबसम्म आमा शिक्षित हुँदैनन् तिनका छोरा छोरीपनि गतिला हुँदैनन् । महिलाले आर्थिक उपार्जन गरेको घरमा बढि बचत हुने, घरका समस्या टार्छन् । त्यसैले मिसेलले वालिकाहरु मात्रै पढाउने गर्छिन् । भन्छिन् ‘वालकहरुपनि छन् पढ्न नपाउने । तर वालिकाहरु धेरै छन् शिक्षाबाट बञ्चित । त्यसैले हामी वालिका मात्रै पढाउँछौं ।’

सुन्तलीलाई भेटेका बेला मिसेल र उनका पती पिएरो लक्का जवान थिए । त्यो जवानीको समय तिनले शिक्षाबाट बन्चित नेपाली वालिकाका खुशिको अनुहारमा बिदा मनाए । साथीभाईलाई दिने समय तिनैको पढाईका लागि खर्चे । पटक पटक झुठा आरोपमा प्रहरी कार्यालय धाए । अदालत पुगे । पत्रकारका फर्जी आरोप पनि पचाए । तर जब आफ्नै बाबुले बलात्कार गराउने वालिकाको भविष्य संझन्थे तिनलाई आफ्ना निजि स्वार्थ र रमाईलो भुल्न प्रेरित गरिरहन्थ्यो ।

यो २५ वर्षे हिउँद र वर्षामा मिसेल दम्पत्ती कति पटका नेपाल गए भन्ने लेखापनि तिनलाई छैन । कति वालिका पढायौं भन्नेपनि हेक्का छैन । अहिले त काठमाडौंको सडकमा हिँडिरहेका बेलापनि ‘ममी ममी’ भन्दै बोलाउने भेटिन्छन् जसलाई पढाएर मिसेल र तिनाका अशल साथीले खुट्टा टेकाइदिएका थिए । मिशेलले पढाएका कति वालिकाले अहिले ट्राभल एजेन्सी खोलेका छन् । कोहि नर्स भए । केहि दन्त चिकित्सक बनेर बसेका छन् । कोहि पाँच तारे होटेलमा राम्रो पदमा छन् । कोहि पसल खोल्ने त कोहि बिदेशमा कराँतेको प्रशिक्षक बनेरपनि पुगेका छन् । कसैले आधुनिक क्रिषीतिर हात लम्काएकापनि छन् । सानातिना ब्यवशाय गरेर जिवन धान्ने त कति छन् कति । उनलाइ सबै भन्दा खुशि लाग्ने प्रसंग त के भने त्यहि वालिका पप्पु अहिले काठमाडौंमा करिब ६० जना वालिका बस्ने र पढाउने वाल केन्द्रको निर्देशिक बनेकि छिन् । ‘हाम्रो पहिलो सन्ताननै वालिका केन्द्रको निर्देशक । हामीले रोपेका बिरुवाले फल त राम्रो दिएका छन् नी है ?’ मिसेल हाँस्छिन् । पती नजिकै बसेका उनका पती सहि थाप्छन् ‘त्यहि भएर त हामीलाई यो उमेरमापनि काम गर्न जाँघर लाग्छ नी ।’

उनीहरुलाई सहयोग दिने मनकारि अरु साथीपनि छन् । जँ क्लोद र क्रिस्चिन दम्पतीले संस्थामै बसेर यि दम्पतीलाई साथ दिए । सँगै नेपाल गए धेरै पटक । वालिकालाई अनेक सहयोग गरे । त्यस दिनपनि  हाम्रो बारेमा चासो राख्ने नेपाली पत्रकार लेखकका कुरा सुन्न र आफ्नापनि सुनाउन रहर गर्दै आएका थिए । आफुले देखेभोगेका त्यो र यो बेलाको नेपाल र फ्रान्सका धेरै अनुभव बाँडे । तर त्यो भन्दापनि बढि मेसेल र उनका मित्रले राखेको प्रस्ताबमा विश्वाश गरेर वर्षौं देखि आर्थिक सहयोग दिनेहरु सबैभन्दा महान ठान्छन् यि मनकारीहरु ।

‘हामीले पढाएका सबै वालिकाले हामीलाई ममी बाबा भन्छन् । हाम्रा छोरा छोरी त कति कती । तिनले आज सक्षम भएर कति परिवार पालेका छन् । ति सबैले हामीलाई संझिन्छन् । हामी कति भाग्यमानी ।’ मुख हेरा हेर गर्दै हाँस्छन् ।

तपाइँको प्रतिक्रिया