पेरिसको नेपाली मेलामा नेपाली र फ्रान्सेली खचाखच

maison-vincenne-02-06-2013 068

अस्ति शनीबार र हिजो आइतबार पेरिसमा नेपाली मेला भयो । नेपाली सांस्क्रितिक ग्रिहले आयोजना गरेको यो मेला सयौं हजारौं फ्रान्सेली र नेपालीले हेरे । मेलामा मुलत नेपाली सांस्कितिक कार्यक्रम सदाझैं सबैको मुल चाख रह्यो । नेपाली शास्त्रिय संगित धेरै फ्रान्सेलीको आकर्षण रह्यो ।

601134_558989454152596_876566844_n

सुकर्म सांगितिक टोलीकालागि डा ध्रुवेशचन्द्र रेग्मीको सितार, प्रमोद उपाध्यायको तबेला र नगेन्द्र राईको बाँसुरीको संयोजन शास्त्रिय संगितमा थियो । शनीबार साँझ दर्जनौं फ्रान्सेली र नेपालीहरुले करिब दुई घण्टा हलचल नगरि शांस्त्रिय संगित सुनेका थिए । आइतवार फेरी बुद्दको मूर्ती अगाडि यो टोलीले संगित सुनाएको थियो ।

 

383491_558989780819230_1836961290_n


933931_558990314152510_100681721_n935659_558989807485894_2071113129_n

983597_558990404152501_664404943_n

साना नानीदेखि युवा र युवतीहरुले नेपालका विविध जनजातिका बिभिन्न न्रित्य देखाए । मम, नेपाली दालभात, सेकुवा, सेल, लड्डु, पकौडा लगायतका नेपाली परिकारपनि राखिएको थियो । कोइलामा पोलिएको सेकुवा धेरैको रुचि देखियो ।

 

maison-vincenne-02-06-2013 019

यो वर्ष नेवारी विशेष संस्क्रिति अनुसार अग्लो पहाड जस्तो वा पिरामिड झैं बनाएर बिभिन्न नेवारी खानाको सजावट गरिएको थियो । यो सजावट र प्रस्तुति नेपाली र फ्रान्सेली दुबैले औधी रोचक मानी मानी अवलोकन गरे ।

 

 383552_662153583798527_463390674_n

पेरिसमा नेपाली विविध जनजातिका संस्क्रितिको संरक्षण र पर्यटन प्रवर्धन तथा नेपाललाई फ्रान्समा अझ बढि चिनाउन यस्तो मेला आयोजना गरिँदै आएको हो । मेलामा पुगेका नेपालप्लस प्रतिनिधीसित यो मेला आयोजक नेपाली सांस्क्रितिक ग्रिहका अध्यक्ष हेमन्त उपाध्यायले सुनाउँदै थिए यो सबै केका लागि ? आफ्नो देश र संस्क्रितिकालागि त हो नी हामी सबै यति दुख गरेको ।

maison-vincenne-02-06-2013 014

कार्यक्रममा नेपाल संवन्धि विभिन्न क्षेत्रका श्रय द्रिष्य र संगितपनि देखाउने सुनाउने गरियो। साना बालबालिकाले देखाएको न्रित्यले फ्रान्सेली र नेपाली सबैलाई मन्त्रमुग्ध पारेको थियो । धेरैले नेपाली बालबालिकाको सांस्क्रितिक चासो र दक्षताको प्रशंसा गरेका थिए ।

maison-vincenne-02-06-2013 003

नेपाल बिज्ञ केहि फ्रान्सेलीहरुले नेपालको जलस्रोत, गाउँले जिवन, नेपालको धार्मिक, सांस्क्रितिक र राजनितिक विषयमा प्रस्तुति गरेका थिए । फ्रान्सेली अनुसन्धानदाता मारि ल कँतले नेपालको कारागारका विषयमा प्रस्तुति गरेकि थिईन । 

maison-vincenne-02-06-2013 045

maison-vincenne-02-06-2013 050

maison-vincenne-02-06-2013 051

maison-vincenne-02-06-2013 073

मेलामा नेपालका हस्तकला र विविध सामाग्रिहरुका थुप्रै स्टलहरु राखिएका थिए ।

maison-vincenne-02-06-2013 056

ग्रिहले हरेक वर्ष यस्तो मेला आयोजना गर्छ । कार्यक्रमबाट उठ्ने रकमबाट नेपालको झलक दिने सांस्क्रितिक ग्रिह बनाउने लक्ष्य यो संस्थाले राखेको छ । नेपाली सांस्क्रितिक ग्रिहका अध्यक्ष हेमन्त उपाध्यायले ईमेलबाट दिएको जानकारी अनुसार गत नौ वर्षदेखि यस्तो मेला पेरिसमा आयोजना हुँदै आएको छ र अहिलेसम्म करिब २७ हजारले यस्तो मेला अवलोकन गरिसकेका छन् ।

maison-vincenne-02-06-2013 063

यो वर्ष ग्रिह दशौं मेलाको विशेष पर्व खुशियालीका साथ मनाएको छ । यो पटक केहि थप संघ संस्थालेपनि सहभागि जनाए । त्यसमा केहि फ्रान्सेली प्रकाशक र लेखकपनि सहभागि भएका थिए ।

(तस्विरहरु केहि नेपाली सांस्क्रितिक ग्रिहको साईटबाट लिईएका हुन् ।  र बाँकि नेपालप्लस)

 

तपाइँको प्रतिक्रिया