एभरेस्ट हैन, सगरमाथा

मिति: Thursday,23rd May 2013 07:52 AM

मार्क बाता

L_HOMME_QUI_REVIENT_DE_HAUTसगरमाथमा प्रदूषण भएको भन्दै विश्वभरि खुब चर्चा गरिन्छ सम्मेलन र अखबारहरूमा । तर, नेपालमा भएको वास्तविक प्रदूषण र गलत ढंगले विकास गरिएको पर्यटनबारे कहिल्यै चर्चा गरिन्न । पर्यटकहरूले खर्च गर्ने रकम गरिब मानिसहरूकहाँ पुग्दैन । त्यो सीमित संघसंस्था, एजेन्सी र व्यक्तिको हातमा पुग्छ । तर जहाँ पर्यटक जान्छन् त्यहाँ नुन, तेल, चिनी, घ्यूजस्ता हरेक वस्तुको माग बढेर झन् महँगो भएको छ पहिलेभन्दा । त्यसले गर्दा गरिबलाई झन् कठिन भएको छ । तल्लो उपत्यकातिर बस्नेले आफ्नो तौलभन्दा पनि ग¥हुँगो चामलका बोरा बोक्छन् । यी मानिसहरूले एक कौडी पनि प्रत्यक्ष वा अप्रत्यक्ष दुवै रूपमा पर्यटनबाट फाइदा पाउँदैनन् । तर पर्यटनका कारण तिनले आफूलाई नभइनहुने वस्तुको भाउ भने महँगो तिरेर झन् पीडित बन्छन् । त्यसैले ती झन् गरिब भएका छन् । त्योबारे कसैले बोल्दैन । कहीँ चर्चा गरिँदैन ।

फोहरका थुप्रो, फोहर राख्ने कन्टेनर र सगरमाथामा प्रदूषण भयो भनेर यहाँ सधैं चर्चा गरिन्छ । साँच्ची नै त्यसलाई रेडियोले उचालेको हो । किनभने पत्रकारहरूले धेरैजसो समय आफ्नो काम राम्रो गर्दैनन् । सगरमाथामा देखिने मृत शरीर, सगरमाथाको तल्लो क्याम्पमा फोहर, दक्षिण मोहडामा फोहर थुप्रियो । यो अति नै मिडियाले उरालेको हो । त्यो कुनै ठूलो प्रदूषण होइन, सामान्य हो । वनविनाशसँग तुलना गर्ने हो पनि त्यो एकदम नगण्य हो । बरु त्यसरी उराल्नु नै प्रदूषण हो ।

म अर्जेन्टिना पनि गएको थिएँ । दक्षिण अमेरिकी मुलुक । त्यो पनि एकदम सुन्दर मुलुक हो । हिमालहरू छन् त्यहाँ पनि । पर्यटनबाट आएको आम्दानी पुनः वितरण हुनुपर्छ त्यहाँ । अर्जेन्टिनामा प्रवेश शुल्क तिर्नुपर्छ । कर तिर्नुपर्छ । तर पर्यटकसँग जुन रकम मागिन्थ्यो त्यो रकम त्यहाँको वातावरण, जैविक विविधतालगायत स्थानीय स्तरका विभिन्न क्षेत्रमा प्रयोग गरिन्छ । तर नेपालमा भने त्यस्तो केही अनुभव गर्न पाइँदैन । त्यस्तो सुन्दर, त्यस्तो आकर्षक देशका जनता दुःखी देख्दा मन छुन्छ । मिडियामा सुन्दर हिमाल, आकर्षक भूदृश्य, पर्यटक हाँसेका फोटो अति राम्रो कुराबाहेक केही देखिँदैन । मलाई थाहा छ कि ट्राभल एजेन्सीहरूले धेरै कुरा बेच्छन्, प्रचारप्रसार गर्छन् । हरेक वर्ष गएका पर्यटकहरूले पनि त्यसमा वास्ता गरेको देखिँदैन । हामीले पर्यटनबाट सीधै फाइदा लिने मानिसहरू मात्रै देख्छौं । नेपाल जानेहरूले गरिबीका बारेमा वास्तै गर्दैनन् । पर्यटकहरूले प्रयोग गरिरहने बाटो वरिपरि हेर्ने हो भने मानिसहरू धनी छैनन् त ?

‘एभरेस्ट’ भन्ने शब्द नै नेपाली शब्दमाथिको हिंसा हो । किनकि सगरमाथा र छोमोलोङ्मा भन्ने शब्द पहिले नै छ नि नेपालमा आफ्नै भाषामा । किन एभरेस्ट भन्ने ? त्यो पनि त एक खालको हिंसा हो नि । अर्काको नाममा आदर नगरेर एभरेस्ट भनियो । मानिसहरूलाई सगरमाथा भन्ने नाम नै थाहा हुँदैन । अनि जहिले पनि एभरेस्ट भनेरै सिक्छन् मानिसहरू । त्यो पनि त एक खालको उपनिवेशवाद हो ।
पहिलो पटक ८ हजार मिटर चढेको मैले पाकिस्तानमा हो । गासर्वन दोस्रो । त्यहाँ १४ वटा चुचुरा छन् ८ हजार मिटर अग्ला । मैले चढेको १३ औं थियो । सगरमाथाचाहिँ मैले १९८८ र १९९० मा गरेर दुई पटक चढें । सगरमाथाभन्दा पहिले सुन्दर शेर्पा भन्ने आरोहणका क्षेत्रमा प्रसिद्ध व्यक्तिसँग धौलागिरि हिमाल चढें । मिसेल मेजगेयर भन्ने एक जना दन्त चिकित्सकले गरे मैले भन्दा पहिले अक्सिजनबिना सगरमाथाको आरोहण । र, उनै बने अक्सिजनबिना सगरमाथा चढ्ने पहिलो फ्रान्सेली । मभन्दा आधा घण्टा मात्रै पहिले पुगेका थिए उनी चुचुरोमा । उनी अन्य मानिसहरूझैं तीन दिनमा पुगेका थिए । मचाहिँ २४ घण्टाभन्दा कम्ती समयमा । तैपनि मचाहिँ प्रतिस्पर्धा गर्न हिमाल जाने गर्दिनँ ।

मैले सगरमाथा चढ्नुको कारण परिवर्तनका लागि पनि हो । किनकि अधिकांश मानिस अक्सिजन लगाएर चढ्छन् । उनीहरू टन्न अक्सिजन लगाएर सगरमाथाको टुप्पोमा पुग्न असाध्यै रुचाउँछन् । त्यो भनेको छल गर्नु हो । किनभने कृत्रिम अक्सिजन लगाएर सगरमाथा चढ्नु भनेको प्रकृतिलाई छल्नु हो । त्यसरी गर्नु सगरमाथाको वास्तविक आरोहण होइन । अक्सिजनबिना गर्नु भनेको पूर्ण रूपमा फरक कुरा हो । विश्व कीर्तिमान बनाउने शेर्पाहरूले अक्सिजनबिना नै चढेका छन् । एलिजाबेथ होलीले गर्छिन् सबै आरोहणको तालिका व्यवस्थापन । उनले भने अक्सिजन लगाएर गरेको आरोहणलाई पनि मान्यता दिएकी छन् । आप्पा शेर्पा आफैंले पनि अक्सिजनसहित सगरमाथा चढ्ने शेर्पालाई मान्यता दिएका छन् ।

सगरमाथा र मकालु हिमालहरू चढ्न जानेहरूको सोचाइ र चाहना दुई–तीन दशकअगाडिको जस्तो चाहिँ अहिले रहेन । त्यति बेला भित्रैदेखि चाहना हुन्थ्यो । अहिलेचाहिँ कुनै न कुनै दबाब परेर गरेजस्तो । शिखरमा जसरी पनि पुग्नैपर्ने, प्रतिस्पर्धा गर्नुपर्ने जस्ता कारणले धेरै पर्वतारोही पुग्ने गरेका छन् शिखरमा । उनीहरूलाई शेर्पा, गुरुङ, तामाङ, नेपाली जो पर्वतारोहण गराउँछन्, तिनले नै टुप्पोमा पु¥याइदिन्छन् जबर्जस्ती गरेर भए पनि । कसैले पर्वतारोहण २०÷३० वर्षपहिलेको जस्तो शुद्ध सोख र आन्नदका रुपमा रहेन अहिले ।

सगरमाथा चढेपछि मानिसहरूले धेरै चर्चा गर्छन् । धेरै प्रचारप्रसार हुन्छ । मानिसहरूले कुरा सुन्छन् । सगरमाथा भनेको सबैभन्दा अग्लो हो । झन् बिनाअक्सिजन चढ्दा त के टु हिमाल र सगरमाथा गर्दा २ सय मिटरले पनि निकै फरक पर्छ । बिनाअक्सिजन २ सय मिटर माथि चढ्नु पनि निकै कठिन कुरा हो । यो उचाइमा धेरै कठिन हुन्छ अक्सिजन नलिनेका लागि ।

अहिलेसम्म करिब ६ हजार मानिसले सगरमाथा चढिसकेका छन्, तर अक्सिजनबिना चढ्नेहरू तीन सय पनि छैनन् । सगरमाथा आरोहण गर्ने कठिनाइ त्यही हो अक्सिजनबिना । अक्सिजन लिएर त अर्थ छैन ।

खास गरी सगरमाथाको चुचुरो पुग्नुचाहिँ साह्रै विचित्रकै हो । नेपालतिरबाट सगरमाथा चढ्नु खतरा हो, तर तिब्बततिरबाट बढी सम्भावना र कम जोखिम हुन्छ । किनभने त्यताबाट चढ्दा हिमपहिरोको खतरा कम छ । जबकि नेपालतिरबाट चढ्दा नुप्से र ल्होत्से हिमालीबाट पनि हिमपहिरो आउँछ । सगरमाथाबाट खस्ने त छँदै छ ।

प्राविधिक रूपमा सबैभन्दा अप्ठयारो ठाउँ भनेको हिलारी मार्ग हो । त्यो २५ मिटर छ । दक्षिण मोहडाको त्यही भिरालो भाग हो मुस्किल । यो एकदम भिरालो परेको छ । चट्टानहरू तरिकाबद्ध रूपमै शरीरजस्तो एक ढिक्का भएर बसेका छन् । चुचुरोमा पुग्ने बेलानिरको त्यही हो सबैभन्दा गाह्रो बाटो । त्यसमा डोरीहरू टाँगिएका हुन्छन् चढेर उक्लनका लागि ।

दर्जनौं पटक सगरमाथा चढ्नेहरू पेसागत मानिस हुन् । हिमाल चढ्नु तिनको पेसा हो । सगरमाथा चढेको शेर्पा फेरि सगरमाथा चढ्नका लागि आबद्ध हुन्छ कुनै आरोहण समूहमा । त्यो कारण के भने सगरमाथाबारे ऊ राम्रो जान्दछ । ती मानिसहरूका बीचमा पनि निश्चत खालको प्रतिस्पर्धा हुन्छ । तिनले कतिपटक आरोहण गरे भन्ने आधारमा । अधिकांशले शेर्पाहरूको ख्याल गर्दैन, जसले ४५ पटक सगरमाथा चढिसकेका छन् ।

नेपाल र अन्यत्रका हिमालमा पनि आरोहणकर्ताहरूको अनुभवको कमीले गर्दा थुप्रै दुर्घटना हुने गरेको छ, जसमा कुनै पनि अनुभव छैन । त्यस्ता बेअनुभवी आरोहणकर्ताहरू हिमाल चढ्न आएपछि तिनले नेपाली सहयोगीहरूलाई जोखिममा पार्छन् । केही वर्षदेखि नेपालको सरकारले के थाहा पायो भने कतिपय मानिस अनुभवबिना पनि हिमाल आरोहण गर्न आउँछन् । त्यो बेलादेखि सरकारले को अनुभवी छ र को छैन भनेर नियन्त्रण गर्न थाल्यो । उनीहरूले कतिपटक गरे आरोहण सोध्ने गर्छन् । के–कति अनुभव सोध्छन् । कहाँ–कहाँ गए सूची माग्छन् । सम्बन्धित देशको जिम्मेवार निकायले दिएको प्रमाणपत्रसहित ।

जति लामो समयदेखिको चाहना भए पनि चुचुरोमा पुगेपछि खासै सोच्न भ्याइने रहेनछ । किनभने चुचुरोमा पुगेर मात्रै भएन । पुग्नासाथै अब झर्नुपर्छ भन्ने सोचाइले पिरोल्न थालिहाल्छ । कसरी ओर्लने भनेर सतर्क हुन थाल्नुप¥यो । चुचुरोमा पुगेपछि एक खालको छुट्कारा पाएको हल्का अनुभव त हुन्छ । फोटोसोटो खिचिन्छ, तर साँचो आन्नद, खुसी प्राप्त भइसकेको हुँदैन । वास्तविक खुसी र आन्नद त जीवित फर्किएपछि बल्ल हुन्छ । सबै हात, औंला, गोडा कुनै नगुमाई आरामले फर्किएपछि । चुचुरोमा पुगुन्जेलका लागि मात्रै होइन । खुसी र आन्नद त जीवनभरिका लागि हो । माथि चढ्न जति खतरा हो त्यति नै खतरा ओर्लंदा पनि हो । साँचो विजय त एडमन्ड हिलारीले भनेजस्तो चढेर जीवितै फर्किएपछिको हो । जुनसुकै चुचुरोमा पुगे पनि जीवितै फर्किन सकेन भने वास्तविक आरोहण भएन ।

(फ्रान्सेली आरोही बाताको अनुभव ददि सापकोटाद्वारा लिखित त्यो नेपालबाट सम्पादनसहित साभार ।)

http://karobardaily.com/news/2013/05/%E0%A4%8F%E0%A4%AD%E0%A4%B0%E0%A5%87%E0%A4%B8%E0%A5%8D%E0%A4%9F-%E0%A4%B9%E0%A5%88%E0%A4%A8-%E0%A4%B8%E0%A4%97%E0%A4%B0%E0%A4%AE%E0%A4%BE%E0%A4%A5%E0%A4%BE

तपाइँको प्रतिक्रिया