फरियाको नातामा कूटनिति गर्दा बेल्जियमका राजदूतको चुनौति
देशका कुटनितिज्ञहरुको काम बिदेशका नेपालीलाई सहुलियत, सुबिधा दिनु । देशको मान, सम्मान र इज्जत बढाउनु । बिदेशका सिक्न योग्य कुरा देश भित्र्याउनु । प्रबिधी र आधुनिक संरचनालाई आफ्नो देशमा लगेर सिकाउनु । तर दूर्भाग्य, हाम्रा कूटनितिज्ञहरु यस्ता छैनन् । उनीहरु नेपालीका माझ बाघ बन्न खोज्छन् । बिदेशी देख्यो भने पाउ पर्छन् । कूटनिति भनेको तिनकालागि खाने, बस्ने, मोज गर्ने, नेपालीका कार्यक्रममा गएर भाषण ठोक्ने । तर अब त यस्तो सम्म देखियो कि ति आफैंले एक अर्काको अधिकार, सिमा र परिधीपनि नाघेर हिँड्न थालेका छन् । फ्रान्सका नेपाली राजदूत मोहन क्रिष्ण श्रेष्ठ फरियाको नातामा कूटनिति गर्न आफ्नो क्षेत्र बाहिरको देश जाँदा अर्का राजदूतले उनलाई चुनौति दिएका छन् । बेल्जियमका राजदूत राममणी पोख्रेलले फ्रान्सका राजदूत मोहन क्रिष्ण श्रेष्ठलाई सार्वजनिक कार्यक्रमबाटै चुनौति दिएका हुन् । उनलाई कारवाही हुन सक्ने, मुद्दा हाल्न सकिने चुनौति दिएका छन् पोख्रेलले ।
म्याग्देली समाज बेल्जियम (मोना वेल्जियम) ले गत सात अप्रिल २०१३ का दिन मोना डान्स आइडल २०१३ आयोजना गरेको थियो । त्यस कार्यक्रममा बेल्जियमका राजदूत राममणी पोख्रेल गएनन् । तर भरिया मानसिकता हुनेलाई राजदूतनै नभै भएन । राजदूत उभिएको नदेखे सायद हात गोडा लुला हुने भए । अचेत नै भईन्छ कि जस्तो भो होला । कार्यक्रमा जति नेपाली आउँछन् ति सबै राजदूत उभिएको हेर्न र तिनको भब्य वाणी सुन्न मात्रै आउँछन् भन्ने लागे होला । अनि जसरिपनि राजदूत चाहियो, जुनसुकै देशको किन नहोस् । त्यसैले बेल्जियमका राजदूतले नपत्याए के भो त ? फरियाको नातो छँदै छ । तिनले फ्रान्सका राजदूत मोहन क्रिष्ण श्रेष्ठलाई निम्ता दिए ।
भाषण गर्न पाउँदा १२ हात उफिँदै जहाँपनि पुग्छन् फ्रन्सका राजदूत मोहन क्रिष्ण श्रेष्ठ भन्ने मोना बेल्जियमकाले राम्रोसित जाने, बुझेका । बोलाए । नभन्दै कुटनितिको कु पनि ख्याल नगरि ति गए । कार्यक्रममा राजारानी झैं उपस्थित भए । भाषण ठोके । नेपाली संस्क्रितिको प्रवर्धन गर्न यसो गर्नुपर्छ उसो गर्नुपर्छ भने । न्रित्य प्रतिस्पर्धापनि हेरेर दंग परे । त्यो सबै जानकारि पाएका रहेनछन् बेल्जियमका राजदूत राममणी पोख्रेलले । तर कार्यक्रम सकिएपछि पोख्रेल जिल परे । अरे, मेरो अधिकार, मेरो ठाउँ, म राजदूत हुँदा हुँदै फ्रान्सबाट आएर मेरो अधिकारमा धावा बोल्ने ? मैले जान उचित नलागेको कार्यक्रममा लुसुक्क आएर भाषण ठोक्दै मलाई चुनौति दिने ? मेरो अधिकार हनन गर्ने ? उनी आगो भएका रहेछन् । त्यसको रिस बेल्जियमका राजदूत पोख्रेलले नेपाली लोकतान्त्रिक मञ्च बेल्जियमको कार्यक्रममा पोखे । आफ्नो अधिकारमाथि धावा बोल्ने फ्रान्सका राजदूत मोहन क्रिष्ण श्रेष्ठलाई मञ्चबाटै चुनौति दिए ।
गत आइतवार बेल्जियमको आन्तर्पेन शहरमा नेपाली लोकतान्त्रिक मञ्च, बेल्जियमको चौथो अधिबेशनमा राजदूत पोख्रेललाई विशेष अतिथिका रुपमा निम्त्याइएको थियो । त्यस कार्यक्रममा नेकपा एमालेका नेता भिम रावल मुख्य अतिथिका रुपमा आमन्त्रित थिए । त्यहि कार्यक्रममा अतिथिका रुपमा सयौं सहभागिका बिचमा बोल्दै पोखरेलले फ्रान्सका राजदूत मोहन क्रिष्ण श्रेष्ठलाई चुनौति दिएका हुन् । पोखरेललेले चुनौति दिँदै भनेका थिए ‘फ्रान्सका राजदूत बेल्जियमा आउनु अबैधानिक हो । त्यसरि बेल्जियम आउन नसक्ने भएकाले त्यसका बिरुद्द स्पष्ठी करण लिन सकिन्छ । त्यसरि कार्यक्षेत्र मिचेर बेल्जियम आएकाले त्यसका बिरुद्द मुद्दापनि हाल्न सकिन्छ ।’
पोखरेलले त्यस्तो चुनौति दिएपछि धेरै दर्शकहरु जिल्ल परे । हेराहेर गरे । अनि कार्यक्रम आयोजक मोना बेल्जियमका अध्यक्ष घनश्याम शाहीले त्यसको जवाफ दिए । उनको जवाफ थियो ‘फ्रान्सका राजदूत मोहन क्रिष्ण श्रेष्ठकि पत्नी सजना श्रेष्ठ म्याग्दी जिल्लाकि हुन् । उनी हाम्री चेली हुन । आफ्नो माईती भएको नाताले गर्दा हामीले निम्ता दिएका हौं ।’ त्यो सुन्दा धेरै हाँसेपनि । त्यहाँ टिप्पणी गर्नेहरुले भन्दै थिए ‘ए ए कूटनिति त फरियाका नाताका आधारमा पो हुने रहेछ । देशको खाँचो, आवश्यकता होइन कसको नातो, सस्रुराली, मामा माईजु कता कता छन् त्यता पो जाने रहेछन् त राजदूत कूटनिति गर्न ।’
स्रोतका अनुसार यो घटनापछि फ्रान्स र बेल्जियमका राजदूतबिच मनमुटाब भएको छ । दुई राजदूतबिच यसबारे कुराकानी बहेको र राजदूत पोख्रेलले मोहन क्रिष्ण श्रेष्ठलाई झपारेको राजदूतावासको निकट स्रोतले नेपालप्लसलाई जानकारि दियो । राजदूत मोहन क्रिष्ण श्रेष्ठ यस अघि बेल्जियममा नेकपा एमालेको तर्फबाट राजदूत बनेका प्रमेश हमालका पालमापनि त्यसैगरि सुटुक्क बेल्जियम पुगेका थिए । उपेन्द्र यादव परराष्ट्र मन्त्री भएका बेला उनी बेल्जियम आएका थिए । त्यो बेलापनि श्रेष्ठ सुटुक्क यादवलाई भेट्न बेल्जियम पुग्दा हमाल रिसाएका थिए । श्रेष्ठ भने परराष्ट्रको निर्देशन नभै, मन्त्री यादवले नबोलाई उनलाई भेटेर सामिप्यता देखाउन पुगेका थिए ।
तलका संवन्धित सामाग्रिपनि हेर्नुस्
दूतावासको लेखा परिक्षणपनि शंकाकै घेरामा (लेखा परिक्षकको अडियो सहित)
राजदूत निवास मर्मतका नाममा भ्रस्टाचार गरेको खुल्यो (अडियोसहित)
आफ्नी पत्नीको प्रशंसा गर्दै राजदूतका नामबाट फेरी झुठो बक्तब्य
छानवीन गर्ने भन्दै ब्लगरलाई धम्की
नेपालप्लस बिरुद्द राजदूतको फेरी धम्की र उजूरी
दूतावासको खण्डन : अनियमितता गरेको घुमाउरो पाराले स्विकार
नेपालीको शोकमा फ्रान्सेली रुँदा हाम्रा राजदूतलाई भोजको चटारो
दूतावासको रकम ब्यक्तिका नाममा खर्च
सांस्क्रितिक पर्वको वास्तविकता र फ्रान्सेली मित्रमाथि अन्याय




