जसले साथ छोडेपछि

मान बहादुर केसी (मुस्कान)-

 

man-bahadur-kc.jpg

जसको आश र भरोसा छ, उसैले साथ छोडेपछि

 

खाएका ति वाचा कसम, एकै छिनमा तोडेपछि

 

कसको भरमा जिउनु कुन्नी, स्वार्थी यो संसारमा

 

माया लाको दुई दिनमै, अन्तै पाईला मोडेपछि

 

कती दुख्छ मन मन्दिरमा, विश्वास माथि घात हुँदा

 

कसलाई थाह निर्मोहीले, झुठो माया जोडेपछि

 

मनभिरका आशाहरु, निराशामै निमोठिँदा

 

बाँकी अब के नै छ र प्रेम पर्खाल फोडेपछि ?

 

धोका भन्ने के को थाह, माया प्रेम नबुझ्नेलाई

 

फूल कहाँ फूल्नसक्छ, सुख्खा याममा गोडेपछि

 

मंगलसैन ८, अछाम

 

हाल-शान्ति सांस्क्रितिक नेपाली समाज, वापी, भारत

 

[email protected]

तपाइँको प्रतिक्रिया