गजल

-अनुकुल प्रकाश, चितवन

 

..

 

हजार हजार ढुङ्गा कुल्ची एउटा ढुङ्गा पुज्छन् मान्छे

 

ईश्वर, अल्ला मनमै थाती मन्दिर-मस्जिद झुक्छन् मान्छे

..

 

सबका मालिक एकै हुन् रे, नाम फरक लिएपनि

 

भन्नलाई त भन्छन् तर भित्र-भित्रै फुट्छन मान्छे  

..

 

जीव हिंसा व्यभिचार मनमा पाप कती-कती

 

फेरिपनि धार्मिक बनी चार-धाम पुग्छन् मान्छे

..

 

जात -धर्म, भाषा-भेषमा समाजलाइ बँड्नेहरु

 

लौन ! बताउ स्वाभिमानमा किन आँफै चुक्छन् मान्छे

..

 

दीन दु:खी माथि दया मानव धर्म मान्छु म त

 

ढुङ्गा नपुज्ने नास्तिक लौअनुभनी थुक्छन् मान्छे

 

..

 

[email protected]

तपाइँको प्रतिक्रिया