कविता : भन मैले के बिराएँ ?

गौतम उदय / अमेरिका

writer-pen-11212

कति रोयो यो मेरो मन, तिमी छाडी गएपछि

अति पीडा भयो मलाई, मुटु चुँडी लगेपछि ।

 

धेरै ठूलो घात गर्यौ, विष मलाई पिलाएर

फूल जस्तै मायाँलाई, चिता बनाई सेलाएर

 

मेरो छाती कुल्ची हिँड्यौ, दोबाटोमा लडाएर

छाड्यौ मेरो जिन्दगीलाई, अधकल्चो गराएर

 

भन मैले के बिराएँ, किन मलाई यस्तो गर्यौ ?

आफैलाई सोधी हेर, पाप गर्यौ धर्म गर्यौ !

 

कसलाई सुनाऊँ कठैबरी, चोटै चोटको मेरो कथा

कहाँ बिसाऊँ केले टालूँ, यो मनको मेरो व्यथा 

 

तपाइँको प्रतिक्रिया