खिलराज खुट्टो उचाल्दै (प्यारोडी)

-भवानी बराल

मैले त खिलराजलाइ उडाउन यो नेपाली शिर उचाली गीतको मुखडामा प्यारोडि गीत तयार गरेर पोष्ट मात्रै के गरेको थिएँ रोसन माबो जीले गीतको तेश्रो अन्तरा पनि थपिदिनु भयो । त्यसको लगत्तै मधु शर्माजीले पनि एक अन्तरा थप्नु भयो । मधुजीले थपेको दोश्रो अन्तरा चै‌ ब्यापक स‌सोधन गरी थपियो । अब भने यो प्यारोडीको पूर्ण आकार भयो । गीतको मुखडा र माबो जी ले तयार गरेको तेश्रो अन्तरासमेत पस्केको छु । कस्तो लाग्छ कुन्नी ।

Khilaraj-Regmi

खिलराज खुट्टो उचाल्दै

ज्याम्बोरीमा लम्किन्छ

चुनाबको राग खोक्दै

दोहोरीको मादल ठोक्छ ।

००००००००००००००

टुलुटुलु हेर्नु बाहेक

कसले लछारपाटो लाउँछ

टोपीमाथि फेटा बाँधी

खिलराज दिल्ली ठोकिन्छ ।

००००००००००००००

चाहे झुकोस पुष्प कमल

खिलराज झुक्दैन

चाहे थुकुन सारा जनता

खिलराज लुक्दैन ।

तपाइँको प्रतिक्रिया