फ्रान्सेलीहरुसँगै पेरिसमा नाच्दै गाउँदै मनाइयो फागु
आजकाल धेरैले होली भन्न लागे । तर म चाहिँ फागु भन्छु । हाम्रो आफ्नै संस्क्रिति, आफ्नै भाषा । जे भनेपनि अन्यत्र भन्दा अलि पछि मनायौं हामीले फागु । यो अवशर जुराएको थियो नेपाली सांस्क्रितिक ग्रिहले । साह्रैनै रमाईलो सित मनाइयो । नाच हेरियो दुई वालिकाको । गित सुनियो, भुवनजीको । त्यसपछि फागुको रमझम शुरु भयो । त्यो हल एक्कै छिनमा मधेशको कुनै घरमा सारा गाउँले भिड लागेर फागु धस्दा राताम्मे बने झैं बन्यो । धिमा स्वरको फागु गित संगितमा एकले अर्कालाई धसाधस गरे । त्यहाँ भाग दौड भो । कोहि चुप्प लागेर बस्न पाएन । कसैको निधार खाली हुन पाएन । फागु नधसिएका अनुहार र कपाल बाँकि रहेनन् । अझ नेपालीलाई भन्दा फ्रान्सेलीलाई पो लाग्यो त फागु । ओहो तिपनि फागु प्लेटबाट झिक्दै एक अर्कालाई धस्न आतुर थिए । कोहि फ्रान्सेली साना नानी च्यापेरैपनि आएका थिए । फागु धस्दै थिए । नाच्दै थिए तिनलाई सकिनसकि कोखिलामा च्यापेर ।
नेपाली सांस्क्रितिक ग्रिहका अध्यक्ष हेमन्त उपाध्यायले फागु मनाउनुजि रहस्य छोटकरीमा बताए । फ्रान्सेली भाषामापनि बताएर फ्रान्सेलीलाई जानकारि बाँडे । मन्तब्यको क्रम सारै छोटो गरे । सदा झैं नेपाली पहिरनमा महिलाहरुले खाना खुवाए खाना खुवाएर तगडा पारेपछि नाचगान र फागुको रमझम शुरु भयो ।
नेपालीको पर्व भनेपनि हेर्नुस् त फ्रान्सेलीहरुको उपस्थिति । यसैले देखाउँछ हाम्रा पर्वमा फ्रान्सेलीहरु कति चासो दिन्छन् भन्ने । नेपाली सांस्क्रितिक ग्रिहको विशेषता के हो भने अन्य संस्थामा भन्दा यसमा फ्रान्सेलीहरुको आकर्षण आबद्दता तिब्र छ ।
आज पश्चिमेलीहरुको ईस्टर भन्ने पर्वपनि परेको थियो । यो पर्वमा चकलेटहरु घरबारी, करेसा, छेउकुनामा लुकाइन्छ । र वालवालिकालाई त्यो खोज्न पठाइन्छ । जसले भेट्टाउँछ उसैले चकलेट खान्छ । कतैकतै वालवालिकालाई यसमा प्रतिस्पर्धापनि गराइन्छ । नेपाली सांस्क्रितिक ग्रिहलेपनि आज वालवालिकालाई त्यसै गराएर फ्रान्सेली वालवालिका र यहाँ जन्मे हुर्केका हाम्रा नेपाली वालवालिकाको मन राखिदिए । खुशियाली बाँड्न दिए । यहाँ वालिकालाई त्यसैकालागि तयारि गराइँदै गरिएको हो ।
भुवनजीको कण्ठ । रातो रानी फुलेझैं साँझमा र अर्को एउटा मिठो लोक गित सुनाए । म मात्रै होइन, उनको मिठो स्वरको धेरैले प्रशंसा गर्छन् । बिदेशमा यस्ता प्रतिभाका गित सुन्न मजा त आउँछ । तर यस्ता प्रतिभा सानातिना काममा भौंतारिएर बिदेशतिर त्यो पलायन भएको संझिँदा मन कटक्क हुन्छ । जे होस उनले जुन गित गाएपनि वाही वाही गर्छन् दर्शक, स्रोताहरुले ।
फागुमा रंगिएर अन्य महिलासित हाँस्दै गरेका हुन् हेमन्त उपाध्याय । नेपाली सांस्क्रितिक ग्रिहका अध्यक्ष । निकै वर्ष भयो यिनले यो संस्थाको अध्यक्ष भएर नेत्रित्व गर्दै आएको । गत सालदेखि फागु खेल्ने चलन यहि संस्थाले शुरु गरेको हो, पेरिसमा ।
दिदी बहिनीहरुका बिचमा रंग धसेर घेरिएका हुन् शुक गुरुङ । नेपाली एकता समाज, फ्रान्सका अध्यक्ष । छोटो समयमै अभूतपूर्व प्रगति गर्नेमा पर्छ यो संस्था । नेपालीहरुलाई धेरै संगठित गरेको छ नेपाली एकता समाजले ।
फ्रान्सेलीसित फागु खेलेर रमाउँदै तमु समाजकी सदस्य । देब्रेतिरका त गायककार भुवन भैहाले ।
म कस्ति देखिईछु खै खै ? फागु धसेको फोतो देखाउँदै एक फ्रान्सेली महिला ।
फागु धसाधस गर्दाको द्रिष्य ।
जम्मा चार पल्ट थप्या हो रे : दिपज्योती थापा मगर, भुवन, विष्णु सापकोटा, शुक गुरुङ र म लगायत केहि साथी खाना खान थाल्यौं। हामीलाई कि त पहिलो पटक ल्याएकैले पुग्यो । अरु एकाध जनाले एक पल्ट थपे । यि सोल्टीले चाहिँ हँसाएर झण्डै मारेका । चार पल्ट मात्रै थपेको रे । पछि त ‘म अझै चार पाँच पल्ट थप्थें तर तपाईहरु सबै उठ्नु भो’ भनेर हँसाएका । एक पल्ट थपेको खाना त गरप्प पार्दा एकै गाँसलाई हुन्छ रे हाहाहाहाहा !!!
केको मुखामुख हो यि दुईको ? फागु भक्कु खेले । थाके होलान् । अनि यि यस्सो कुनामा साउती मार्दै मुर्छा परि परि हाँस्दै थिए । दुबै नेपालप्रेमी हुन् । देब्रेतिरका त फोटोग्राफर । उनले नेपालका बिभिन्न ठाउँका मन छुने तस्विरहरुको पुस्तकनै प्रकाशित गराएका छन् ।
सधैं अर्काका तस्विर खिचिन्थ्यो । आफ्नो फोटो त सम्झनाकालागि पनि हुन्नथ्यो । यो पटक थकाई लागेर नेपाली एकता समाजका महा सचिव प्रमोद पाण्डेसित टुस्स बसेका बेला मेरो क्यामरा खेलाईरहेका दिपज्योतीले खिचिक्क पार्न भ्याएछन् मेरो फोटो । राखौं राखौं लाग्यो । आखिर फागु मनाएको त हो हगी ?
फागु खेलीसकेपछिको सामूहिक तस्विर । अधिकांश म आफैंले खिचेको हुँ। कुनै कुनैमा साथ दिएका हुन् दिपज्योती थापा मगरजीले । मैले धेरै तस्विर लिएँ । तर नेपालप्लसमा धेरै तस्विर राख्न सकिन्न । त्यसैले नेपालप्लसको फेसबुकमा भोली हेरेर आआफ्ना तस्विर लिन, हेर्न सक्नुहुन्छ ।



















