गजल

-नेपोलियन मरहट्टा  

 

 

भाग लगाई तराजुमा जोखिँदै छ देशलाई

 

लिलामीमा मुल्यहरु तोकिँदै छ देशलाई ।

 

 

नेता स्वार्थी भएपछी झोलुंगो झैं हुँदो रैछ,

 

हल्लाएर उत्तर-दक्षिण ठोकिँदै छ देशलाई । 

 

आज सम्म जति आए, सबै दुष्ट नेता आए,

 

 

खानु खाए नखाएको पोखिँदै छ देशलाई ।

 

 

जनताले पालेका ति ब्वाँसोहरु बहुलाएर,

 

भारत र चिनबाट टोकिँदै छ देशलाई ।

 

 

श्वास छदैँ एकोहोरो शंखहरु बजाएर,

 

जबर्जस्ति आर्यघाटमा बोकिँदै छ देशलाई ।

 

 

तपाइँको प्रतिक्रिया