फ्रान्समा फेरी नाम चम्काए साङ्गे शेर्पाले

sange-sherpa-marathon-in-france-1

फ्रान्सको दक्षिणी छेउमा बस्छन् शाङ्गे शेर्पा । त्यहिँबाट उनले नेपाल, नेपाली र शेर्पाको नाम चम्काएका छन् । उनले फ्रान्समा गत केहि महिना भएका दौड प्रतियोगितामा सयौं धावकहरुलाई उछिनेर नेपालको नाम चम्काएका हुन् ।

t de quingey 2013

साङ्गेले नेपालप्लससितको सम्पर्कमा आफुले यो वर्ष सहभागि भएका प्रतियोगिता र जितेका सफलताको जानकारि दिए । यो वर्षको शुरुवातसँगै उनले दौड प्रतियोगितामा भाग लिन थालेका हुन् । त्यसो त अघिल्ला वर्षहरुमापनि उनले सयौं प्रतिस्पर्धीलाई उछिनेर थुप्रै दौड जितिसकेका हुन् ।

Quinzey 2013

गत जनवरी महिनामा उनले दुई वटा दौड प्रतियोगितामा भाग लिएका थिए । ति दुबै दौड प्रतियोगिता हिउँमा दगुर्नुपर्ने थिए । हिमाली शेत्रमा जन्मे हुर्केपनि हिउँमै भने उनले कहिल्यै दौडमा भाग लिएका थिएनन् । त्यसैले हिउँमा दगुर्नु उनको लागि पहिलो अनुभव थियो । यो प्रतियोगितामा अन्य धावकहरु भने हिउँमा धावन गरिसकेका अनुभवी थिए । साङ्गेलाई आफु अनुभवहिन भएकालेपनि एकखालको धुकचुक र मनमा त्रास थियो । तर मैदानमा उत्रिसकेपछि उनलाई निकै सफलता मिल्यो । जनवरी १२ मा भएको थ्रेल ब्लँ दु जुरा नामको १७ किमि लामो हिउँमाथिको दौडमा उनी पाँचौं स्थानमा निस्किए ।

trail de quingey 2013

पहिलो अनुभवमै पाँचौं स्थान ओगट्न सफल उनले दोस्रो पटक फेरी अर्को दौडमा भाग लिए जुन जनवरि १९ मा आयोजना गरिएको थियो । त्योपनि हिउँमाथि नै थियो । यसमा उनले ठूलै लावालस्करलाई उछिनेर तेस्रो स्थान हाँसिल गर्न सफल भए । ‘पहिलो अनुभव कस्तो होला होला भन्ने धुकचुक र मनमा शंका थियो । तर मलाई औधि मन पर्‍यो’ साङ्गेले छोटो अनुभव सुनाए ‘हिउँमा दगुर्न गाह्रो भएपनि मज्जा आउने रैछ ।’

2013 quinzeyमार्च महिनाबाट चाहिँ साँच्चिकै कडा प्रतिस्पर्धा शुरु भयो । फ्रान्सको दक्षिणी भेगमा यस्ता अनेकौं प्रतिस्पर्धा हुन थाले । साङ्गे पनि त्यसमा भाग लिन ब्यस्त भए । तिन मार्चमा थेल द मों गि भन्ने प्रतिस्पर्धा थियो, २७ किमी लामो । उनले यसमा दोस्रो स्थान हाँसिल गरेर सबैलाई चकित पारे । गएको सप्ताहन्तमा झन गज्जबको प्रतिस्पर्धा थियो । राती दौडिने । रातीको २० किमी लामो दौड जितेका साङ्गेले अर्को दिन बिहानै फेरी ३४ किमीको दौडमा भाग लिए । यसमापनि उनले तेस्रो स्थान जमाए । साङ्गेले जति सफलता पाउँदै गए उति स्थानिय सञ्चार माध्यमहरुमापनि छाउने गरेका छन् ।

आउने सप्ताहन्तमा उनले अर्को अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा भाग लिँदै छन् । त्यसमा सयौं धावकहरु हुने छन् । ला थ्रेल दु भँतु नाम राखिएको त्यो प्रतियोगिताका लागि ४६ किमी राखिएको छ । त्यसमा सयौं धावकहरु हुने छन् । सहभागि हुने मध्ये धेरै त अन्तर्राष्ट्रिय स्तरमा नाम कमाइसकेकापनि सहभागि हुने छन् । साङ्गे यसमा उत्क्रिस्ट १५ जना मध्ये पर्ने उद्देश्यले मरिमेटिरहेका छन् । ‘यो मेरा लागि चुनौतिपूर्ण र अवशर दुबै हो, म अहिले कसरि टप १५ जनाभित्र पर्ने भनेर सोचिरहेको छु’ उनले सुनाए । यो त साङ्गेको यो वर्षका लागि शुरुवात मात्रै हो । फ्रान्सको दक्षिणी क्षेत्र जुन हिमाल र डाँडाकाँडाले भरिएको छ । त्यस क्षेत्रमा यस्ता प्रतियोगिताहरु प्रशस्त हुने गर्छन् । यो गर्मी यामभरि त्यस्ता दर्जनौं प्रतियोगिताहरु राखिएका छन् । साङ्गे शेर्पाले ति अधिकांशमा सहभागि हुन आफ्नो नाम दर्ता गरिसकेका छन् ।

ति मध्ये कतिपय प्रतियोगिता भिराला, चट्टान, खोल्सा खोल्सी र ठाडो उकालो, जंगलहरुमा राखिएको छ । यसरि राख्नुको उद्देश्य कठिन क्षेत्रमा प्रतियोगिता गराउनु हो, सम्म ठाउँको अभावले होइन । फ्रान्सेलीहरु विश्वमै साहसिक र कठिन यात्रा, प्रतिस्पर्धा र रमाईलोकालागि चुनौति खेप्ने नागरिकका रुपमा चिनिन्छन् । साङ्गेको आगामी प्रतियोगिता सफल होस् । टप १५ होइन पहिलो दोस्रोमै परुन भन्ने धेरै धेरै शुभकामना !!

साङ्गे शेर्पा संवन्धी अघिल्ला लेखहरुपनि हेर्नुस्

फ्रान्सको दौड प्रतियोगितामा नेपाली साङ्गे फेरी तेस्रो

थर आरोहीको, परिचय धावकको

“बाबै’नी नसकिने भो यो शेर्पासित”

बिदेशमा एक्लै नेपाल चिनाउँदैछन सांगे शेर्पा

तपाइँको प्रतिक्रिया