धमाधम भारतिय नेता भेट्दै ज्ञानेन्द्र र गिरिजा
ज्ञानेन्द्रले आफन्तको विवाहमा भगलिने भन्दै हिँडेको र नेपाली कांग्रेसका सभापती गिरिजा प्रसाद कोइराला उपचारका निम्ति गएको भन्ने दुबै बहानाबाजी मात्रै भएको तथ्य खुलेको छ । ‘पूर्व राजा ज्ञानेन्द्रलाई भेट्न भारत गैराख्नु पर्दैन, मैले चाहे नेपालमै भेट्न सक्छु‘ भन्ने कोइरालाको सार्वजनिक भनाईपनि झुठो साबित भएको छ । ज्ञानेन्द्र भारत गएकै बेला पारेर उपचारका नाममा भारत गएका उनले त्यहाँ भारतिय जनता पार्टीका नेता लालक्रिष्ण अडवाणीसित भेट गरेका छन् । नेपालप्लसलाई काठमाडौंबाट एक पत्रकार मित्रले दिएको जानकारी अनुसार उनले प्रणब मुखर्जीसितपनि भेट गरेका छन् । त्यसैगरि पारिवारिक वैवाहिक निम्तोकालागि गएको भनिएका पूर्व राजा ज्ञानेन्द्र अहिलेसम्म भुपालमै रहेका छन् । तर भारतिय जनता पार्टीका नेता लाल क्रिष्ण अडवाणीसित उनकालागि भेटघाट मिलाईसकिएको छ । त्यो भेट ज्ञानेन्द्र यहि मार्च १७ मा नयाँ दिल्ली फर्केपछि मिलाइएको हो ।
तपाइहरुलाई थाह नै होला भारतिय जनता पार्टीका नेता अडवाणी नेपालमा राजतन्त्र हुनुपर्छ, हिन्दू राजा हुनुपर्छ भन्दै सबैभन्दा बढि उचालिने नेता हुन् । नेपालमा तेस्रो जनआन्दोलन भैरहेका बेला अडबाणीले सैनिक हस्तक्षेपसम्म गर्ने प्रस्ताब र धम्कि दिएका थिए हाम्रो जनआन्दोलन दबाएर राजतन्त्र टिकाउनकालागि । यसरि नेपाल र नेपाली जनतालाई ढाँटी ढाँटी भारत गएर उपचारको निहुँ पार्दै कोइराला र ज्ञानेन्द्रले त्यो श्रेणीका भारतिय नेता भेट्नुको कारण के ? नेपाल, नेपाली जनता, हाम्रो गणतन्त्र र आम नेपालीको हित बिपरित त्यहाँ केहि पाक्दै छैन भने भेटघाट गोप्य राख्नुको कारण के ? किन हामीले नेपालकै हितका बिषयमा कुराकानी गर्न भेट्दै छौं फलाना फलाना भारतिय नेतालाई भनेर स्पष्ठरुपले भन्न नसकेको ?




