सांगितिक यात्राबाट भड्किएका सुमेर जागे बेलायतमा

● नृपेश उप्रेती / बेलायत

 

yog-cd-song-12123

त्यसो त सुमेर ज्ञवालीलाई अहिले सम्म ठूलै जमातले सुनिसकेको छ् । बेलायतमा हुने गरेका नेपालीहरुका सांस्कृतिक तथा चाडपर्वका कार्यक्रमहरुमा उनी गुन्जिसकेका छन । “सुमेरले धेरै राम्रो गीत गाउँछन” भन्नेहरुको केही कमी छैन । उनि हर् प्रकारका लय, तान्न र राग्मा गीत् गाउन माहिर् छन् । त्यसैमा पनि मीठो स्वरका धनी सुमेरको संगीतमा यति राम्रो दख्खल भएपछि उनको गायनलाई मन पराइनु अस्वभाविक होइन ।

तर सबैको एउटै गुनासो थियो सुमेर प्रति । त्यो के भने सुमेरको गायन मनपराउनेहरुले चाहेको बेला उनलाई सुन्न सक्ने अवस्था थिएन । किनकि उनले आफ्नो कुनै गीत रेकर्ड गराएका थिएनन । कुनै सिडी र क्यासेटहरु बजारमा ल्याएका पनि थिएनन । कार्यक्रमहरुमा उनी चलेका गयकहरुको गीत गाउँथे । अब भने त्यो अवस्था नरहने भएको छ । चाडै नै सुमेर आफ्नो पहिलो गीती एल्बम लिएर उनलाई माया गर्ने र मनपराउने श्रोताहरु माझ आउँदैछन । उनले आफ्नो पहिलो संगीत कोसेलीको नाम “योग” जुराएका छन् । योग उनको ३ बर्से छोराको नाम हो । छोराको जन्मपछि गीती एल्बम निकाल्न प्रेरित भएकोले एल्बमको नामपनि “योग” नै राखेको सुमेर प्रष्ट्याउँछन ।

सुमेरले यो एल्बममा नेपालका सांगीतीक क्षेत्रका हस्तिहरुको राम्रै मार्गदर्शन र सहयोग पाएका छन । नेपालका प्रसिद्ध गायक एबम संगीतकार नरेन्द्र प्यासीले उनको एल्बमलाई संगीतवद्ध गरेका छन भने चर्चित गीतकार पुरन थापा तथा सुरेश जङ्ग शाहले मन छुने शब्दहरु कोरेका छन । एउटा गीतमा बिगत लामो समयदेखि यूकेमा बसोबास गर्दै आएकी चर्चित गायीका शर्मिला बर्देवाले उनलाई साथ दिएकी छन् ।

सुमेर भन्छन- “नरेन्द्र प्यासीको संगीत भनेपछि यस एल्बममा सुगम संगीतको प्रभाव त भाईहाल्छ जुन मेरो गायनको पनि प्राथमिकता हो । तर यसमा एउटा लोकगीत पनि समावेश छ जसमा मलाई शर्मीला दिदीले साथ दिनुभएको छ ।”

सुमेरले आफ्नो एल्बमका केही गीतहरु यूकेका सांगीतिक कार्यक्रमहरुमा सुनाइसकेका छन र पिटरबरोबाट प्रषारण हुने नेपाली रेडियो कार्यक्रममा पनि बजिसकेको छ । उनी भन्छन्, “अहिलेसम्म श्रोताहरुबाट निकै राम्रो प्रतिकृया पाएको छु ।” त्यसैले उनी आशाबादी छन्, उनको यो एल्बमले उनलाई राम्रो गायकको रूपमा चिनाउने छ । स्थापित गराउने छ ।

“घुम्दै आउँछ तिम्रो रुप । “चोखो माया लाउँछु भन्थ्यौ । “सजाउँछु भन्थेँ त्यो फूलको जोवन, “आँसु बहिरह्यो आज, “अलि वर सरन, मनका कुरा गरन, “फूलै तिमीलाई विजाउँछ । “राम्री छौ र नजर पर्यो । “हाम्रो माया पिरती झुट्टा थिएन” बोलका उनका आठवटा गीतहरु आईट्यूनमा उपलब्ध छन् । मार्च १ बाट नेपालका प्रायजसो सवै एफएमहरुमा बज्ने छन् । उनी भन्छन्– “श्रोताहरुबाट पाएको राम्रो प्रतिकृयाहरुले आगामी दिनहरुमा अझ राम्रो गीत गाउने प्रेरणा मिलेको छ । यसरी उनका गीतहरु भर्खरै मात्र बजारमा आएपनि उनको सांगीतिक यात्राले झण्डै २ दशक पार गरिसकेको छ । त्यसैले त पहिलो एलबममा नै खरिएर आएका छन, सुमेर । सुन्नेहरु उनका गीतहरुलाई माझिएको गला छ भनेर भन्न पछि पर्दैनन् ।

काठमाण्डौको मुटुमा रहेको रत्न राज्य लक्ष्मी क्याम्पसबाट औपचारिक संगीत विषय अध्ययन गरेका सुमेरको सांगीतिक यात्रा त्यतिबेला रोकियो जव उनी उच्च शिक्षा हासिल गर्न बेलायत आए । यसरि विदेश पलायनसंगै सांगीतिक मार्गबाट भड्किएपनि आफुले गाउन नछोडेको उनी बताउँछन् । भन्छन – “मैले रियाज भने कहिल्यै छाडिन, समय मिलाएर म दैनिक जसो रियाज गर्छु ।”

तर यो पङ्तिकारको गीत रेकर्ड गराउन ढिलो भयो भन्ने भनाईमा उनी पनि सहमत छन । “हो अलि ढिलो भने भएकै हो । बेलायतको जीवनशैली कार्य–ब्यस्तता र अन्य विविध कारणले गर्दा अलमल भयो । अव आगामी दिनमा अलि बढीनै सक्रिय भएर सांगीतिक क्षेत्रमा लाग्ने उनको योजना छ ।”

तपाइँको प्रतिक्रिया