पेरिसमा महिला हिंसा संवन्धि कार्यक्रम र राजनितिक छलफल
अन्तर्राष्ट्रिय महिला दिवसका दिन पेरिसमा नेपाली महिलामाथि हुने गरेका हिंसा संवन्धि छलफल हुँदै छ । आगामी आइतवार अर्थात् मार्च १० का दिन हुन लागेको हो । यो छलफलमा फ्रान्सेली मानवशास्त्री, अनुसन्धानकर्ता जेरार्ड तोफाँ प्रमुख अतिथि रहने छन् । उनका नेपाल र नेपाली संवन्धि बिभिन्न विषयमा पुस्तकहरु प्रकाशित छन् । उनले नेपालमा महिला हिंसा संवन्धि विशेष प्रस्तुति गर्ने छन् । त्यसको लगत्तै संघिय समाजवादी पार्टीका अध्यक्ष अशोक राईसित राजनितिक अन्तर्क्रिया राखिएको छ ।
तोफाँले नेपालमा महिलाको अवस्था, फ्रान्समा महिला अधिकार लगायतका विषयमा आफ्ना अनुभव र मान्यताहरुका बारेमा प्रस्तुति गर्ने छन् ।
यो प्रस्तुतिपछि एमालेमा लामो समयसम्म उच्च तहमा बसेर राजनिति गरेका अशोक राइले नेपालको समसामयिक राजनितिक अवस्था, संविधान नबन्नुका कारण, अबको निकास, संघिय नेपाल, पहिचान सहितको संघियताका फाइदा बेफाईदा, संभावना आदिबारे राजनितिक बिचारहरु राख्ने छन् । आफुलाई लागेका जिज्ञास राखेर उनीसित सिधा छलफल चलाइने छ । यो कार्यक्रम नेपालीहरुका विषयमा लामो समय देखि सामाजिक कार्य गर्दै आएको पाकोफेन संस्थाले आयोजना गरेको हो । महिला कार्यक्रम भएतापनि सबै दाजुभाई तथा दिदी बहिनीहरुलाई उपस्थित भएर आफ्ना कुरा राख्न र अन्तर्क्रियामा भाग लिन पाकोफेन संस्थाले आग्रह गरेको छ ।
कार्यक्रम हुने स्थान र समय
मिति- आइतवार १० मार्च दिनको १ बजेबाट
स्थान -14 Rue Guénot
75011 Paris
मेट्रो – Nation
लाईन – ६
कार्यक्रम स्थलमा कसरि पुग्ने ?
मेट्रो Nation मा झरेपछि Boulvard Voltaire लिने । यो गल्लीको चोकमा BNP PARIS BA बैंक देखिन्छ । अनि यो बुल्भाको दाहिने तिर दोस्रो गल्लीमा Rue Guénot भेटिने छ । थप जन्नुपरेमा जिता कटुवालको फोन 0625569096 वा स्टेफानको फोन 0662068045 मा सम्पर्क गर्नुहोला ।




