विश्व साईकल यात्रीको देश बन्दै छ नेपाल

“साइकलयात्री थरी थरीका 

 

dscf0850

 

(यि चाहिँ पुष्कर शाह । यिनी त खसोखास विश्व साईकल यात्री भएनै । उनको यात्रा भने पुरापनि हुनै लागेको छ । तस्बिर-नेपालप्लसकालागि म आफैंले खोचेको हुँ उनी पेरिसका आएका बेला)

 पुष्कर शाहले लगभग लगभग विश्वयात्रा पुरा गर्नै लागिसकेको बेलामा नेपालबाट विश्व साइकल यात्रामा निस्कनेहरुको एउटा लहर नै चलेको छ । ११ बर्ष अगाडि पुष्कर शाहले थालेको यात्रासंगै नेपालबाट झण्डै एक दर्जन जती नयाँ विश्व साइकल यात्रीहरुको उदय भएको छ । अब नेपाल विश्व साइकल यात्रा थाल्नेहरुको देश बन्दै छ । ति मध्ये अधिकांश यात्राका बिचैमा साईकल फलेर दम्पट हुने गरेका छन् । बिकसित देश पुगेपछि लुकिछिपी बस्ने र दाम कमाउने मेसो माध्यम बनाएका छन् धेरैले । विश्व भ्रमण गर्ने पवित्र उद्देश्यलाई निहित स्वार्थ बनाउँदै छन् । 

madhav-gurung-sbs-radia-prastoka-sath-australia-ko-sydnay-ma

(यिनै दाहिने पट्टीका हुन् विश्व साईकल यात्रामा हिँडेका माधव गुरुङ । तर यि डलर भूमिगत भैसके अमेरिकामा)

furtemba-sherpa

(यिनै हुन् फुर्तेम्बा शेर्पा । यिनलाईपनि खोइ किन पत्याएन पोर्चुगलको सरकारले नेपाल फिर्ता पठाइदिएछ । यो फोटोपनि म स्वयंले खिचेको हुँ उनी पेरिस आएका बेला)

उनको वेब साईटमा राखिएको जानकारि अनुसार हाल उनी नेपालमा भएको जनाइएको छ   अर्का साईकल यात्री लोकबन्धु कार्की ४३ वटा देश घूमेर साउथ अफ्रिका पुगेका छन । शान्तीको लागि हिंडेका उनको योजना २०१३ सम्ममा ११३ देश गुम्ने रहेको छ । शान्तीको लागि हिंडेका अर्का विश्व साइकल यात्री दमक झापाका ढाकेसोर छेत्री जापान पुगेदेखि खबरबिहिन छन ।  

devendra-karki

 (यि चाहिँ देबेन्द्र कार्की। ईजरयलमा पुगेदेखि बेपत्ता। डलर जम्मा गर्दै होलान सायद)

 

ghram

(ग्राहम र उनको बारे भारतिय पत्रीकामा निस्किएको एक समाचार)

  साइकलयात्रीहरुको सूची त्यतिमै कहाँ पुरा हुन्छ र ?  ललितपुरका सानु महर्जनलाई २००५ मा विश्व साइकल यात्रामा निस्किदा भारत को बिहार राज्यमा लुटेर नेपाल फर्काइदिएका थिए । त्यसपछि उनी फेरि यात्रामा निस्केका छैनन । यसै वर्ष मात्र नयाँ विश्व साईकलयात्री हेटौंडा, मकवानपुरका रामचन्द्र महर्जन निस्केका छन उनको योजना विश्वका २०० देश घुम्ने । अनी संसारभरको पानी संकलन गरेर सगरमाथा चढ्ने । 

rajan_adhikari-and-chitra-paudel-in-dhaka

 (गिरिजा सरकारको तिन लाख लिएर नेपालकै सबैभन्दा अग्ला राजनपनि बेखबर)

  हुनत यसो भन्दा साँच्चै बिबिध सन्देश लिएर विश्व यात्रा पुरा गर्ने द्रिढ संकल्पित पुष्कर शाह जस्ता यात्रीहरुलाई अनादार गरेको ठहरिन सक्छ । तिनको त्याग र तपस्यामाथि होच्याएको हुनसक्छ । तरपनि नेपालका अधिकांश साईकल यात्रीहरुले पुष्कर शाहलेझैं यात्रा गरेका छैनन् । विश्व साईकल यात्रालाई बिकसित देशसम्म पुग्ने र त्यहिँ साईकल हुत्याएर दाम कमाउने माध्यम बनाएका छन् । यसले गर्दा साँचो अर्थमा यात्रामा निस्कनेहरुलाई समस्या पर्छ ।

त्यसो त,  नेपालकै सबैभन्दा अग्ला मान्छे राजन अधिकारि र उनका साथी चित्र पौडेलसमेत विश्व यात्रामा निस्किएका थिए । उनीहरुलाई यात्रा सुरुनगर्दै २००७ मा गिरिजा सरकारले यात्रा बापत ३ लाख नगद दिएको थियो । हाल उनीहरु कहाँ छन कतै थाहा भएको छैन । विश्व यात्रा आँफैमा एक रोमान्चक र कठिन यात्रा हो । तर लहलहैमा, बिना ज्ञान र अनुभव त्यत्तिकै हौसिँदैमा यात्रा सफल हुँदैन । माथि उल्लेखित यि थरी थरीका यात्री त समाचारमा आएका पात्र मात्रै हुन् । समाचारमा नआउने र साइकल यात्रालाई गन्तब्यमा बनाउँछु भन्दै साईकल डोर्‍याएर निस्कने साइकल यात्री धेरै हुन सक्छन । विश्व यात्रालाई संसारको कुनै गन्तब्यमा पुग्ने योजनबाट थालिने यात्रा पुरा नगर्ने हो भने त्यसले नेपाल र नेपाली दुबैलाई बदनाम गराउँछ

अर्का विश्व साइकल यात्री घ्राम (छितिज) जो बिख्यात योगी बिकासानन्दका चेला हुन । उनलेपनि रेकीलाई संसारभर फैलाउने भनेर २००७ देखी यात्रा थालेका छन् त्यस्तै, १९९७ तिर साउथ एसिया भ्रमण गरेका किरण माली हाल अमेरिकामा बसछन नेपालका माउन्टेन बाईक च्याम्पियन साइकलयात्री सज्जन राजवंशी र श्याम शाह पनि अमेरिकामै बसिरहेछन् । अर्का च्याम्पियन साइकलयात्री सन्तोष राइ भर्खर मात्र स्पेनबाट नेपाल फर्केका छन। त्यतिमात्रै हो र ? अर्का विश्व साइकल यात्री फत्तेपुर सप्तरीका देवेन्द्र कार्की २३ देश घुमेर ईजरायल पुगेदेखि सम्पर्कमा छैनन । दोलखाका तेन्डी शेर्पा र नवलपरासीका निरन्जन पौडेलपनि केही देश घुमेर ईजरायलमा पैसा छाप्दै छ्न । उनीहरुपनि विश्व घुम्न २००५ निस्किएका थिए । २००२ देखी निस्किएका झापाका अर्का विश्व साइकल यात्री सौरव दाहालले २५ देशभन्दा बढी घुमिसकेका छन । उनको नारा छ-शान्ती र शिक्षा । उनले १४ बर्षमा १५० देश घुम्ने लक्ष्य राखेका छन  

पुष्करपछि सन् २००२ मा हिंडेका नेपाली विश्व साइकल्यात्री माधव गुरुङ अमेरिकामा भूमिगत भैसकेको खुलसा भएको छ । विश्व शान्ती र बातावरणकोलागि २००३ देखी हिंडेका संखुवासभाका विश्व साईकलयात्री फुर्तेम्बा शेर्पालाई गत बर्ष नोवेम्बरमा पोल्यान्ड पुलिसले समातेर फर्काइदिएको थियो । घुम्दै नघुमेका मुलुकपनि घुमें भनेर सूची बढाउने गरेको आरोप उनीमाथि लाग्नेगरेको छ । उनले ति आरोपको स्पष्ठ ढंगले खण्डन गर्न सकेकोपनि देखिएको छैन। 

काम केहि पाउनु भएन ? विश्व भ्रमण गरौं गरौं भन्ने लहडपनि चलेको छ ? ल त्यसो भए एउटा साईकल बोकेर हिँड्नुस विश्व भ्रमणमा  हुनपनि अहिले यति धेरै नेपालीहरु साईकल लिएर विश्व भ्रमण गर्ने भन्दै हिँडेका छन् कि नेपालमा अब के गर्ने भन्दा साइकलमा विश्व भ्रमण गर्ने भन्ने ठट्टा सुरु भएको छ । अथवा विश्व साईकल यात्रीको देश हुँदैछ नेपाल”

(उल्लेख गरिएका बाहेक अन्य तस्बिर बिभिन्न स्रोतबाट जम्मा गरिएकाले स्रोत खुलाउन नसकिएको हो। सप्रमाण दाबी गरिए उल्लेख गरिनेछ-नेपालप्लस डट कम)

तपाइँको प्रतिक्रिया