राजतन्त्र फर्काउन पूर्व राजा र नेताको भारतमा जमघट ?
आफन्तको विवाहमा सहभागि हुन भन्दै भारत पुगे पूर्व राजा ज्ञानेन्द्र शाह । निहुँ त्यो थियो । उनले त्यहि मौकामा भारतका बिभिन्न राजनितिक दलसित संबाद शुरु गरे। राजनितिक भेटघाटलाई तिब्र पारेको खबरहरु बाहिर आए । उनको लगत्तै भारतिय निकट र अझ दरबार निकट भनेर चित्रित गरिँदै आएका एमाले नेता केपी ओली भारत हानिए । उनी फर्केर त आए । फेरि एमालेका अर्का नेता तथा ग्रिह मन्त्री वामदेव गौतम भारत गएका छन् । आजै फेरि नेपाली कांग्रेसका सभापती गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा जाँदै छन् । निहुँ सबैले उपचारको पारेका छन् ।
उपचारका लागि गएको भए ज्ञानेन्द्र भारत भएकै बेला किन पारियो ? विवाहमा सहभागी हुन भनेर गएका ज्ञानेन्द्रले किन भारतिय राजनितिक दलका नेताहरुसित भेटघाट गरे ? र त्यसलाई किन गोप्य राख्न खोजियो ? नागरिक भइसकेका पूर्व राजाले भटाभट भारतिय नेतासित परामर्श गरिरहँदा किन एमाले, कांग्रेस, मधेशी जनअधिकार फोरम लगायतका दलले त्यसको बिरोध गरेनन् ? के नेताहरु सबै एकैचोटी बिरामी पर्छन् ? नेपली चिकित्सकहरुले अहिलेनै भारतमा उपचारका लागि जानुपर्ने सुझाव दिएका हुन् भारत जाने सबै नेतालाई ?
उपचारका लागि भनेर गएपनि अहिले भारतिय नेताहरुको दबाबमा गणतन्त्र बिरोधीहरुको मोर्चा बन्न लागेको चर्चा छ । माओवादीले गत संबिधान सभामा सबै भन्दा बढि मत ल्याएपनि माओवादीलाई सरकार बनाउन नदिन निकै आनाकानी गरेको थियो नेपाली कांग्रेसले । सरकार बने लगत्तै बिभिन्न नाम, निहुँ र बहानामा असहयोग जारी थिए । सरकार बनेपछि माओवादीले नितिपनि भारत र चिनलाई समदूरीमा राखेर ब्यवहार गर्न खोज्यो । माओवादीको सरकार बनेलगत्तै चिनको सक्रियता परम्परागत रुपमा भन्दा निकै बढेको महसुस गर्दै भारतियहरु बेखुशि भएका समाचार सार्वजनिक भए । अमेरिकाको चाहनापनि माओवादी सरकार बिरोधीनै थियो ।
नेपालमा चिनको लगानी तथा कूटनितिक सक्रियता बढेकालेपनि भारत नेपालमा माओवादीको सरकारलाई टिकाईराख्न चाहन्न भन्ने मूल्यांकन गर्नेहरुपनि छन् । अहिलेको राजनितिक पार्टीहरुको भारत भ्रमण त्यसैकालागि हो भनिएको छ । तर त्यो भन्दा गम्भिर अर्को पाटो के छ भने भारतले गणतान्त्रिक पक्ष बिरोधीहरुलाई समेटेर नेपालमा फेरि कुनै न कुनै रुपको राजन्तन्त्र ब्युँताउन खोजेको आशंका छ।
नेपाली कांग्रेस यसैपनि बिभिन्न दबाब, जनताको भावना र माओवादीजनयुद्दको दबाब लगायतका कारणले गणतन्त्रको समर्थनमा पुगेको हो । नत्र यो पार्टी अन्तिमसम्मपनि कुनै न कुनै रुपको राजतन्त्रको पक्षमा थियो । स्रोतहरुले अहिले के उल्लेख गरेका छन् भने भारत फेरिपनि नेपाली कांग्रेसका त्यहि राजतन्त्र पक्षिय, गणतन्त्रप्रति अनुदार लगायत राजतन्त्रको सक्रिय वकालत गर्ने र नेकपा एमालेका पनि भारत निकट र दरबारिया निकटहरुलाई फकाएर, धन्क्याएर, दबाब दिएर गणतन्त्र मोर्चा बनाउने तरखरमा जुटेको छ । ति सबै पक्ष र ज्ञानेन्द्रबिच सहमती गराई फेरि राजतन्त्र फर्काउन लागेको बताइन्छ । यि सबै अनुमान, अड्कल, बिभिन्न समाचार माध्यमहरुमा आएका हुन् । अहिलेनै यहि हो भनेर किटान गर्न सकिने अवस्था त छैन नै । तर के सम्म किटान गर्न सकिन्छ भने पूर्व राजा, राजनितिक दलका केहि नेता र भारतिय शासकहरुबिच नेपालको राजनितिक स्थितिलाई धमिल्याउने प्रयास गर्दै छन । बिदेशी स्वार्थमा कुनै न कुनै खालको राष्ट्रियता बिरोधी गतिबिधीको कुचेष्टा हुँदै छ ।
(बेप्रसंगका प्रतिक्रिया नलेख्नुहोला । अन्यथा सबै रद्द गरिनेछ-नेपालप्लस डटकम) ।




