मलाई हाँस्न देउ
-नारायण अर्याल–
मलाई हाँस्न देउ म हाँसेर मर्न चाहन्छु
आखिर जानु त छँदै छ, यथार्थ मा बाँच्न चाहन्छु ।
यहाँ धेरै खाएर फुलेका पेटहरुपनि देखें मैले
अनी खान नपाएर सुकेका खाली पेट भेटें मैले
कोही भएर पनि रुँदै छन पिल पिल आँसु निकाल्दै
कोही नभएर पनि मुस्कानमा बाँच्न प्रयास गर्दै छन
रोगी यहाँ धिक्कार्दै जीवनलाई बाँचिरहेका पनि छन
तन्दुरुस्त यहाँ आफ्ना इच्छा र कल्पनामा नाचेका छन्
कसैले यहाँ दैनिक कपडा छानेर लाउन भ्याएका छैनन
कोही यहाँ निर्बस्त्र नांगो शरीर ढाक्न पाएका छैनन
कोही बेफुर्सदी चौबिसै घण्टा ब्यस्त छन यहाँ
कोही व्याकुल छन मार्ग नपाएर सोच्छन जाउँ कहाँ
तर मलाई लाग्छ जीवन एउटा कला हो ।
गाएकको लागि सुमधुर स्वर दिने गला हो
सिक सिक्दै जाउ गर गर्दै जाउ जे आउँछ त्यसमा रमाउँदै ।
अनिस्चित यो समय जन्म र मृत्यु बिचको पला हो ।
आखिर सबै यात्री यहाँ अनिस्चित कालको यात्रा हो यो
जसले बुझ्यो उसले चिन्यो क्षण भरको सपना मात्र हो यो ।
यात्रा सुरु कहाँ बाट अनी अन्त्य पनि कहाँ अब
नांङै आएको शरीर हाम्रो छोडि जानु छ भएका सब
त्यसैले
मलाई हाँस्न देउ म हाँसेर मर्न चाहन्छु
आखिर जानु त छँदै छ, यथार्थ मा बाँच्न चाहन्छु ।
काठमाडौं, नेपाल
हाल-बर्मुडा
nryn28@gmail.com





