महामहिमको सिता खाएर गीता गाउन साप्ताहिक पत्रिका

(यो लेख सप्ताहिक जन आस्था सप्ताहिकलाई पठाएको थिएँ । लेखको मर्म अनुसार प्रकाशित नभएकाले यहाँ राखेको हुँ। गत बुधबार जन आस्थाले प्रकाशित गरेको अंश अन्तिममा हेर्नुस्। जन आस्थामा पठाएको सामाग्रि भएकाले मैले थपथाप नगरि राखेको छु)

531492_10200534630508915_882020735_nकरिब तिन साता अघि म स्विजरल्याण्ड पुगेको थिएँ । नेपालसित लामो संबन्ध गाँसेका स्विस नागरिकसित सम्पर्क गर्न र नेपालीहरुबारे एउटा डकुमेन्ट्री बनाउन । साथमा थिए कलाकार उज्ज्वल केसी । त्यहि बेला घटना र बिचार साप्ताहिकमा मेरा बिरुद्द एउटा समाचार निस्कियो ‘राजदूतलाई दुख दिन अनलाईन समाचार’ शिर्षकमा । यो खबर पेरिसका नेपाली राजदूत मोहन क्रिष्ण श्रेष्ठको सिता खाएर लेखिएको थियो उनैको निर्देशनमा । सिता खाने काम गरेका थिए, करिब आधा दर्जन पत्नीका लोग्ने देवप्रकाश त्रीपाठीले । उनैसित काम गर्ने सूत्रहरुका अनुसार जो भारतीय दुतावासको हण्डीमा बाँच्ने गरेका छन् । समाचार कतिसम्म कपोलकल्पित छ भने बेल्जियमका राजदूतलाई दुख दिन बेल्जियम गएर बसेरै लेखेको उल्लेख छ । जबकि म त्यो बेला स्विजरल्याण्डमा थिएँ । र त्यसैगरि गएको गर्मी याममा  म दक्षिणी फ्रान्स पुगेका बेला देशान्तर साप्ताहिकका सम्पादक कवीर राणा पनि राजदूत मोहनक्रिष्णकोमा आएर बसे, खाए, पिए र गएर त्यस्तै समाचार लेखेका थिए । म बाहिर गएकै बेला यसरि समाचार आउनुको कारण के भने राजदूत मोहनक्रिष्णकै निर्देशनमा त्यसो हुने गरेको हो ।

देव प्रकाश त्रिपाटी गत दशैमा अर्थात सेप्टेम्बरको अन्तिम साता पेरिस आएका थिए मोहन क्रिष्ण श्रेष्ठको खर्चमा । महामहिम श्रेष्ठले राजदूत भवनको मर्मत गर्दा भ्रस्टाचार गरेको भन्ने समाचार धेरै मेडियामा सार्वजनिक भएपछि आफ्ना पक्षमा पत्रकारलाई देखाउन निजि खर्चमा बोलाएका थिए । त्यो बेला त्रेपाठी आएर साता भन्दा बढि दुतावास भवनमा बसे । राजदूतको दानापानी खाए । गाडी र सम्पूर्ण सुबिधा लिए ।त्यो बेला तत्कालै लेख्दा दानापानी खाएर तुरुन्तै लेखेको भन्ने देखिएला भनेर उनले अवशर हेरेर बसेका थिए । राजदूतको समर्थन र मेरा बिरुद्द लेख्ने शर्तमा आर्काको रासन पानी खाएर, मोज गरेर हिँडेका त्रीपाठीले केहि महिनासम्म केहि पनि नलेखेपछि यता राजदूत मोहन क्रिष्ण श्रेष्ठले पेरिसमा आफ्ना आउरे बाउरेसित ‘मैले त्यत्रो खुवाएँ, पियाएँ, टिकेटको ब्यवस्था गरेर नेपालदेखि ल्याएँ, तर केहि लेखिदिएन’ भन्दै सुनाउने गरेका थिए । अन्तत : अलि लामो समय पछि लेख्दा राजदूतको दानापानी खाएर लेखेको जस्तो नदेखियोस् भनेर बल्ल त्रीपाठीले केहि थाल भात, केहि बोत्तल रक्सी, गाडी सुबिधा र बिमान टिकटको गुन तिर्न त्यो लेख छपाएका हुन् । दानापानी, राहत र कमिशनमा बेईज्जतिपूर्ण तरिकाले लेनदेन गरेरै लेख्ने बानी परेकाले कुबेर राणाले भने दानापनी खाएर फर्किनासाथै लेखेका थिए । यि हरेकको भ्रमणमा नेपाल सरकारको भवन र पैसोको दुरुपयोग गरे मोहन क्रिष्णले ।

बिदेशमा नेपाली दुतावास नेपाल र नेपालीको सम्पूर्ण सरोकार राख्ने थलो हो । त्यसैले त्यहाँ हुने क्रियाकलाप समाचार बन्छन् । तर कमिशन र अर्काको खर्चमा डुल्न पल्केकालाई त्यसको पत्तो हुन्न । त्यसैले त्रीपाठीले दुतावासकै बिरुद्द लेख्न अनलाईन खोलेको भन्नु उनले हण्डी खान भारतीय दुतावास बाहेक अरु केहि नदेख्ने गरेकोले हुन सक्छ । बेल्जियमका राजदूतले त्यहाँका पत्रकारहरुलाई दिएको धम्की, जनजाति बिरोधी अभिब्यक्ति, राजदूतका रुपमा नभएर माओवादी जनसेनाझैं देखिने गरेको भन्दै उनको आलोचना गरेर धेरै पत्रपत्रीकामा समाचार प्रकाशित भएको सायद हण्डीमा रमाउने त्रीपाठीले देखेनन् । बेल्जियमका राजदूतको गैह्र कूटनितिक अभिब्यक्तिको भिडियोनै अन्लाईनमा ३० हजार भन्दा धेरैले हेरिसकेका छन् । तर राजदूतका भातमा बिक्नेले त्यस्ता कुरा देख्दैनन् ।

कुन देशमा को राजदूत बनेर आउँछ र जान्छ मेरो चासोको विषय होइन । जसरि त्रीपाठीलाई को राजदूत हुँदा कहाँ घुम्न र दुई चार थाल खान पाइन्छ भन्ने चासो हुन्छ । त्यसैले खान नपाउँदा र कमिशन नमिल्दा खेद्ने र त्यो पाउँदा गुनगान गाएर लेख्ने गर्छन् । यदि कुनैपनि राजदूतसित कुनैपनि विषयमा कहिल्यै सौदाबाजी गरेको र कुनैपनि देशका राजदूतकहाँ गएर बस्ने र सुबिधा लिने गरेको देखाउन सकोस् म जस्तोसुकै कारवाही भोग्नपनि तयार छु । सुत्र भन्ने शब्द लगाएर राजदूतको चाकरि धस्काउन सिंगो पत्रकारिता दुरुपयोग गर्ने हण्डी पत्रकार त्रीपाठी र कवीर राणालाई त्यसको हिम्मत छ ?

मेरो बसाईको आधार के हो ? कसरि कुन स्टाटशमा बसेको छु भन्ने जान्न त्रीपाठीलाई सायद मेरो परिचयपत्रको कपीले पुग्ला । जुन मैले यहि लेख मार्फत जन आस्था साप्ताहिकलाई उपलब्ध गराएको छु । जसले उनको कपोल्कल्पित समाचारको खण्डन गर्ने छ । बरु यि हण्डी खाने पत्रकारहरुले जिवन प्रकाश श्रेष्ठसित मिलेर कागज नभएका बंगलादेशीको खोजि गरि पासपोर्ट बाँड्ने र कमिशन खाने गरेको भन्दै पुरै कपोलकल्पित समाचार लेखेका रहेछन् । यो अपराधसित संवन्धित विषय हो । परराष्ट्र मन्त्रालयले कति पासपोर्ट गए, ककसले लियो ? केका आधारमा लियो ? पासपोर्ट दिनुको आधार के हो ? सत्य तथ्य पत्ता लगाएर कारवाही गरोस् ।

जिवन प्रकाश श्रेष्ठ हाल परराष्ट्र मन्त्रालयमै रहेकाले उनले यसलाई गम्भिरताका साथ लिने, छानबिनकालागि आफैंले उजुरी दर्ता गर्ने गर्नुपर्छ । यदि उनले त्यसो गरेका हुन् भने अपराधको सजाय भोग्नै पर्छ । त्यसकालागि यहि म दोषी छु भने जस्तोपनि सजाय भोग्न तयार छु । तर यो दाबी भारतीयहरुलाई मोटो रकम लिएर पासपोर्ट बेच्ने गरेको आरोप लागेका राजदूत मोहन क्रिष्ण श्रेष्ठलाई बचाउन आएको हो । मोहन क्रिष्णले दानापानी सुँघाएर पठाएबापत उनलाई जोगाउन लेखिएको हो । त्रिपाठीले घटना र बिचार साप्ताहिकमा मोहन क्रिष्ण श्रेष्ठलाई पुरै बचाएर, प्रशंसा गरेर लेखेको समाचारलेनै पुष्टि गर्छ । नत्र मोहनक्रिष्णको पाउमा छाँद हालेर त्यस्तरि लेख्नुपर्ने कारण के हो ?

दुतावास भवन मर्मत संभार गर्ने नाममा ब्यापक भ्रस्टाचार भएको भन्ने समाचार बरु नेपालका झण्डै दुई दर्जन रेडियो र बिभिन्न पत्रपत्रीकामा प्रकाशित भएको तथ्य त्रीपाठीलाई मतलव हुने भएन । मोहनक्रिष्णका गलत काम बारे साँघु साप्ताहिक र नागरिक दैनिकमापनि पटक पटक निस्किसकेका छन् । बेल्जियमका द्राजदूतका बारेमा उसैगरि साप्ताहिक विमर्श, माई संसार लगायत धेरै पत्रीकामा छापिएको छ । तर कमिशन खोज्दै हिँड्नाले सायद त्रीपाठीलाई त्यस्ता समाचार देख्ने फुर्सद हुन्न । नेपालप्लस डटकम अनलाईन हो वा ब्लग भन्नेसम्मपनि जानकारि रहेनछ पत्रीकाको सम्पादक भैसकेकालाई । त्यसैले अनलाईन भन्दै लेखेका रहेछन् ।

अझ हाँस्यास्पद कुरो त के लेखेका रहेछन् भने पेरिसको राजदूतावास भवन बिक्रि गर्न सहयोग गरि कमिशन खान खोजेको भन्ने आरोप । देव प्रकाश त्रीपाठी जस्ता महिलालाई बलात्कार गर्न खोज्दा धादिङबाट लखेटिएकालाई के जानकारि होस् भने पेरिसको राजदूत भवन बिक्रिको प्रयास गरिँदा सबै भन्दा पहिले मैलेनै बिरोध गरेर जनआस्था साप्ताहिकमा समाचार लेखेको थिएँ । त्यसपछि धेरै पत्रकारका आँखा खुले र पछि अन्य पत्रकारलेपनि यसमा चासो दिए । समाचार बनाए । त्यहिपनि राजदूत भवन बिक्रि गर्ने भन्ने निर्णय परराष्ट्रबाट हुने गर्छ । कुनै एक कर्मचारीले चाहँदैमा हुने गर्दैन । तर दानापानीको सोझो गर्न समाचार लेख्दा त्रीपाठी र कवीर राणा राणा जस्ता हण्डी पत्रकारलाई यत्तिपनि हेक्का भएन ।

आफूलाइ वरिष्ठ पत्रकार झैं गर्ने त्रीपाठीले पेरिस आएका बेला दाँत ङिच्चाउँदै दुतावासको गाडी पर्खेका थिए आइफल टावर मुनी । राजदूतावास भवनमा जान ट्याक्सी भाडा पनि तिर्न अस्विकार गर्दै बसेका थिए । त्यो बेला भेट हुँदा यदि उनको हिम्मत हुन्थ्यो भने यत्रा आरोपका विषयमा किन सोध्न सकेनन् मसित ? आरोपित अर्का ब्यक्ति जिवन प्रकाश श्रेष्ठ अहिलेपनि परराष्ट्र मन्त्रालयमै छन् । किन उनको प्रतिक्रिया हाल्न सकेनन् ? उनले पासपोर्ट जथाभाबी दिएका हुन्, कमिशन खाएर बाँडेका हुन् भने उनलाई अहिलेपनि गिरफ्तार गराउन सकिन्छ । ति पासपोर्टको छानबिन राजदूत मोहन क्रिष्ण श्रेष्ठले किन गर्दैनन् ? किनभने उनको यो समाचार हण्डी पचाउनकालागि र राजदूतको खर्चमा गरिएको भ्रमणको गुन तिर्नकालागि मात्रै हो ।

अझ कारवाही हुन सक्ने सुत्रको दाबी समेत रहेछ आधा दर्जन पत्नीका मालिक त्रीपाठीको पत्रीकामा । बरु हिम्मत भए समाचारमा उल्लेखित आरोप सिद्द गरेर कारवाही गराउ । त्यसमा म खुशि हुन्छु । तर दुतावासमा लाखौं भ्रस्टाचार भएको, पासपोर्ट दिँदा कमिशन लिने गरिएको, कूटनितिक मर्यादा बिरुद्द बोल्ने गरेको, दुतावासका सामाग्रि दुरुपयोग हुने गरेको बारेमा त्रीपाठीको हिम्मत चल्छ लेख्ने र बोल्ने ? कि दुई चार बोत्तल जाँड, बिमान टिकट र दुई चार थाल खान्किकै लागि हो तिम्रो पत्रकारिता ?

(यहि लेख जन आस्था साप्ताहिकमा कसरि निस्कियो तल हेर्नुस्)

पाठकपत्र

किन मच्चायौ साथी कोकोहोलो ?

तीन साताअघि स्विट्जरल्यान्ड पुगेको थिए“, नेपालसित लामो सम्बन्ध गा“सेका स्विस नागरिकसित सम्पर्क गर्न र नेपालीहरूबारे डकुमेन्ट्री बनाउन । साथमा थिए, कलाकार उज्ज्वल केसी । त्यहीबेला घटना र विचार साप्ताहिकमा मेराविरुद्ध एउटा समाचार निस्कियो ‘राजदूतलाई दुःख दिन अनलाइन समाचार’ शीर्षकमा । समाचारमा उतै बसेर लेखेको उल्लेख छ । जबकि म त्यो बेला स्विट्जरल्यान्डमा थिए“ । गएको गर्मी यामका बेला म दक्षिणीफ्रान्स पुगेका बेला देशान्तर सम्पादक कविर राणा पनि राजदूत मोहनकृष्णकोमा आएर बसे, खाए, पिएर गई त्यस्तै समाचार लेखेका थिए । म बाहिर गएकै बेला यस्तो समाचार किन आउँछ ?

घटना र विचारका सम्पादक गत दस“ैमा अर्थात् सेप्टेम्बरको अन्तिम साता पेरिस आएका थिए । त्यो बेला आएर साता बढी दूतावास भवनमा बसे । केही महिनासम्म केही पनि नलेखेपछि यता राजदूतले पेरिसमा आङ्खना आउरे–बाउरेसित ‘मैले त्यत्रो खुवाए“, पियाए“, टिकेटको व्यवस्था गरेर नेपालदेखि ल्याए“ तर केही लेखिदिएन’ भन्दै सुनाउने गरेका थिए ।

विदेशमा नेपाली दूतावास नेपाल र नेपालीको सम्पूर्ण सरोकार राख्ने थलो हो । त्यसैले त्यहा“ हुने क्रियाकलाप समाचार बन्छन् । तर, कमिसन र अर्काको खर्चमा डुल्न पल्केकालाई त्यसको पत्तो हुन्न । बेल्जियमका राजदूतले त्यहा“का पत्रकारलाई दिएको धम्की, जनजातिविरोधी अभिव्यक्ति, राजदूतका रूपमा नभएर माओवादी जनसेनाझै“ देखिने गरेको भन्दै उनको आलोचना गरेर धेरै पत्रपत्रिकामा समाचार प्रकाशन भएको सायद हण्डीमा रमाउनेहरुले देखेनन् । बेल्जियमका राजदूतको गैरकूटनीतिक अभिव्यक्तिको भिडियो नै अनलाइनमा ३० हजारभन्दा धेरैले हेरिसकेका छन् । तर, राजदूतका प्रियहरुले त्यस्ता कुरा देख्दैनन् ।

कुन देशमा को राजदूत बनेर आउ“छ र जान्छ मेरो चासोको विषय होइन । कुनै राजदूतसित कुनै पनि विषयमा कहिल्यै सौदाबाजी गरेको र कुनै पनि देशका राजदूतकहा“ गएर बस्ने र सुविधा लिने गरेको देखाउन सकोस् म जस्तोसुकै कारबाही भोग्न तयार छु । सूत्र भन्ने शब्द लगाएर राजदूतको चाकडी धस्काउन सिंगो पत्रकारिता दुरुपयोग गर्नेहरुसँग त्यसको हिम्मत छ ?

मेरो बसाइको आधार के हो ? कसरी कुन स्टाटसमा बसेको छु भन्ने जान्न सायद मेरो परिचयपत्रको कपीले पुग्ला । यी हण्डी खाने पत्रकारहरूले जीवनप्रकाश श्रेष्ठसित मिलेर कागज नभएका बंगलादेशीको खोजी गरी पासपोर्ट बा“ड्ने र कमिसन खाने गरेको भन्दै पूरै कपोलकल्पित समाचार लेखेका रहेछन् । यो अपराधसित सम्बन्धित विषय हो । परराष्ट्र मन्त्रालयले कति पासपोर्ट गए, क–कसले लिए ? के–का आधारमा लिए ? पासपोर्ट दिनुको आधार के हो ? सत्य–तथ्य पत्ता लगाएर कारबाही गरोस् । जीवनप्रकाश श्रेष्ठ हाल परराष्ट्र मन्त्रालयमै रहेकाले उनले यसलाई गम्भीरतासाथ लिन, छानबिनका लागि आफै“ले पहल गर्नुपर्छ । यदि, उनले त्यसो गरेका हुन् भने अपराधको सजाय भोग्नै पर्छ । त्यसका लागि म पनि सजाय भोग्न तयार छु ।

मोहनकृष्णका गलत कामबारे सा“घु साप्ताहिक र नागरिक दैनिकमा पनि पटक–पटक निस्किसकेका छन् । बेल्जियमका राजदूतबारे उसैगरी साप्ताहिक विमर्श, माई संसारलगायत धेरै पत्रिकामा छापिएको छ । नेपाल प्लस डटकम अनलाइन हो वा ब्लग भन्नेसम्म पनि जानकारी रहेनछ पत्रिकाको सम्पादक भइसकेकालाई । त्यसैले अनलाइन भन्दै लेखेका रहेछन् ।

पेरिसको राजदूत भवन बिक्रीको प्रयास गरि“दा सबैभन्दा पहिले मैले नै विरोध गरेर जनआस्थामा समाचार लेखेको थिए“ । त्यसपछि धेरै पत्रकारका आ“खा खुले र अन्य पत्रकारले पनि यसमा चासो दिए । समाचार बनाए । त्यही पनि भवन बिक्री गर्ने निर्णय परराष्ट्रबाट हुने गर्छ । कुनै एक कर्मचारीले चाह“दैमा हुने गर्दैन ।

आफूलाई वरिष्ठ पत्रकारझै“ गर्नेहरुले पेरिस आएका बेला दा“त ङिच्याउ“दै दूतावासको गाडी पर्खेका थिए, आइफल टावरमुनि । राजदूतावास भवनमा जान ट्याक्सी भाडा पनि तिर्न अस्वीकार गर्दै बसेका थिए । त्यो बेला भेट हु“दा यदि हिम्मत हुन्थ्यो भने यत्रा आरोपका विषयमा किन सोध्न सकेनन् मसित ?

तपाइँको प्रतिक्रिया