कविता : जनयुद्द दिबस ?

प्रदीप सुबेदी

pradeep-shree-myagdi-doha-qatar

मुटुभरी पिडा बोकेर

शरीर भरी गोलिका निसानी छोपेर

थर्थराउँदै पाइलाहरु

कुन क्रान्तिको गीत गाउँ मैले कमरेड ?

०००००००००००००००

आफ्नै आँखा अगाडि

दुस्मन को गोली

छातीमा थापेर लालसलाम भन्दै

प्राण आहुती दिने कमरेडहरुलाई सम्झेर

कुन शब्दले श्रदान्जली दिउँ कमरेड ?

०००००००००००००००

म कुन मुखले भनुँ

तिमिले बगाएको रगत ब्यर्थ भो भनेर

कसोरी ब्यक्त गरुँ

तिमीले देखेको सपना उजाडियो भनेर

कसोरी भनुँ म

सहिदहरुको तस्बिरमा

माल्यार्पण गर्दै हामी दुई भागमा चिरियौ भनेर ?

०००००००००००००००

आज

अनुहार भरी पस्चतापका रेखा कोरेर

लालध्वजा बोक्दै

खोसिएका चेकका फोटोकपी खल्तिमा लुकाएर

जनयुद्द जिन्दबाद कसरी भनुँ कमरेड ?

०००००००००००००००

अयोग्यको प्रमाणपत्र देखाउँदै

सहिदहरुको तस्बिर अगाडि

निन्याउरो मुख लगाएर

कसोरी सुनुँ म ति छदमभेसि भाषाण हरु

त्यसैले

माफ गर या नगर कमरेड

तिम्रो डबलिमा

जनयुद्द जस्तो जनताको पवित्र शब्द खर्च गर्दिन आज  ।

 

तपाइँको प्रतिक्रिया