पेरिसमा बल्ल चाखे, उहि मूलाको सिन्की, उहि मूलाको चाना

Ekta-Samaj-Dance-LokDohori-10-Feb-13 024

पेरिसका नेपालीले बल्ल उहि मूलाको सिन्की र उहि मूलाको अचार चाना चाखे । यसो भन्दा धेरैलाई होइन क्यारे जस्तो लाग्ला । अचम्म मान्लान् । तर वास्तविकता हो यो । बल्ल चाख्न पाएका हुन् । यो चखाउने हुन्, प्रसिद्द लोक गायिका ज्योति मगर (अनम्यारिड) र चखाउने मेसो मिलाएको हो, नेपाली एकता समाज फ्रान्सले । अनम्यारिड चाहिं सायद उनले हाँसोकालागि, युवाहरुलाई सन्काउनकालागि भनेकि होलिन् । गायिका ज्योति मगरको ‘उहि मूलाको सिकी, उहि मूलाको चाना’ भन्ने गित प्रसिद्द छ । त्यो गितमा हजारौं युवायुवती कम्मर मर्काई मर्काई नाचिसकेका छन् । ज्योति मगरले हिजो पेरिसमा त्यहि गित गाएर, नाचेर पेरिसका नेपालीलाई पहिलो पल्ट चखाएकि हुन् । नेपालीले गाउने जुन गितमापनि शिरमा ढाका टोपी ढल्काएका, नेपाली बोल्ने एक जना फ्रान्सेली भने हात खुब फनक्क फनक्क पारेर नाच्दै थिए ।

Ekta-Samaj-Dance-LokDohori-10-Feb-13 004

पहिलो पल्ट आएका थिए नेपाली कलाकारहरु ज्योति गुरुङ र अर्का लोक पप गायक दुर्गा गुरुङ पेरिसमा । कार्यक्रम गर्नकालागि । रामजी गुरुङ (धेरैले प्रेम गुरुङपनि भन्छन्) दाईले ज्योति गुरुङ र दुर्ग गुरुङलाई स्वागत गरे ।

Ekta-Samaj-Dance-LokDohori-10-Feb-13 019

सहभागिहरुको बाक्लि उपस्थिति थियो ।

Ekta-Samaj-Dance-LokDohori-10-Feb-13 013

शुरुमै भुवन भाईले स्वागत गीत गाए । अरुलाई लाग्छ कुन्न्ने ! तर मलाई उनको गित सुनेपछि मन कटक्क भो । राम्रो लागेन यस्ता प्रतिभाहरु पलायन भएको देखेर । साँच्चिकै उनको स्वर मिठो थियो । केहि तालिम, केहि अग्रजको निर्देशन र स्थान पाउने हो भने यस्ता गायकहरु नेपालमै स्रिजना गरेर बस्नुपर्ने हो । तर बिदेश पलायन भएर साना तिना काममा अल्झेका छन् । देशको भविष्य त्यागेका छन् । जानेको सिप लत्याएर नजानेका झिना मसिना काममा अर्काको देशमा मन कुँड्याउँदै भासिएका छन् । यो कार्यक्रम अवधिभरिनै मलाई यिनैको प्रस्तुति अब्बल लाग्यो । यसो भनेर अरुका कम थिए भन्न खोजेको होइन । आआफ्ना रुचि न हुन्, अलग अलग भैहाल्छ ।

कार्यक्रम अघि खानाको ब्यवस्था गरिएको थियो । अनि केहि स्थानिय कलाकारको प्रस्तुति भयो । हाँस्यब्यंग्यपनि थियो । नेपाली एकता समाजका अध्यक्ष सुक गुरुङले सबैलाई छोटकरिमा स्वागत गरेर औपचारिक कार्यक्रम सकिदिए ।

Ekta-Samaj-Dance-LokDohori-10-Feb-13 028

त्यसपछि दुर्गा गुरुङले केहि लोक पप गित गाए । मिठा थिए उनका गित । बोलिमा नम्रता, गितमा मिठास थिए ।

Ekta-Samaj-Dance-LokDohori-10-Feb-13 084

Ekta-Samaj-Dance-LokDohori-10-Feb-13 101

शुरु भयो, ज्योती मगरको प्रस्तुति । गज्जब थियो । फ्रान्समा बस्ने महिलाका पहिरन लामा लामा, उनका छोटा । यहिँ बस्ने महिला सारि र अन्य सामान्य पहिरनमा । उनिचाहिँ युरोपी मोडेल झैं सजिएकि । बोली उस्तै युवाहरुलाई जुरुक्क पार्ने । ‘वैंश लाग्या १० वर्षको जोडि पाको छैन, कोहि छ ?’

Ekta-Samaj-Dance-LokDohori-10-Feb-13 045

यति भन्दिएपछि युवाहरु जुरुक जुरुक गर्नेनै भए । कहिले ‘ पेपर भएको केटो खोज्या ‘ भन्छिन् । कहिले ‘ सोल्टाहरुलाई आइ लभ यु, किस ‘ भन्दिन्छिन् । युवाहरु मख्ख पर्नेनै भए । जे होस् युवायुवतिलाई जगाउन सक्ने, उचाल्न सक्ने, नाचौं नाचौं गराउन सक्ने खुबी रहेछ ज्योती मगरमा । धेरै लामो समयपछि भिन्न खालको, अलग्गै स्वादको, युवाहरुले चाहे जस्तो कार्यक्रम हेर्न, चाख्न पाए पेरिस बस्ने नेपालीहरुले ।

तपाइँको प्रतिक्रिया