गजल

शेर्पिनी कान्छि

sherpini-kanchhi-Israel-112123

भुल्न खोज्छु यादको भुमरिमा डुब्दैछु पलपल
निष्ठुरीको तस्बिर छुँदै सुस्तरी रुँदैछु पलपल

माया मारि गएपछि सम्झनालाइ छाड्यौ किन
पराइ मान्छेलाइ सम्झि सपना बुन्दैछु पलपल

निष्ठुरीको तस्बिर छुँदै…………

भाग्गे सँग सम्झौता गर्दै धिक्कार्दैछु मनलाइ
आजभोलि आफ्नै छायाँसँग लुक्दैछु पलपल

निष्ठुरीको तस्बिर छुँदै…………

ब्यर्थ रहेछ जिन्दगी सम्झौतामा बाँच्नु पर्दा
मनको रोगी भए सिन्कासरि सुक्दैछु पलपल

निष्ठुरीको तस्बिर छुँदै…………

यादहरु मेरोलागी जिबनको बाँच्ने सहारा भो
तिम्रो निम्ति सबै आफन्तहरु भुल्दैछु पलपल

निष्ठुरीको तस्बिर छुँदै…………

 

तपाइँको प्रतिक्रिया