कविता : नेपालीनै कहाँ रहुँला ?

Nepal-03-rizieres

देशको भूगोल भाग लाए

माटो हाम्रो कहिँ जान्न

राष्ट्रियता नै गुम भए

नेपालीको जातै रहन्न

०००००००००००००

राष्ट्रियता रहेसम्म

ढिंडो गुन्द्रुक सधैं खाउँला

राष्ट्रियतानै गयो भने

नेपालीनै कहाँ रहुँला

०००००००००००००

एकथरी लागेका छन्

त्यसैलाई नामेट पार्न

राष्ट्रलाईनै जुवा हान्दै

नेपालीको जातै मेट्न

०००००००००००००

काम गर्ने ह्याउ छैन

जुवामा पो हान्ने अरे

जनतालाई झुक्याएर

देशै बेचि खाने अरे

०००००००००००००

सुरुङपनि खने तिनले

भ्वाङ पारे डाँडा पाखा

लुटिएको हाम्रो भूमी

फिर्ता लिन्छौं नदी नाला

०००००००००००००

तर रैछन् ति त सबै

देखाउने किर्तिम दाँत

हेर्दा हेर्दै हन्न थाले

धर्तिलाई लातका लात

०००००००००००००

जनतालाई देखाउन

गाली गर्ने तथानाम

तिनैसित भक्ति गाउने

तिनको रैछ भित्रि काम

०००००००००००००

आफ्नो जमिन फिर्ता लिन

जनमत संग्रह गर्ने अरे

सुरुङ युद्द भन्नेहरुको

योजना त अर्कै छ रे

०००००००००००००

बाहिर बोल्ने एउटा कुरा

भित्रै भित्रै उतै मिल्ने

गाली गरे झैं गरि

योजनाचाहिँ उतै बन्ने

(पाठकहरु, यो कविता वा गित जे भनेपनि म आफैंले लेखेको हो । म साहित्यकार, गितकार केहि होइन । यस्सो लहड चलेर कोरेको हुँ । सुझाव, सहमती, असहमती सबै हार्दिकतापूर्वक स्विकार्ने छु-ददि सापकोटा)

तपाइँको प्रतिक्रिया