राष्ट्रिय कलाकारले फर्वरी १० मा पेरिस तताउँदै
अहिले युरोपको जाडो मुटु हल्लाउने खालको छ । घरबाट बाहिर निस्कियो कि ठुक ठुक ठुक ठुक बनाउँछ । दुइ चार मिनेटपनि बाहिर बस्न मुस्किल पर्छ उग्र ठण्डीले । जाडोयाममा यहि चिसोले गर्दा रमाईलो गर्ने मेसोपनि मिल्दैन । किनकि कार्यक्रमहरु हत्ता पत्ता राख्दैनन् संघसंस्थाहरुले ।
तर नेपाली एकता समाज फ्रान्सले यो उफ्र जाडोमा शरिर तताउन, रमाईलो गर्न भनेर गज्जबको कार्यक्रम राखेको छ । नेपालबाट आएर युरोपका बिभिन्न शहरमा तहल्का पिट्दै सांगितिक कार्यक्रम गरिरहेका राष्ट्रिय कलाकारहरुको गायनमा । हो, नेपालबाट आमन्त्रित बरिष्ट लोक पप तथा दोहारी गायिका ज्योति मगर र लोक पप गायक तथा संगित निर्देशक दुर्गा गुरुङले सांगितिक प्रस्तुति गर्ने छन् फर्वरी १० का दिन पेरिसमा ।
नेपालमा अहिले लोकगीत, लोक दोहोरीको बाढीनै आएको छ । गाउँ र दुर वस्तीदेखि शहरका भोजनालयसम्म लोकभाकाहरुले गुन्जिएका छन् । त्यहि प्रभाव बिदेशका नेपाली बस्तिसम्मपनि परेको छ । नेपालीहरु लोक भाका र संस्क्रिति भनेपछि हुरुक्कै हुन्छन् । लोक गायनमा नाम कहलिएका शिल्पीहरु बिदेशमै आएर प्रस्तुति गरिदिँदा नेपालीहरुलाई यसमा रमाउन अपौने गज्जवकै अवशर हो । यहि अवशर फ्रान्सवासी नेपालीलाईपनि मिलेको छ फर्वरी १० का दिन ।
ज्योति मगर र दुर्गा गुरुङको कार्यक्रममा नेपालीहरु भिडमभिड हुने गरेका छन् । यिनले दर्शकलाई झुम्म झुम्म पारिपारि नचाउँछन् । यस अघि विश्व मगर संघ बेल्जियमले राखेको कार्यक्रममापनि दर्शकहरुको ओ ईरो लागेको थियो र दर्शकहरु उफ्रि उफ्रि नाचेका थिए । पेरिसमापनि यिनल् एपक्कै नचाउने छन् । नेपाली एकता समाजले राष्ट्रिय स्तरका यि कलाकारसँगै स्थानिय स्तरका कलाकारलाई आफ्नो कला र प्रतिभा देखाउन अनुरोध गरेको छ ।
नेपाली एकता समाजका सदस्यहरुसित सम्पर्क गरेर आफ्नो स्थान सुरक्षित गर्न सकिन्छ । करिब दुई साँढे दुई हजार नेपाली भएको हलमा बढि भन्दा बढि अटाए ४ सय जना होला । राष्ट्रिय कलाकारहरु आएर नचाउने कार्यक्रममा अन्तिमतिर बरालिँदै पुगौंला भनेर सोच्नु भो भने ठाउँ नपाएर थक्क थक्क मान्नुपर्दा बेमोज हुन्छ । त्यसैले आफ्नो ठाउँ सुरक्षित गर्न र नजिकका साथीभाईलाईपनि खबर गरिदिन नभुल्नुहोला । नत्र पछि “ह्या यस्तो कार्यक्रममा भाको रैछ, आफूले थाहै पाइएन, थाह पाएर नी हाम्लाई भन्दिनुपर्थेन ?” भन्दै रिसाए भने ?
कार्यक्रमको पुरा जानकारिका लागि तल हेर्नुस्
कार्यक्रम हुने मिति : १० फर्वरी २०१३, आइतबार
स्थान: 1 , Rue 8 Mai 1945
94700 Maison-Alfort
मेट्रो: Line 8 , Direction : Cretil
स्टेशन : Maison Alfort Stade
प्रवेश शुल्क : १२ यूरो (दिउँसोको खाना सहित) १० वर्ष भन्दा मुनिकालाइ निशुल्क
समय : १२ : ३० देखि खाना शुरु, सांगीतिक कार्यक्रम : २ बजेदेखि




