गजल
● बुद्धि मोक्तान
म को हुँ दुनियाँ, सारालाई सोधेँ
धर्तीले बोलेन, तारालाई सोधेँ ।
बगेथ्यो रगत, काँ पुग्यो क्रान्ति
रोल्पा र रुकुम खारालाई सोधेँ ।
फुटेर गयौ कि, जुट्दैछौ तिमी
कैलाली बाजुरा बारालाई सोधेँ ।
बलात्कृत् भएँ म, खै तिम्रो न्याय
संम्बिधान भित्रको धारालाई सोधेँ ।
देशै त बनेन,के मर्यौ ब्यर्थै…
शहीद भएका प्यारालाई सोधेँ ।
चाँगे- ३, ताप्लेजुङ
हाल : दक्षिण कोरिया





