एनआरएन केन्द्रिय अध्यक्षमा थापाको उम्मेदवारी घोषणा

women-programme-8-march-2009-147

 

गैह्र आवासिय नेपाली संघ (एनआरएनए) का केन्द्रिय उपाध्यक्ष रामप्रताप थापा (जर्मनी) ले आगामी निर्वाचनमा अध्यक्षको पदमा आफ्नो उम्मेदवारी बिधिवतरुपमा घोषणा गर्नुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ का दिन फ्रान्सको राजधानी पेरिसमा भएको प्रथम यूरोप स्तरिय नेपाली महिलाहरुको सम्मेलनमा आफ्नो उम्मेदवारी घोषणा गर्दै उहाँले एनआरएन स्थापनाको छ वर्षसम्म उपाध्यक्ष पदमा रहि यूरोपका २५ राष्ट्रमा एनआरएनका राष्ट्रिय समितिहरु आफ्नै अगुवाईमा स्थापना गरेकालेपनि आफुमा अध्यक्षको जिम्मेवारी पूरा गर्नसक्ने आँट, उत्साह र क्षमता रहेको बताउनुभयो । एनआरएनको स्थापना, त्यसको कानुनी लडाई, बिस्तार र नीति निर्माणमा प्रमुख भूमिका खेलेका केहि प्रसंग भावनात्मक रुपमा अगाडि सार्दै उहाँले आफ्नो उम्मेदवारी घोषणा गर्दा सबैले स्वागत गरेका थिए । एनआरएनको स्थापना, बिस्तार , यसको नीति निर्माणको प्रमुख मार्ग निर्देशक हालका अध्यक्ष डा उपेन्द्र महतो रहेको र आफु फेरिपनि उहाँकै अध्यक्षताको पक्षमा रहेतापनि तिन पटकभन्दा बढि अध्यक्ष हुन संस्थाको बिधानले बन्देज गरेको र डा महतोपनि नेत्रित्व परिवर्तनको पक्षमा रहेकाले आफुले सो पदमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।

 

एनआरएन स्थापनाको प्रारम्भदेखिनै चुनौतिपूर्ण अवस्थामा आफ्नो सम्पूर्ण बिवेक, सिप, ज्ञान, सक्रियता, क्षमता र समय यहि संस्था बिस्तार र यसैको प्रगतीकालागि खर्च गरेकालेपनि यसप्रति झन ठुलो जिम्मेवारी बोधकासाथ नेत्रित्व लिन चाहेको स्पष्ठ पार्नुभयो। स्थापनाकालदेखिनै आफुले काँधमा काँध मिलाएर एनआरएनको जिम्मेवारी पुरा गरेकालेपनि बर्तमान अध्यक्ष डा महतोको सहयोग र समर्थन रहनेमा उहाँले आशा ब्यक्त गर्नु भएको थियो ।

 

उम्मेदवारी घोषणा लगायत उहाँले ब्यक्त गर्नु भएका मन्तब्यको पूर्ण पाठ जस्ताको तस्तै हेर्नुहोस-

 

अन्तर्राष्ट्रिय नारी दिवसका दिन आज एनआरएनले आयोजना गरेको प्रथम यूरोप स्तरिय महिला भेलामा मलाई केहि बोल्न दिनु भएकोमा तपाईहरुप्रति आभारी छु । आजको कार्यक्रममा विशेषत संबिधान निर्माणकोलागि समूगत छलफल भएमा त्यो महत्वपूर्ण उपलब्धि हुने मैले ठानेको छु । मलाई यसमा भाग लिने इच्क्षा हुँदाहुँदैपनि म छिट्टै फर्कनुपर्ने भएकोले त्यसमा तपाईहरुले छलफल गर्नु हुने छ भने विश्वास छ ।

 

म एनआरएनको संस्थापनकालदेखिनै लागेको र हालसम्म एनआरएनको अन्य उपलब्धिमध्ये दुई वटा महत्वपूर्ण कार्य सम्पन्न हुन लागेका छन् । ति हुन्: दोहोरो नागरिकताको प्रवधान र एनआरएनए दर्ता । यि दुबै कार्यहरु अध्यक्ष श्री महतोले गत समयमा पटक पटक काठमाडौं गइ आवश्यक सबै निकयमा छलफल गरेर कार्यको अन्तिम चरणमा पुर्‍याइसक्न लाग्नुभएको छ । मपनि दोहोरो नागरिकताको कार्य समूह (टास्क फोर्स) मा भएकाले मस्वयंले त्यो काम पुरा गर्नुपर्नेमा यसको धेरै काम उपेन्द्र महतोले गर्नु भएको छ। त्यसकालागि म उहाँलाई धन्याबाद दिन चाहन्छु ।

 

यसबाहेक मन्तब्यकै शिलशिलामा केहि कुरा बोल्न मन लागेको छ । तपाईहरुलाई थाहनै छ कि अध्यक्ष उपेन्द्र महतो तिन पटक अध्यक्ष भइसक्नु भएको छ । र उहाँ आफैं संलग्न भएर बनाएको बिधान अनुसार उहाँ फेरि यो पदमा खडा हुन नसक्ने प्रावधान हुनु दुखको कुरा हो । त्यसैले होला, साथीहरुले मलाई पटक पटक अब उहाँको उत्तराधिकारी को हुने भन्ने प्रश्न गरिरहनु भएको छ । डा महतोनै पुन: उम्मेदवार हुन चाहनुहुन्छ कि भन्ने प्रश्नपनि उठिरहेको छ । तर दुई वर्ष अगाडि उहाँको तेस्रो पटककोलागि पनि उहाँलाई मनाउन मुश्किल परेको थियो र त्यस प्रक्रियामा मस्वयं संलग्न थिएँ । म आफैंले अन्तिम पटककारुपमा नेत्रित्व लिईदिन आग्रह गर्दै उहाँलाई फेरि त्यो नदोहोर्‍याउने बचन दिएको थिएँ ।

 

अब उम्मेदवारीको प्रसंग उल्लेख गर्दा डा महतोले “मेरो उत्तराधिकारी म भन्दापनि अझ सबल र सक्षम हुने” बताउँदै आउनुभएको छ । म उहाँको कार्यकालको उपाध्यक्ष भएको नाताले मलाई साथीहरुले त्यो उहाँको उत्तराधिकारीका बारेमा जिज्ञासा राख्नु स्वाभाविक होला । त्यस्तै एनआरएनका धेरै साथीहरु, कार्यकारी समिति र अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसिसी) का साथीहरुलाई उमेदवारी हुने अधिकार छ ।

 

म तपाईहरुको यो जिज्ञासालाई सराहना गर्दै आज अन्तर्राष्ट्रिय नारी दिवसको यस पवित्र अवसरमा यस सम्मेलनको कदर गर्दै मेरा अध्यक्ष र अन्य मित्रहरुको समुस्थितिमा आगामी अक्टोबरको १३, १४ र १५ मा काठमाडौंमा हुने चौथो ग्लोबल सम्मेलनमा मेरो उम्मेदवारीको घोषणा गर्न चाहन्छु । उपेन्द्रजीले भन्न्नु भए जस्तै “म अझ सफल र राम्रो उम्मेदवार ” हुन सक्छु कि सक्दिन चाहिँ म आफैं भन्न सक्दिन ।

 

तर म तपाईहरुलाई यति मात्रै भन्न चाहन्छु कि मैले गत छ वर्षको संस्थापनकालदेखिनै एनआरएनमा संलग्न हुने अवसर पाएँ । अध्यक्षज्यूको द्रिष्टिकोणलाई बुझेर र सबैसँग मिलेर काम गर्ने मौका पाएँ । म एनआरएन यूरोपका अधिकांश एनसिसीसँग स्थापनाकालदेखिनै एनआरएनमा संलग्न छु । त्यस क्रममा बिभिन्न देश घुमेर नेपाली साथीहरुलाई भेट्ने मौका पाएको छु, भावनाहरु साटासाटगर्ने अवसरपनि लिएको छु । डा महतोसँग काम गरेर धेरै सिक्ने र अन्य साथीहरुलाई सिकाउने तथा अनुभवहरु साझेदारी गर्ने मौकापनि पाएको छु ।

 

त्यसैले म उठ्नुको कारण हालसम्म शुरु भएका सम्पूर्ण योजनाहरुलाई सफलतापूर्वक सुचारु राख्नु, संस्थालाई आर्थिक तथा संस्थागतरुपमा दिगोरुपले बढाउनु र एनआरएन कोष खडा गर्नेजस्ता कार्यहरु पूरागर्ने जिम्मेवारी बहन गर्न चाहन्छु । एनआरएन अझै नयाँ छ र कसैले यसलाई अझै परिवर्तन गर्न चाहन्छु भन्छ भने म त्यसलाई साँचो ठान्दिन । बरु विविध नयाँ कामलाई पहिले पुरा गर्नुपर्ने आफ्नो कर्तब्य ठान्दछु ।

 

आज एनआरएनए अभियान (मुभमेन्ट) भनेकै म यसलाई उपेन्द्र पथभन्ने गर्दछु । यो बाटोको माध्यमबाट उहाँकै द्रिष्टि अनुसार संसारभरि छरिएका नेपालीको मर्म बुझेर स्थितिमा सुधार ल्याउने, हौसला र मनोबल उचाल्ने प्रयास भएको छ । यो एनआरएनको उपेन्द्र पथलाई  अगाडि बढाउने द्रिढ संकल्प मैले गरेको छु । त्यसैले एनआरएन उहाँको आफ्नै शिशु हो । यो अझै शिशु अवस्थामा छ र यसलाई हुर्काउने जिम्मेवारी उहाँमापनि छ । यसलाई उहाँले छोड्ने कुरै देख्दिन । मेरो एनआरएनमा अध्यक्षत हुनु भनेको उहाँको अध्यक्षताकोपनि निरन्तरता हो भन्ने मलाई लाग्छ ।

 

त्यसैले साथीहरु,म उहाँको, तपाईहरुको र अझ भन्ने हो भने आज यहाँ उपस्थित साथीहरुको सहयोग लिएर आगामी वर्षमा एनआरएनको नेत्रित्वमा सहयोग गर्न चाहन्छु । तपाईहरुको विश्वास, सहयोग, सल्लाह र सुझाव पाउने आशा र भरोसा लिएको छु ।

तपाइँको प्रतिक्रिया