देश हाँसिरहोस
कठै ! हाम्रो बगैंचामा
फूल हाँसी रहोस
ह्र्दयको कुनाभरि
देश बाँचिरहोस।
एउटै सन्तान नेपालका
मिलीजुली बाँचौं
मेचीदेखि महाकाली
प्रीतीमात्रै गासौं।
सेवानै हो धर्म हाम्रो
पुण्य हुने बाटो
कति राम्रो हाम्रो देश
मोती फल्ने माटो। कठै ! डाँफे हिमालमा
सधैं नाची रहोस
ह्र्दयका कुनाभरि
देश बाँचिरहोस।
होस्टे हैंसे गरिराखौ
देश बनाउन
सृजनाका काम गरौं
आमा हँसाउन। कठै ! हाम्रो मुहारको
चन्द्र हाँसी रहोस
नेपाल हो हाम्रो देश
सधैं बाँचीरहोस।
–ओमबिक्रम ओझा
वैदाम-६ पोखरा (२०४६ सालबाटै प्रगतिशील गीत र कविताहरु लेख्न थाल्नु भएका ओझा राष्टृय जनसांस्कृतिक मन्च कास्की जिल्ला सदस्य हुनुहुन्छ)।