कविता : प्रवासीलाइ प्रश्न
● गौतम “उदय” / हवाई, अमेरिका
बिदेसिने सारासंग आज बोल्न मन लाग्यो
नबुझेका कुराहरु केहि सोध्न मन लग्यो
आफ्ना मनका कुरा पनि केहि भन्न मन लग्यो ।
००००००००००००००००००
जन्माउने आमालाई छाडी किन भागी राछौ ?
अरुलाई दिने सिधा आफैं किन मागी राछौ ?
म त भन्छु माता माटो आफैं भन्दा प्यारो हुन्छ
लुटाए नि टुटाए नि जिउन अति गाह्रो हुन्छ ।
००००००००००००००००००
चुसाएर लाम्टो तिम्लाई हाड मासु भरी दिईन
उब्जाएर अन्नपात टाउको चौडा गरी दिईन
उही आमा आज तिमी छाडी किन भागी राछौ ?
तीर्ने बेला दूधको भारा उल्टो अझै मागी राछौ ।
००००००००००००००००००
तिम्ले आज पान गर्ने दूध तिम्रो आफ्नो होर ?
होला पुष्ट छाती पनि तर कुनै नाता छर ?
जीवन दिने आमालाई मायाँ गर सेवा गर
नपाउँदै छोरा नाति उन्कोलागी केहि गर ।
००००००००००००००००००
तिमीलाई हुर्काउँदै आज उनको चोली फाट्यो
तिम्लाई अक्षर घुसाउँदै केश फुल्यो धोती फाट्यो
बित्ता टाढा जाँदैमा के आमाको लाज देखिन्न र ?
तिमी अघि पर्यौ भने नांगो भाग के छोपिन्न र ?
००००००००००००००००००
ठान्नु हुन्न सगरमाथा चढ्ने अनि झर्ने बस्तु
नत हुन्छ बुद्ध अस्तु आर्जन गर्ने द्रब्य बस्तु
अब सोच अनि भन तिम्रो आफ्नो मोल कति ?
अमर अमर सपुत कि कौडी बस्तु मोल जति ?
००००००००००००००००००
बिदेसिने सबैसंग आज बोल्न मन लाग्यो
सोध्न पनि मन लाग्यो भन्न पनि मन लाग्यो
अल्प बुद्धि मेरै होकी अल्ली बुझ्न मन लाग्यो ।





