हाँसिदेउन ठूली
टल्की रहेछ आँशु हो की
तिम्रो नाकको फूली।
संसार रोए जस्तो लाग्यो
हासी देऊन ठूली।
झुपडीको धुवाँ भित्र
लुक्यो हिमालचुली ।
झल्का भेट्थेँ हिमालको
हाँसी देऊन ठूली ।
डर लाग्छ मर्छु क्यार
आफ्नै जात भुली।
विम्व मेट्थेँ मानिसको
हाँसी देऊन ठूली।– प्रेम थापा
पदमपुर-१ , चितवन
(तपाइहरुपनि आफ्ना कविता , गित र गजलहरु आफ्नो सानो तस्बिरसहित पठाउन सक्नुहुन्छ। प्रगतिशिल तथा अग्रगामी भावना बोकेका रचनाहरु प्राथमिकतामा पर्छन।)