कविता : एक पल एक यात्रा
● डा. कृष्ण प्रसाद पौडेल
एक रात
पुर्णिमा को साथ
लमक्क फैलिएको आकाशमुनि
तनक्क तन्किएर म
असरल्ल भुत्, बर्तमfन र भविष्य
केलाईरहन्छु, अनि
यही द्रिष्यहरु भित्र
आफ्नो जीवन खोजिरहन्छु
लाग्छ दिन मेरो छ, रात मेरो छ
घुमी फिरी आउने प्रभात मेरो छ ।
००००००००००००००
समयले मलाई पछ्याइरहन्छ
वा मैले समयलाई चियाइरहन्छु
हिजो दौडिरहन्थें म यात्रा भरि
आज केही बिश्राम लागेको छ
हिजो काकाकुल थिए धेरै सपनाहरु
आज वर्षाद ऋतु आएको छ
तर तृष्णा थपिँदै जान्छ ।
यात्रा उक्लिन्छ अर्को गन्तब्य तर्फ
सायद समय को रित यस्तै छ
जिबन को गीत यस्तै छ
र साथमा
दिन मेरो छ, रात मेरो छ
घुमी फिरी आउने प्रभात मेरो छ ।
००००००००००००००
कहिले बिस्मित हुन्छु म
यी कठिन यात्रा पछिका
जिवनमा प्राण भर्ने मेरा उत्सर्गहरु
यो सम्बेदनहिन बन्दै गएको समाजमा
कतै खण्डित त छैनन्
किनकि,
मैले देखिरहेछु यहाँ
यौटा जलिरहेको रोगी
पैसाको अभाव मा मरिरहन्छ,
एउटा खुट्टा भाँचिएको यात्री
आफ्नोको पर्खाइमा रोइरहन्छ
र म चुपचाप कुनै नेपथ्यबाट
चियाइरहन्छु यि दृश्यहरु
पर्दा को सिनेमामा झै
तर म निरास छैन
किनकि
दिन मेरो छ, रात मेरो छ
घुमी फिरी आउने प्रभात मेरो छ ।
००००००००००००००
उही आकाश, उहि धर्ती
उस्तै भाषा, उस्तै भेif
अनी उही देश्
तर कोही गरीब, कोही वेz
यत्र तत्र यही विशेष
किन्तु
म निरास छैन
किनकी
दिन मेरो छ, रात मेरो छ
घुमी फिरी आउने प्रभात मेरो छ ।
(पौडेल भरतपुर अस्पत्ताल, चितवनका चिकित्सक हुन् । उनी बिभिन्न सामाजिक काममापनि सक्रिय छन्)





