गजल

प्रकाश सापकोटा

 

prakasha-sapkota-golf

 

शीरदेखि पाउसम्म तातो भयो आमा

 

इः हेर अनुहारै रातो भयो आमा

 

निर्दयी साह्रै यौटा नाइके भनाउँदो

 

त्यसको गाली खाँदाखाँदा सातो गयो आमा

 

 

नचढेर सुखै थे चढेँ खटमाथि

 

खर्मुरिएँ अनायासै पातो गयो आमा

 

आराम टाढा भयो उल्टै हप्कीदप्की

 

झण्डैझण्डै जिन्दगीको छानो गयो आमा

 

 

बल्ल पाएँ मरुभूमि गोठालोको दर्जा

 

मानौं अब मान्छेसँग नातो गयो आमा

 

बाध्यताले धकेलेर ल्यायो यहाँसम्म

 

बिडम्बना टाउकोमाथि जाँतो भयो आमा

 

शीरदेखि पाउसम्म तातो भयो आमा

 

इः हेर अनुहारै रातो भयो आमा ।

 

बनेपा, काभ्रे

हाल-दोहा, कतार

तपाइँको प्रतिक्रिया