मारिनेनै भए त नेपाली हात्ती फ्रान्समा ?

यि दुई हात्तीले अहिले फ्रान्सका प्रमुख सञ्चार माध्यममा तहल्का पिटीरहेका छन् । यिनको फोटो सहित दैनिक पत्रीका, रेडियो र टिभीहरुमा आइरहेको छ । यिनलाई मारिने भएपछि मेडियाहरुले प्राथमिकताका साथ उठाएका हुन् । यि दुई ढोई (पोथी हात्ती) बेबी र नेपाल नामका हुन् । यिनलाई टिबी रोग लागेपछि फ्रान्सको लियों शहर स्थित चिडियाखानामा मार्न खोजिएको हो । हात्ती जोगाउनकालागि अहिले यो मुद्दा क्रिषी मन्त्री हुँदै फ्रान्सेली राष्ट्रपती फँस्वा ओलँदसम्म उजुरी पुगेको छ ।

यिनलाई सर्कसमा ल्याइएको थियो सन् १९९२ मा । पाँदेर सिर्कुस् भनिने सर्कसका निर्देशक जिल्बेयर एदेल्स्ताँले १९९९ मा लियोंको पार्क दला तेत दोअ भन्नेलाइ उपहार दिएका थिए । यि जोडी हात्ती यहाँ आउँदा करिब २० वर्षका थिए । अहिले यिनको उमेर ४२ वर्ष पुग्यो । यि दुई मध्ये नेपाल नाम राखिएको ढोइले पहिले एउटा छावा (बच्चा) पाएकि थिई । त्यो बच्चा गत अगष्टमा टिबी रोगले मरेको उल्लेख गरेका छन् । फ्रान्सेली मेडियाहरुमा यि हाती नेपालबाट ल्याइएको हो होइन भनेर उल्लेख छैन । तर नामपनि नेपाल राखिएको र केहि पशुकर्मीहरुले ति हाती लियों आएका बेला नेपालबाट ल्याइएको भनेर बिभिन्न समाचारहरु देखेको नेपालप्लसलाइ बताए ।

स्रोतका अनुसार ति हात्ती राजाका पालामा उपहार दिइएको हुन सक्ने बताइएको छ । सर्कसवाला उपहार पाएपछि यता ल्याएको हुनसक्ने आशंकापनि गरिएको छ । राजाका पालामा हात्तीहरु महिनौंकालागि शिकार खेल्ने बेला लगिने गरिन्थ्यो । केहि हात्तीहरु उपहार दिने चलन थियो । त्यति बेला बाघ, हात्ती, गैंडाहरु बिभिन्न सर्कस, विदेशी चिडियाखाना, वन्यजन्तु पार्क र निकटका ब्यक्तिलाइपनि दिने चलन थियो ।

हात्तीहरुलाई टिबी लागेको निक्यौल भएपछि लियों शहरका नरप्रमुखले ति हात्ती मार्ने निर्णय गरेका थिए । हातीको टिबी मानिस लगायत अन्य जिवमा सर्न सक्ने हुनाले तिनलाई मार्ने तर्क नगरप्रमुखको थियो । तर हात्ती मर्ने निर्णय नै गरेपछि यो खबरलाई सार्वजनिक गरिदिए ति हात्ती उपहार दिने सिर्कुस पिन्डरले । उनले ति हात्तीहरु उपहार दिँदा निरोगी अवस्थामा दिएको र तिनको उपचार गरेर आफुलाई स्वस्थ अवस्थामा फिर्ता दिनुपर्ने दाबी गरेका छन् ।

पशु चिकित्सक सेलिन मौसुरलेपनि एन्टिबायोटिक खुवाएर हात्तीको टिबी उपचार गर्न सकिने दाबी गरेकि छन् । पशु चिकित्सकको यो दाबीपछि हात्ती मार्नु पर्छ भन्ने मेयरलाई नैतिक दबाब परेको बताइन्छ । किनभने उनले हात्तीको टिबी उपचार नहुनाले मार्नुपर्ने दाबी गरेका थिए । आइतवार साँझ नै मार्ने भनिएका ति हात्तीको जिवन जोगाउन सर्कसका निर्देशक र अन्य जनावर अधिकारकर्मीले क्रिषी तथा स्टेफन ल फलसमक्ष उजुरी हालेका थिए । मन्त्री ल फलले हात्ती मार्ने निर्णय पर्याप्त नखुलेको भन्दै आइतावार र सोमबारका लागि रोकिदिएका थिए ।

चिडियाखानाका निर्देशकले यि हात्ती मार्न नपाइने भन्दै कडा प्रतिक्रिया दिएका छन् “के हात्ती बिरामी भए मर्ने हो ? त्यसो भए सबै बिरामी जनावर मार्न सक्छौ ? म कुनैपनि हालतमा यि हात्ती मार्न दिन्न । रोगको उपचार गरिनुपर्छ, मार्ने होइन । मेरो हात्ती मैले दिएको बेला जस्तै सहि सलामत देउ । मै पाल्छु ।”

क्रिषी मन्त्रीको निर्देशन पछि सोमबार साँझसम्म तिनलाई मारिएन । उनीहरुले लगत्तै फ्रान्सेली राष्ट्रपती फँस्वा ओलँद समक्ष निबेदन हालियो । राष्ट्रपतीलेपनि हात्ती मार्ने निर्णय तर्कसमत नभएको प्रतिक्रिया दिए । मंगलबार हात्तीको बचाउकालागि हस्ताक्षर अभियान सञ्चालन गरियो । केहि घण्टामै ४० हजारले हस्ताक्षर गरे । बुधवार ति हात्तीहरु भएको चिडियाखाना अगाडि प्रदर्शनी गर्ने भएका छन् पशु अधिकारकर्मीहरुले । उनीहरुले सार्वजनिक मुद्दा समेत दायर गरेका छन् । यो घटनाले अहिले फ्रान्समा धेरैको ध्यान तानेको छ । राष्ट्रपती, मेयर, चिडियाखाना र अन्य अधिकारकर्मीहरु बिच हात्ती मार्ने वा नमार्ने विषयमा तिब्र बिबाद देखिएको छ ।

तपाइँको प्रतिक्रिया