“द्वन्द मेटिने र पहिचान भेटिने” नेतालाई बेल्जियममा श्रद्दान्जली
नेपाली काँग्रेसका बरिष्ठ नेता तथा प्राजातान्त्रिक सेनानी, नेपालीराजनैतिक वित्त चित्रमा चरित्रवान तथा निष्ठाको राजनीति गर्ने, सादा जीवनउच्च विचारका धनी स्वर्गिय “भिम बहादुर तामाङको १३ औं पुण्य तिथिको अवसरमा बि पी स्मृति प्रतिष्ठान बेल्जियम द्वारा १३ डिसेम्बरका दिन प्रतिष्ठानका संयोजक तथा नेपाली जनसम्पर्क समिति बेल्जियमका संस्थापक अध्यक्ष श्री ध्रुव राज पौडेलको अध्यक्षतामा एक श्रद्धान्जली सभा सम्पन्न भएको छ ।
कार्यक्रममा सभापतिको आसनबाट ध्रुवराज पौडेलले स्व नेताको तस्बिरमा पुष्प गुच्छा अर्पण गर्दै एक निष्ठावान नेता गुमाउनु परेकोले उहाँबाट कांग्रेसले धेरै कुरा सिक्न सकेमा नयाँ नेपालको परिकल्पना पुरा हुने बताउनु भयो । प्रमुख अतिथिको आशनबाट एन आर एन आई सी सदस्य श्री रबिन्द्र मान श्रेष्ठ ज्यूले नेपालमा रहेका नेताहरु मध्य स्वर्गीय भिम ब तामाङ् आदर्शवादी नेताको रुपमा रहेको र नेपाली राजनीतिमा आज आदर्शवादी नेता गुमाउनपरेको यो अपुरणीय क्षतिलाई आफ्नो जीवनमा वास्तविक रुपमा अनुशरण गर्नसके नेपाल र नेपाली जनताको समुन्नती र प्रगति निष्चित छ भन्नु भयो । साथै अर्का बिशिष्ट अतिथिको रुपमा रहनु भएकी एन आर एन बेल्जियमकी अध्यक्ष श्रीमती जानकी गुरुङले काँग्रेसले एक निष्ठावान नेता गुमाएकोमा उहाँले निर्धारण गर्नुभएको बाटो अवलम्वन गरेमा मात्र उहाँप्रति सच्चा श्रद्धान्जली हुने कुरा ब्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रतिष्ठानका तर्फ बाट ओम शर्मा ले उपस्थित महानुभावहरुलाई स्वागत गर्नुको साथै स्वर्गीय नेताको बारेमा उहाँले पार्टीमा खेलेको भूमिका काग्रेसमा सधै खड्कीरहने बताउनु भयो। स्वर्गीय नेताको जीवनी तथा उहाँको बारेमा नेपाली जनसम्पर्क समितिका पूर्व अध्यक्ष, नेपाली काँग्रेस महासमिति सदस्य तथा प्रतिष्ठानका सदस्य श्री ईन्द्र क्षेत्री पकवानले स्व भीम बहादुर तामाँगको संक्षिप्त जीवनी प्रस्तूत गर्दै स्व तामाँग भिल्लका देशको मणी हुनुहुन्थ्यो भन्नु भयो । मुलुकमा जातीय ज्वाला दन्कीरहेको बेला द्वन्द्व मेटिने र पहिचान भेटिने खालको सँघियताको मोडेल प्रस्तूत गर्ने स्व तामाँगले देखाएको बाटोमा हिँडन सके काँग्रेसबाट टाढा पुगेको जाती जनजातीहरू फेरि काँग्रेसमा गोलबद्ध हुन सक्छन भन्नु को साथै हाम्रो देशमा, हाम्रो समाजमा, हाम्रो पार्टीमा र हाम्रा नेताहरूमा बिशौं वर्ष पदमा टाँसिएर रहने प्रवृत्ति हावी भएकोले तामाँग जस्ता होनहार ब्यक्तिहरू सधैँ अवसरबाट वञ्चित हुनु परेको छ भन्नु भयो । यसैगरी प्रतिष्ठानको तर्फ बाट सदस्य प्रेम गुरुङले बिदेशमा रहेर पनि आज उहाँलाई सम्झँदै गर्दा उहाँले अंगाल्नु भएको निष्ठाको राजनैतिक यहाँका केहि बुज्रुक साथीहरुले पनि सिक्नु पर्ने समेत औल्याउनुको साथै यथार्थमा बल्ल मात्र उहाँको सच्चा श्रद्धान्जली दिएको ठहरिने बताउनु भयो ।
कार्यक्रमा नेपाली जनसम्पर्क समिति जेर्मनीका पूर्व सचिव हेमलाल सुवेदी, एन आर एन बेल्जियमका उपाध्यक्ष बोधराज पौडेल महासचिव शिव कुमार बरुवाल, एन डी एफ बेल्जियमकी उपाध्यक्ष लक्ष्मी कुइकेल, नेकपा एमाले बेल्जियम पार्टी कमिटि तथा एन डी एफ बेल्जियमका निवर्तमान अध्यक्ष तुलसी नाथ सुवेदी, नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमका सल्लाहकार बिष्णु भुजेल, अनेसास बेल्जियमका दीपक ज्योती पौडेल, म्याग्दी समाज बेल्जियमका अध्यक्ष घनश्याम शाही, नवलपरासी सहायता समाज बेल्जियमका सल्लाहकार डील्लीराम अम्माई, नेपाली जनजाति सरोकार मंच यूरोप तथा बेल्जियमका अध्यक्ष राम बाहादुर गुरुङ, नेपाली आदिवासी जनजाती महासंघ बेल्जियमका महासचिव कुल बहादुर मगरले मन्तब्य ब्यक्त गर्नुको साथै स्वर्गीय नेता प्रति श्रद्धान्जली अर्पण गर्नु भएको थियो ।
उक्त श्रद्धान्जली कार्यक्रममा नेबिसंघ बाग्लुंगका पूर्व अध्यक्ष नेपाली जनसम्पर्क समिति बेल्जियमका उपाध्यक्ष तथा प्रतिष्ठानका सदस्य माधव सापकोटा, नेपाल तरुण दल भक्तपुर जिल्लाका पूर्व अध्यक्ष दीर्घमान श्रेष्ठ, एन आर एन बेल्जियमका पूर्व अध्यक्ष यूवराज गुरुङ, एन डी एफ बेल्जियमका महासचिव गोपाल सिम्खडा, नेपाली जनसम्पर्क समिति लुभेन क्षेत्रका अध्यक्ष नरहरी सापकोटा, आन्त्रोपेन क्षेत्रका क्षत्रीय कमिटि सचिव आर बी घले, सनातन धर्म सेवा परिषदका राम प्रसाद ढुंगाना, व्यवसायी संघका अध्यक्ष हरी थपलीया, महासचिव सी पी भट्ट, चितवन सहायता कोषकी उपाध्यक्ष पार्वती अधिकारी, यूरो कलाकार संघका अध्यक्ष पदम गुरुङ, ईन्द्र धनुष क्लवकी उपाध्यक्ष यसोदा थापा, सदस्य पुनम शर्मा, ब्रसेल्स मिलन केन्द्रका प्रकाश कार्की, बाग्लुंग समाजकी उपाध्यक्ष कमला क्षेत्री, यूरो नेपाल खेलाडी संघका अध्यक्ष किसन के सी, विश्व मगर संघ बेल्जियमका लोक राना, तमू समाज बेल्जियमकी उपाध्यक्ष दुर्गा गुरुङ, सचिव खुशीमान गुरुङ, शेर्पा समाज बेल्जियमकी सचिव छिरिंग शेर्पा, बरिष्ठ समाज सेवी सहदेव गौतम लगाएतले स्वर्गीय नेता भिम बहादुर तामाङ् प्रति श्रद्धान्जली अर्पण गर्नु भएको थियो भने श्रद्धान्जली सभामा अन्य उपस्थित महानुभावहरुले स्व नेता तामाङ्को तस्बिरमा फूलको गुच्छा सहित भावपूर्ण श्रद्धान्जली अर्पण गरेका थिए।
कार्यकमको अन्त्यमा नेपाल तरुण दल के पुर्व केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि उल्का घिमिरेले उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिनुको साथै प्रवासमा रहेरपनि आफ्नो देशको निम्ति सधै चिन्तित रहेको र आज कांग्रेसले एउटा अभिभावक गुमाएको र उहाले देश र काँग्रेस प्रति गरेको योगदानको कदर गर्ने सके मात्र उहाको आत्माले शान्ति पाउने बताउनुभयो भने कार्यक्रम नेपाल तरुण दल महिला परिचालन समितिका पूर्व केन्द्रिय उपप्रमुख तथा प्रतिष्ठान की सचिव सीता सापकोटाले संचालन गर्नु भएको थियो । उहाँले परदेशको भूमीबाट पनि एक निष्ठावान नेताको शोक मनाउने क्रममा कति कतैबाट यस्ता कार्यक्रमलाई असफल बनाउने कुचेष्टा गर्नेहरुप्रति गन्यमान्यको उपस्थितिले एक गतिलो सबक सिकाएको र उपस्थित सम्पूर्ण महानुभाव हरुलाई पुनः धन्यबाद दिनु भएको थियो ।







