नेपालमापनि बिन लादेन जन्माउने धम्कि

काठमाडौं , असार १९
फ्रान्सकालागि नेपालका पूर्व राजदूत प्रज्वल्ल शमशेर राणाले नेपालमा पनि बिन लादेन जन्माउने धम्की दिनुभएको छ।  उहाँले पत्रकारहरुले देश भाँडेको आरोप पनि लगाउनुभयो।    काठमाडौस्थित नेपाल एफ एम रेडियोको समाचार अनुसार उहाँले नेपाल सरकारकै स्वामित्वमा रहेको पेरिसस्थित राजदूत भवनबाट यही असार १४ गते यस्तो धम्की दिनुभएको हो। उहाँले पत्रकारहरुले देश भाँडेको आरोप पनि लगाउनुभयो।  यसैगरी उहाँकी श्रीमती सिन्धु राणाले लादेन जस्तै व्यक्ति जन्माएर नेपालमा भाँडभैलो मच्चाउने , लोकतन्त्रको पक्षमा लागेका प्रवासी नेपालीहरुलाई असफल बनाउने र तिनको र्समर्थन गर्ने पत्रकारहरुलाई पनि ठिक पारेर फेरि राजाको शासन ल्याउने धम्की दिएको फ्रान्समा रहेका नेपालीहरुले नेपाल एफएमलाई जानकारी दिएका छन्। नेपाल सरकारले फिर्ता बोलाउने पत्र पठाएपछि आफ्नो बिदाइका लागि भन्दै राजदूत राणाले त्यो भोज आयोजना गर्नुभएको थियो।   सरकारी भवनमा बोलाएको यो भोजमा पेरिसको नेपाली राजादूतावासका कर्मचारीहरुलाई पनि नबोलाइएको थाहा भएको छ।   तत्कालीन शाही नेपाली सेनाका प्रधान सेनापति राणालाई राजाको प्रत्यक्ष शासनका बेला फ्रान्सको राजदूत बनाएर पठाइएको थियो। एक अर्को स्रोतका अनुसार नेपाली राजदूतावासका कार्यवाहक राजदूत निरन्जनमान सिं बस्नेत र अन्य कर्मचारीहरुलाई राजदूत दम्पतीले आफ्ना अनियमितताहरु बाहिर पठाएर बेइज्जत गरेको , सरकारि कुटनीतिको सामान्य मर्यादासम्म नराखेको भन्दै गालीगरेका थिए।  

भोजमा सरिक एक व्यक्तीले दिएको जानकारी अनुसार नेपाल सरकारको स्वामित्वमा रहेको राजदूत निवास भवनमा अयोजित उक्त भोजमा राजदूत दम्पत्तीले यहाँका प्रजातन्त्रप्रेमी ब्यक्तित्वहरु किरण प्रधान , हरिहर अर्याल , अशोक न्यौपाने लगायतका व्यक्ति लगायत नेपालमा प्रजातन्त्रकालगि अवाज उठाउँदै आएको पेरिसस्थित नेपाली प्रजातान्त्रीक मंचका सदस्यहरुले नेपालको बेइज्जत गरेको भन्दै गाली गरेका थिए। “म पनि नेपाली कंाग्रेसकै नेताकी छोरी हुँ , प्रजातन्त्रका बारेमा कुरै गर्ने भए ति किरण प्रधान र प्रजातन्त्र भन्नेहरु म संग आउनु पर्छ छलफल गर्न” राजदूत पत्नीको भनाईलाइ उधृत गर्दै स्रोतले भन्यो।
 
राजदूत पत्नी सिन्धु राणाको गोडाको उपचारका लागि बेलायत जानैपर्ने भन्दै राजदूत दम्पत्ती  लन्डनतिर गएका छन। तर राजदूतावास स्रोतका अनुसार राजदूत र उनकी पत्नीलाई यहाँ बसुन्जेल सम्पूर्ण उपचार खर्च सरकारले तिर्ने गरि स्वास्थ्य विमा गरेको हुन्छ। कुनैपनि उपचार फ्रान्समै हुन सक्ने थियो। नेपाल सरकारकै भवनमा भएको उक्त भोजमा नेपाली दूतावासका कर्मचारीहरुलाई नबोलाइएतापनि राजावादी भनेर चिनिएका यहाँका केहि नेपालीहरुलाई भने बोलाइएको थियो। भोजमा तारा मानन्धर , मुकुन्द अमात्य , पेम्बा शेर्पा , शैलेन्द्र महर्जन , निर्मल क्षेत्री लगाएतका व्यक्तिहरु थिए। महर्जन , शेर्पा र अमात्य गत मार्च महिनामा युवराज पारस शाह फ्रान्स आएकाबेला उनको स्वागत समीतिमा थिए। नेपाल वायु सेवा कम्पनी पेरिस कार्यालयकी कर्मचारी तथा नेपाल टुरिज्म बोर्डको लागि   पेरिस प्रतिनिधी समेत रहेकी मानन्धरले भने त्यति बेला असर्फी राखेर युवराज पारसलाई ढोगेकी थिइन। साभार: जनआस्था

तपाइँको प्रतिक्रिया