“महामहिम भएर यस्तो झुठ र षडयन्त्रमुलक कुरो बोल्ने ? “

पहिले पहिलो विश्वयुद्दमा नेपालीहरु लडे । अहिले बेल्जियममा त्यसैका नाममा अर्को युद्द शुरु भएको छ । अहिलेको युद्द पहिलो विश्वयुद्दमा मारिएका नेपालीको नाममा शुरु भएको हो । बेलायती सेनाको इभिन्न पल्टनमा रहेर पहिलो विश्वयुद्दमा धेरै नेपालीलाई युरोप छिराइयो । लड्दालड्दै धेरै नेपाली यहिँ मारिए । बेल्जियमको ईपेरपनि त्यस्तै एक ठाउँ हो । हो यहिँ नेपालीका नाममा स्मारक कसले बनाउने भनेर शुरु भएको बिबादमा बेल्जियमका नेपाली राजदूत राममणी पोख्रेलले झुठो बोलेको, षडयन्त्रमुलक अभिब्यक्ति दिएको भन्दै बेल्जियमका धेरै संघ संस्था आगो भएका छन् । यसले गर्दा दोहोरो आरोप, भनाभन र युद्द शुरु भएको छ । महामहिम राजदूतलाई उनीहरुले आफुले बोलेको झुठो अभिब्यक्ति तत्कालै सच्याउन आग्रहपनि गरेका छन् । र उनीहरुले प्रश्न गरेका छन्, यस्तो जिमेवार पदमा बसेको ब्यक्तिले यस्तो झुट, षडयन्त्रमुलक र गैह्र जिम्मेवारी अभिव्यक्ति दिने ?

तत्कालिन ईष्ट ईण्डिया कम्पनीको अधिनमा रहि वृटिस साम्राज्यको विस्तारका लागि हजारौं गोर्खालीहरुले प्रथम विश्व युद्ध (सन् १९१४ देखि १९१८) मा वेल्जियमको ईपर भन्ने ठाउँसम्म आएर लडेका थिए । वेल्जियमवासी नेपालीहरुले यसको सत्य तथ्य पत्ता लगाए । सन् २००२ देखि तमु समाज वेल्जियमको अग्रसरतामा उक्त स्थानमा वेल्जियमवासी नेपालीहरुले त्यहाँ मारिने गोर्खाली (नेपाली) हरु प्रति श्रद्धान्जली अर्पण गर्न थाले । यसप्रति जनचासो वढाउने काम गरे । अन्य अनुसन्धानात्मक कार्यहरु थाले । त्यहाँ मारिने सेनाहरुको परिवारलाई वृटिस सरकार संग क्षतिपुर्ती माग गर्नकालागि पहल गर्ने लगायतका अन्य काम थाले ।

त्यहि प्रयासले गर्दा त्यहाँ मारिएका सेनाहरुको सम्झनामा निर्माण गरिएको मेनन गेट नजीकै गोर्खाली (नेपाली) हरुको पहिचान सहितको स्मारक वनाउनको लागि ईपरको स्थानीय प्रशासनले जग्गा उपलव्ध गराउने सहमती गर्‍यो । सो कार्यलाइ निरन्तरता दिन स्मारक निर्माण समिती गठन गर्न भनि नेपाली दूतावासले गत २० सेप्टेम्बर २०१२ का दिन सर्वपक्षिय वैठक वोलायो । त्यहाँ उपस्थित प्राय सवै संघसंस्थाका नेतृत्वहरुले तमु समाज वेल्जियमको संयोजकत्वमा स्मारक निर्माण समिति वनाउन प्रस्ताव गरेको दाबी तमु समाजको छ । उक्त समयमा महामहिम राजदुतलेनै आफुसित समय नभएको बताएपछि समिति बनेन । त्यो दिन उपस्थितहरुले २५ सेप्टेम्बरका दिन सवै संघ संस्थाका प्रतिनिधीहरुले सामुहिक रुपमा स्मारक निर्माण स्थलको भ्रमण गर्ने र २८ सेप्टेम्बरका दिन पुनः बैठक वसि निर्माण समिती गठन गर्ने भन्ने निर्णय गरे । त्यो स्थलगत  भ्रमणमा तमु समाज वेल्जियमका प्रतिनिधी र अध्ययन समितिका एक जना सदस्यमात्र पुगे । सवै संघ संस्थाका नेतृत्व तथा प्रतिनिधीहरु २८ सेप्टम्बरको वैठकका लागि विदा मिलाएर वसेका थिए । तर २६ सेप्टेम्बरको दिन दूतावासको तर्फवाट “अनअभोइडेइवल रिजन” भन्दै वैठक स्थगित गरेको सुचना पठाइयो । यसले वेल्जियमवासी नेपालीहरुलाई स्तव्ध भए । हालसम्म पनि दुतावासले वैठक वोलाउन कुनै चासो नराखेको तमु समाजले बिज्ञप्तीनै जारी गरेर आरोप लगाएको छ ।

बिज्ञप्ती जारी गर्नेमापनि कम्ति छन् र संघ संस्था ? पदम वहादुर तमु, अध्यक्ष-तमु  समाज, बेल्जियम । मार्के मगर- अध्यक्ष  विश्व मगर संघ, बेल्जियम । डिल्ली सुव्बा, अध्यक्ष – संयुक्त किराँत समाज, बेल्जियम । सोनाम शेर्पा, अध्यक्ष – शेर्पा किदुंक, बेल्जियम । राम बहादुर लामा, उपाध्यक्ष – तामाङ समाज, बेल्जियम । प्रविण गौचन, अध्यक्ष – थकाली सेवा समिती, बेल्जियम । चिज कुमार श्रेष्ठ, अध्यक्ष – पासा पुचः, बेल्जियम । सोम नारायण थारु थनेत, अध्यक्ष – थारु समाज, बेल्जियम । ओम थापा, अध्यक्ष – क्षेत्री समाज, बेल्जियम । पि. जी शेर्पा, अध्यक्ष – आदिबासी जनजाती महासंघ छन् ।

नेपालीहरुले यो ईपेर भन्ने ठाउँमा निर्माण गर्न भनेर आव्हान गरेको बैठक राजदूत पोखरेललेनै अन्तिम अवस्थामा रद्द गरेको बताउँदै आएका छन् । तर आफैंले वैठक स्थगित गरेर मेडियामा चाहिँ स्मारक निर्माण प्रकृया रोकिनुमा आफ्नो कारण नभएको दाबी गरेछन् । महामहिम राजदूत राममणी पोख्रेलले आफुलाई फुर्सदै फुर्सद भएको बताएछन् । बरु संघ संस्थाका प्रतिनिधीहरुलाई समय नभएको कारणले वैठक वस्न नसकेको , नेतृत्वको होडवाजी परेको आरोप लगाएछन् । यो सुनेपछि तमु समाज लगायत इभिन्न संघ संस्थाका तर्फबाट बिज्ञप्तीनै निकालेर राजदूतले अत्यन्तै झुट, षडयन्त्रमुलक र गैह्र जिम्मेवारी अभिव्यक्ति दिएको आरोप लगाएका छन् । पोखरेलको अभिव्यक्तिले वेल्जियवासी नेपाली लगायत सवैमा गहिरो चोट पुरयाएको समेत उल्लेख छ । उनीहरुले पोखरेललाई यो झुठो अभिव्यक्ति तत्काल सच्याउनपनि भनेका छन् ।

आज जारी गरिएको बिज्ञप्ती हेर्नुस्

प्रेस विज्ञप्ति

२२ नोभेम्वर २०१२

वेल्जियमका लागि नेपाली राजदूत राममणि पोखे्रलले ईपरमा स्मारक निर्माण गर्ने सम्वन्धमा नमस्ते युरोप संगको भिडियो अन्तर्वातामा दिएको गैह्र जिम्मेवारी अभिव्यक्ति सच्याउन आहन

तत्कालिन ईष्ट ईण्डिया कम्पनीको अधिनमा रहि वृटिस साम्राज्यको विस्तारका लागि हजारौ गोर्खालीहरुले प्रथम विश्व युद्ध (सन् १९१४ देखि १९१८) को दौरान वेल्जियमको ईपरमा वीरगति प्राप्त गरेका थिए । वेल्जियमवासी नेपालीहरुले यसको सत्य तथ्य पत्ता लगाएपछि सन् २००२ देखि तमु समाज वेल्जियमको अग्रसरतामा उक्त स्थानमा वेल्जियमवासी नेपालीहरुले वीरगती प्राप्त गर्ने गोर्खाली (नेपाली) हरु प्रति श्रद्धान्जली अर्पण गर्र्ने,यसप्रति जनचासो वढाउने, अन्य अनुसन्धानात्मक कार्यहरु गर्ने, वीरगती प्राप्त गरेका सेनाहरुको परिवारलाई वृटिस सरकार संग क्षतिपुर्ती माग गर्नकालागि पहल गर्ने जस्ता कार्यक्रमहरु गर्दै आइरहेका छन् ।

त्यहि प्रयासले गर्दा त्यहाँ मारिएका सेनाहरुको सम्झनामा निर्माण गरिएको मेनन गेट नजीकै गोर्खाली (नेपाली) हरुको पहिचान सहितको स्मारक वनाउनको लागि प्रारम्भिक कार्य स्वरुप ईपरको स्थानीय प्रशासनले जग्गा उपलव्ध गराउने सहमती गर्‍यो । सो कार्यलाइ निरन्तरता दिन स्मारक निर्माण समिती गठन गर्न भनि नेपाली दूतावासले गत २० सेप्टेम्बर २०१२ का दिन सर्वपक्षिय वैठक वोलायो । त्यहाँ उपस्थित प्राय सवै संघसंस्थाका नेतृत्वहरुले तमु समाज वेल्जियमको संयोजकत्वमा स्मारक निर्माण समिति वनाउन प्रस्ताव गरेको दाबी तमुसमाजको छ । उक्त समयमा महामहिम राजदुतलेनै आफुसित समय नभएको बताएपछि समिति बनेन। त्यो दिन उपस्थितहरुले २५ सेप्टेम्बरका दिन सवै संघ संस्थाका प्रतिनिधीहरुले सामुहिक रुपमा स्मारक निर्माण स्थलको भ्रमण गर्ने र २८ सेप्टेम्बरका दिन पुनः बैठक वसि  निर्माण समिती गठन गर्ने भन्ने निर्णय गरे । त्यो स्थलगत  भ्रमणमा तमु समाज वेल्जियमका प्रतिनिधी र अध्ययन समितिका एक जना सदस्यमात्र पुगे । सवै संघ संस्थाका नेतृत्व तथा प्रतिनिधीहरु २८ सेप्टम्बरको वैठकका लागि विदा मिलाएर वसेका थिए। तर २६ सेप्टेम्बरको दिन दूतावासको तर्फवाट “अनअभोइडेइवल रिजन” भन्दै वैठक स्थगित गरेको सुचना पठाइयो । यसले वेल्जियमवासी नेपालीहरुलाई स्तव्ध भए । हालसम्म पनि दुतावासले वैठक वोलाउन कुनै चासो नराखेको तमु समाजले बिज्ञप्तीनै अजरी गरेर आरोप लगाएको छ ।

यसको साथसाथै वीरगति प्राप्त गरेका सेनाहरुको सम्झनामा निर्माण गरिएको मेनन गेट नजीकै गोर्खाली (नेपाली) हरुको पहिचान सहितको स्मारक वनाउनको लागि प्रारम्भिक कार्य स्वरुप ईपरको स्थानीय प्रशासनले जग्गा उपलव्ध गराउने सहमती जनाइसकेको छ । सो कार्यलाइ निरन्तरता दिन स्मारक निर्माण समिती गठन गर्न भनि नेपाली दूतावासले गत २० सेप्टेम्बर २०१२ का दिन सर्वपक्षिय वैठक वोलाईएको थियो । त्यहां उपस्थित प्राय सवै संघसंस्थाका नेतृत्वहरुले तमु समाज वेल्जियमको संयोजकत्वमा स्मारक निर्माण समिति वनाउन प्रस्ताव गरेका थिए । उक्त समयमा महामहिम राजदुतको समय अभावका कारणले समिति निर्माण हुन सकेन । उक्त वैठकले २५ सेप्टेम्बरका दिन बैठकमा सवै संघ संस्थाका प्रतिनिधीहरुले सामुहिक रुपमा स्मारक निर्माण गर्ने ठाउंको स्थलगत भ्रमण गर्ने र २८ सेप्टेम्बरका दिन पुनः बैठक वसि  निर्माण समिती गठन गर्ने भन्ने निर्णय गरिएको थियो । उक्त स्थलगत भ्रमणमा तम ु समाज वेल्जियमका प्रतिनिधी र अध्ययन समितिका एक जना सदस्यमात्र पुगेका थिए । सवै संघ संस्थाका नेतृत्व तथा प्रतिनिधीहरु २८ सेप्टम्बरको वैठकका लागि विदा मिलाएर वसेको अवस्थामा २६ सेप्टेम्बरको दिन दूतावासको तर्फवाट अनअभोइडेइवल रिजन भन्दै वैठक स्थगित गरेको सुचना प्राप्त भयो । यसले वेल्जियमवासी नेपालीहरुलाई स्तव्ध वनायो । हालसम्म पनि दुतावासले वैठक वोलाउन कुनै चासो राखेको छैन ।

एकातिर आफैले वैठक स्थगित गर्ने र अर्को तर्फ नमस्ते यूरोप भिडियो रिपोर्ट इपिसोड ३५ मा स्मारक निर्माण प्रकृया रोकिएको विषयमा रिपोर्टर राजेन्द्र भट्ट संग कुराकानी गर्दै  महामहिम राजदूत राममणी पोख्रेलले वहां आफुलाई फुर्सदै फुर्सद भएको तर संघ संस्थाका प्रतिनिधीहरुलाई समय नभएको कारणले वैठक वस्न नसकेको, नेतृत्वको होडवाजी परेको जस्तो अत्यन्तै झुट, षडयन्त्रमुलक  र गैह्र जिम्मेवारी अभिव्यक्ति दिनु भएको छ । वहांको यो अभिव्यक्तिले वेल्जियवासी नेपाली लगायत सवैमा गहिरो चोट पुरयाएको छ । हामी वहांलाई यो अभिव्यक्ति तत्काल सच्याउन  र यो स्मारक निर्माणको कार्यलाई नअल्मल्याई दुतावासले गर्न सक्ने सहयोग निष्पक्ष ढंगले गर्न यहि विज्ञप्ति मार्फत आहन गर्दछौं।

१. पदम वहादुर तमु              अध्यक्ष  तमु समाज, बेल्जियम

२. मार्के मगर                    अध्यक्ष  विश्व मगर संघ, बेल्जियम

३.डिल्ली सुव्बा                   अध्यक्ष  संयुक्त किरांत समाज, बेल्जियम

४.सोनाम शेर्पा                   अध्यक्ष  शेर्पा किदुंक,बेल्जियम

५. राम बहादुर लामा               उपाध्यक्ष तामाङ समाज, बेल्जियम

६. प्रविण गौचन                  अध्यक्ष थकाली सेवा समिती, बेल्जियम

७.चिज कुमार श्रेष्ठ               अध्यक्ष पासा पुचः, बेल्जियम

८.सोम नारायण थारु थनेत        अध्यक्ष  थारु समाज,बेल्जियम

९.ओम थापा                     अध्यक्ष  क्षेत्री समाज,बेल्जियम

१०.पि.जी शेर्पा                   अध्यक्ष   आदिबासी जनजाती महासंघ

तपाइँको प्रतिक्रिया