उनि साँच्चै महाकवी थिए
-प्रेम पाठक / बेल्जियम
ए ध्यान कि लक्ष्मी तिमी,
ए ज्ञान कि लक्ष्मी तिमी,
आज तिमी कहाँ गयौ ?
आज,
थोरै ले तिमीलाइ ध्यान र ज्ञानमा लिए,
धेरै ले त तिमीलाई लक्ष्मी भनि अर्थमा लिए,
स्वार्थी र पापीहरुले तिमीलाइ व्यर्थमा लिए,
साहित्यकर्मीको नाममा तिमीलाई आडम्बरमा लिए,
तिम्रो उपासनालाई आफु बिक्ने ‘ विशेष चिन्ह’ को रुपमा लिए ।
००००००००००००००००००००
ए लक्ष्मीलाइ धन देख्नेहरु हो,
ए देवकोटामा आडम्बर साँच्नेहरु हो,
मैले बुझेका लक्ष्मी त त्यस्ता थिएनन
मैले जानेका र मानेका लक्ष्मी त, धनका होइन ज्ञानका कुबेर थिए,
चाकरी होइन खुबित्वमा मन्त्रि थिए,
शोषकका होइन श्रमिकका प्रतिनिधि थिए,
बिदेशी गुलामी होइन राष्ट्रवादी थिए,
फेरी पनि उनि अन्तर्राष्ट्रियतावादी थिए ।
००००००००००००००००००००
त्यसैले त,
लक्ष्मी, लक्ष्मी थिए,
लक्ष्मी सबैका प्रसाद थिए,
ध्यान थिए, उपासना थिए,
अटल अमर व्यक्तित्व लक्ष्मी प्रसाद देवकोटा थिए,
अनि त उनलाई सबैले महाकवी उपाधि दिए,
उनि साँच्चै महाकवी थिए ।
उनि साँच्चै महाकवी थिए ।
(अनेसास बेल्जियम द्वारा १२ -११ -२०१२ का दिन १०४ औं लक्ष्मी जयन्तिको अवसरमा आयोजित कार्यक्रममा मन्तव्य सहित बाचित कविता )





