हग्न नजान्नेलाई राजकुमार बस्ने चार तरे होटेल

nepal-prince-paras-in-paris-visit.jpgपेरिस, असार २० गत मार्च महिनाको अन्तिम साता युरोपको अष्ट्रीया हुँदै फ्रान्स आइपुगेका युवराज पारस शाहको भ्रमणमा भएका फजुल खर्च बारे ढिलै भएपनि पालुवा डट कमले पत्ता लगाएको छ।  उक्त भ्रमणका बेला युवराज पारस र उनको झन्डै चार दर्जन जनाको समूह मध्ये २९ जना होटेल ल बृस्टलमा बसेको थियो। त्यहाँ १८ वटा महँगा कोठाहरु बुक गरिएका थिए। उक्त होटेल फ्रान्सेली राष्ट्रपती ज्याक सिराकको भवन नजिकै पर्छ। यो पेरिसकै एक सर्वाधिक महँगो क्षेत्र हो।

उनिहरुले २९ जनाकालागि १८ वटा कोठाहरु लिएका थिए। यो होटेलको सबैभन्दा सस्तो कोठाको मुल्यपनि प्रति कोठा प्रति रात ६ सय ९० युरो (नेपाली ६२ हजार एक सय रुपियाँ) पर्छ। सबैभन्दा सुबिधा सम्पन्न कोठाको प्रती रात आठ हजार युरो (नेपाली सात लाख २० हजार रुपिया) पर्छ। पेरिसमा दस युरो (नौ सय नेपाली रुपियाँ) तिरेपछि बिहानको राम्रो  नास्ता पाइन्छ। तर यहाँ सामान्य नास्ता (कन्टिनेन्टल ब्रेकफास्ट) कै ३४ युरो (नेपाली तिन हजार ६० रुपियाँ) पर्छ भने अलि स्तरिय (अमेरिकन ब्रेकफास्ट) को ४९ युरो (चार हजार चार सय १० रुपियाँ)। कुकुर वा बिरालो संगै राखेबापत नै प्रति रात ५० युरो (नेपाली चार हजार पाच सय रुपियाँ) लाग्छ। लाजमर्दो कुरा त के थियो भने होटेलमा भएका आधुनिक बाथ रुम र चर्पीलगायतका साधनहरु प्रयोगगर्न नजानेको देख्दा होटेलका कर्मचारीहरुनै हाँसेका थिए। पालुवा स्रोतका अनुसार राजकुमार र राजकुमारीका जुत्ता पुछिदिने, कृम र लाली लगाइदिने लगायत सबैलाइ सोही महँगो होटेलमा राखिएको थियो।  तर के अन्यत्र उचित मुल्यको होटेल नपाएर हो त? पटक्कै होइन। पेरिसस्थित नेपाली दूतवासका अन्य कर्मचारीहरुले राजकुमार, राजकुमारी र उनका नजिक रहनुपर्ने कर्मचारीहरुलाइ बाहेक अरुलाई नजिकैको रामै सुबिधा भएका सुलभ होटेलमा राख्न सकिने प्रस्ताब गरेका थिए। 

तर पारस सगै आएका दरवारिया र नेपालकालागि फ्रान्सका निवर्तमान राजदूत प्रज्वल्ल शमशेर राणाले राजकुमारसंग आएका आफ्ना कर्मचारीहरु राजकुमार बसेकै होटेलमा बस्नुपर्छ भन्दै दूतावास कर्मचारीहरुको उक्त प्रस्तावलाई ठाडै इन्कार गरेका थिए।एकातिर देशको सम्पत्तीको नाश, अर्कोतिर भएका सुबिधा पनि लिन नजानेर लाजैमर्नु। त्यसैले राजकुमारसंग बस्नु नपर्ने अरु मानिसहरुलाई अली सुहाउने होटेलमा राखौं, खर्चपनि जोगिन्छ भन्ने प्रस्ताव राखिएको थियो तर त्यति भन्दा पनि राजकुमारसंग आएका मान्छे कहाँ छुट्टिन मिल्छ भन्दै जंगिएर मानेनन् स्रोतले भन्यो  “पैसा त कती खर्च भयो भयो कुरै नगरौं, नदीमा सालका पात बगाएजस्तो”। त्यसैगरि स्रोतका अनुसार युवराज पारसलाइ फ्रान्सका राजा लुइस चौधौंको प्रसिद्द दरबार भेसाई दरबार घुमाइदिन त्यहाँका निर्देशकसंग आग्रह गरिएको थियो। पहिलो पटकको उक्त तालीका सल्लाह नगरि पारसले रद्द गरेपछी अर्को पटक घुमाइदिन इन्कार गरेका थिए। त्यसपछि भ्रमणका कर्मचारीहरु एक आपसमा भन्दै थिए “हाम्रो राजकुमारलाई त याहाको सग्राहलयका निर्देशकलेपनि नपत्याउने रैछन”। घुम्न भनेर आएका राजकुमार दम्पत्तीले अधिकांश समय होटेलभित्रै बिताएका थिए। रक्सी खाएपछी पारस बाहिर निस्किन खोज्नाले पेरिसमा पनि बितण्डा मच्चाउलान भन्ने डरले पारसलाइ कोठाभित्रै राख्न हिमानीलाइ निकै मुश्किल परेको थियो।स्रोतले दिएको अर्को एक जानकारी अनुसार युरोप भ्रमणमा निस्कँदा पारस कम्मरमा एउटा पेस्तोल भिरेर आएका थिए। नेपालमा मान्छे मार्ने, प्रहरीहरु कुट्ने र बाटाका बिजुलीका खम्बा ढाल्ने गरेर आतंक मच्चाएझैं गर्लान भन्ने डरले युरोपेली सुरक्षा अधिकारीहरुले उनलाई पेस्तोल बिमानस्थलबाट बाहिर ल्याउनै दिएनन। पेरिसको सार्ल द गोल एत्वाल बिमानस्थलबाट उड्नेबेलामा मात्रै पेस्तोल फिर्ता दिएका थिए। (तस्बिर: पारस र उनको भ्रमण दल बसेको पेरिसस्थित ल ब्रीस्तोल भनिने चार तारे होटेल। तस्बिर: ददिसापकोटा)।

तपाइँको प्रतिक्रिया