अमेरिकामा खानाकै लागि लडाभाँती हुने भो ?

(डिस्कभरि न्युजको पछिलो समाचार अनुसार स्यान्डी (हुरिकन) ले अमेरिकामा ३८ जनाको ज्यान लिईसकेको छ । लाखौं मानिसहरुको घरमा बिजुलीबत्ती बिच्छेद भएको छ )

मोन्स्टर हुरिकन भनेर नामाकरण गरिएको समुद्री आँधीले यतिखेर अमेरिकामा ठूलो हाहाकार छ । विश्वकै झण्डै दुई तिहाइ स्रोत प्रयोग गर्ने अमेरिकामा यहि आँधीका कारण खानाको निम्ति खोसाखोस हुन सक्ने भन्दै मेरिकी सञ्चार माध्यमहरुले दाबी गरेका छन् । अमेरिकि सञ्चार माध्यमहरुका अनुसार अब मानिसहरु खाध्यान्न, पानी र इन्धनको संकटले गर्दा सडकमै लडाभँती र खोसाखोस हुन सक्छ । अमेरिकाको साउथ जर्सीका मौसम भविष्यवाणीकर्ताहरुले अहिले साँझ करिब ९० माईल (करिब १५० किमी प्रतिघण्टा) को दरले आँधी आइरहेको छ । यसले ऐतिहाँसिक क्षती पुर्‍याउने उनीहरुको दाबी छ ।

स्थानिय नागरिकहरुले आफुहरु खाना, पानी र इन्धनको लागि लडाई गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै स्थानिय अधिकारीहरुलाई चेतावनी दिईरहेका छन् । यो आँधी (हुरिकन) यति तिब्र बेगमा आउँदै छ कि यसले समुद्रको बालुवा उडाएर बस्तिमा ह्रास पार्ने छ । हुरीले उसैगरि क्षती पुर्‍याउने छ । हिउँका धब्बाहरु को थुप्रो लगाउने छ । यसले गर्दा जनजिवन सोचिएभन्दा अझ कष्टकर बनाउने छ ।

फिलाडेल्फियाका मौसबिद केटी फेलिङ्गरले “यो हुरिकन ऐतिहासिक हुने छ” भन्दै सञ्चारमाध्यमहरुलाई ट्विट गरिरहेकि छिन् । यो क्षेत्रमा घनघोर वर्षा हुने उनीहरुले बताएका छन् । उता मेरिल्याअण्डका सरकारी अधिकारी मार्टीन ओमालीले यसले ठूलो पीडा दिने भन्दै चिन्ता गरेका छन् । उता फ्लोरिडाको पोइन्ट प्लेसेन्ट बीच भनिने ठाउँबाट स्थानिय मनिसहरुले जानकारि दिँदै भनेका छन् ‘यहि यो हुरिकनमै परेर मरिएन भनेपनि त्यसपछि हुने खाना, पानी र इन्धनको लडाभाँतीमा परेर उम्किन सकिने छैन ।’

अहिले क्षतीको प्रकोप घण्टै पिच्छे बढिरहेको छ । अमेरिकाको पूर्वी समुद्री तटमा क्षती देखिइसकेको छ । मान्छेको म्रित्यु भएको अनुमान छ तर उद्दारकर्ताहरु पुग्न नसकेको बताइएको छ । न्यु जर्सीका सरकारी अधिकारी क्रिस क्रिस्टीले सरकारी सूचना, सतर्कता र खतराको संकेतलाई चनाखोपूर्वक लिएर पालना गर्न भन्दै स्थानियहरुलाई सचेत अपरेका छन् । राष्ट्रपती बाराका ओबामाले राष्ट्रपतिय कार्यालयबाट आफैंले फोन गरिगरि राष्ट्रिय उद्दारकर्मीहरुलाई एटलान्टिक सम्रुद्री क्षेत्रमा खटिन निर्देशन दिएका थिए । तत्कालै ६० हजार उद्दारकर्मीहरु पठाइएको थियो ।

राष्ट्रपती कार्यालयबाट निर्देशन दिँदै राष्ट्रपतीले भनेका छन् “क्रिपया यसमा कुनै निर्देशन  नपर्खिनुहोला । ढिलासुस्ती नगर्नुहोला । यो ज्यादै शक्तिशाली आँधी हो । तत्कालै प्रभावित क्षेत्रमा खटिएर उद्दार गर्नुहोला । मानिसले उद्दार र सहयोगका लागि आव्हान गर्नासाथ कसैको खटन र निर्देशन नकुरिकन तत्कालै गर्नुहोला ।”  राष्ट्रपतीले म्यासेच्युट, कनेक्टिकट, रोदे आइल्याण्ड, न्युयोक, न्युजर्सी र पेन्सिल्भानिया लाई आपतकालिन क्षेत्र घोषणा गरेका छन् ।

तपाइँको प्रतिक्रिया