चुपचाप सहने भारतमा नेपाली माथिको यो अपमान ?
भारतीय अधिकारीले नेपाली कामदारमाथि फेरी अपमान गरेका छन् । त्योपनि सामूहिक रुपमा सार्वजनिक स्थलमै । द सिलोङ टाईम्सले त्यो अपमानको तस्विर सहित सार्वजनिक गरेको हो । जहाँ नेपालीलाइ पक्राउ गरियो । र सामूहिकरुपमा कान समातेर उठबस गर्न लगाएर हिरासतमा लगियो । सिलोङ टाईम्सका अनुसार भारतको मौलाईस्थित खासि स्टेडेन्ट युनियन (के एस यु) भनिने बिध्यार्थी संगठनले कर्बी आङलोन भने ठाउँबाट आउँदै गरेका नेपाली कामदारलाई त्यसरि अपमान गरेका हुन् ।
उनीहरुले यहि शुक्रबार ति नेपाली कामदारहरुलाई पक्राउ गरे । ति कामदारहरु बोर्सोरो भन्ने ठाउँमा रहेको कोइला खानीमा काम गर्न जाँदै थिए । ति महिन्द्रा जिपमा थिए । समूहमा ११ जना थिए । जिपमा आउँदै गरेका तिनलाई मवाली भन्ने ठाउँमा अपमान गरेर ओरालियो । त्यो समूहमा एक जना सानो उमेरको र एक महिलासमेत थिए । उनिहरुसित कागजपत्र माग्दा दिन नसकेपछि ओरालेको पत्रीकाले जनाएको छ ।
यो बिध्यार्थी संगठन भारतमा सन् १९७८ मा स्थापना भएको हो । तिनले आफ्नै जातिको अलग राज्य बनाउने र धर्म अनि संस्क्रिति बचाउने भन्दै अन्य बिदेशीलाई मेघालयबाट लखेट्ने गर्छन् । मेघालयमा अतिनै सक्रिय यो संस्था अतिबादी मानिन्छ । उनीहरुले बिदेशीलाई मात्रै नभएर भारतकै अर्को प्रान्तबाट आउनेलाईपनि यातना दिने र लखेट्ने गर्छन् । मेघालयबाट बेला बेला नेपालीहरु लखेटिनुको कारणपनि यिनिहरुनै हुन् ।
सरकारलाई यो सबै थाह छ । तर हस्तक्षेप गर्दैन किन ? चुनावका बेला भोट थाप्नकालगि आफ्नो पक्षमा । त्यसैले देखि देखिपनि स्थानिय र केन्द्रिय दुबै सरकार चुपचाप छन् । बरु स्थानिय नेताहरुले तिनबाट भोट सोहोर्ने लोभले तिनैलाई सहयोग गर्छन् । यहि संगठनका कारण ३०, ४० वर्षदेखिनै धेरै नेपालीहरु त्यहाँबाट आफ्नो घरपरिवार, ब्यापार र सम्पत्ती सबै त्यागेर नेपाल आएका छन् । तर यस्तो समस्यामा हाम्रो कुनैपनि सरकारले मुख खोलेको छैन ।
(ताईवानका मित्र डा लेखनाथ काफ्लेको सहयोगमा)




