बेलायतदेखि नेपालसम्म शुरु हुने भो बस सेवा

समय छ । पैसो छैन धेरै । बिमान चढ्न कम्तिमा पाँच सय युरो, पाउण्ड वा डलर लाग्छ । आफ्नो देशपनि नगई भएको छैन । समय छ भने के भो र ? थुप्रै मुलुक हेर्दै, घुम्दै किन नजाने ? यस्तै यात्रुहरुलाई लक्षित गरेर बेलायतबाट नेपालसम्म पुग्ने बस सेवा शुरु भएको छ । यो यात्रा बेलायतको बिरमिङह्यामबाट शुरु गरिएको हो ।

हिमाली क्षेत्र हुँदै करिब चार हजार माईल (करिब सात हजार किमी) पार गरिने यो यात्रा पुरा हुन १२ दिन लाग्छ । बिर्मिङघमबाट शुरु गरिने यात्रा बेलायतको मध्य भाग हुँदै काश्मिरको मिरपुर शहर पुगेर पुरा हुन्छ । यो हिमाली शहर हो । यहाँ पुग्नै हिमाली क्षेत्र पार गर्नुपर्छ । यात्राका क्रममा नेपाल, तिब्बत, भारत, भुटान, पाकिस्तनका हिमाली क्षेत्र भएर जान्छ । आफ्नो गन्तब्यमा पुग्नु अघि यसले इरान लगायतका सात मुलुक पार गर्छ । यो यात्राका लागि भाडा एक सय ३० बेलायती पाउण्ड (करिब १७ हजार ८ सय रुपियाँ) राखिएको छ ।

बिर्मिङहाम विश्वमा सबै भन्दा बढि काश्मिरी ब्यापारीहरु बसेको बेलायती शहर हो । मूलत तिनै काश्मिरीहरुलाई लक्षित गरेर यो सेवा गरिएको हो । हरेक १५ दिन आरामदायी बस सञ्चालन गर्ने सञ्चालकको तयारि छ । बेलायतको लेबर पार्टीका सांसद खालिद माहमुदले ईन्डियन एक्सप्रेससित भने “सुरक्षा यो सेवाको मुख्य चासो हुने छ । त्यसलाई राम्रोसित ब्यवस्थापन गर्न सके यो सेवा पक्कैपनि लोकप्रि हुने छ । यो अति राम्रो सेवा हो।”

तपाइँको प्रतिक्रिया