माओवादी घेराभित्र पत्रकार महासंघ युरोपको अन्तर्कृया
∙ लाल बहादुर नेपाली / बेल्जियम
नेपाल पत्रकार महासंघ तथा प्रेस जगत यो राष्ट्रको चौथो अंग रे । तर हालै बेल्जियममा नेपाल पत्रकार महासंघ युरोपले गरेको प्रचण्डको अन्तर्कृया कार्यक्रम माओवादी घेरामा गरेको देख्दा यो एउटा भात्री संस्था जस्तो छबी कायम गरेको छ । जहाँ जनप्रगतीशिल बेल्जियमको अधिबेशन थियो । जहाँ करीब ७० जना दस्ता वा स्वयं सेवक तयार थिए । बन्द सत्रको बेला पत्रकार अन्तर्कृया हुन्छ भनेर भनियो । बिचरा पत्रकारहरु ३-३ घण्टा कहिले हो बन्द सत्र भनेर कुरेर बसे ।
किन यो अन्तर्कृया अधिबेशनस्थल भित्रकै एक कुनामा गरियो ? पत्रकार संघले बोलाएको ठाउँमा नआउने भए के जरुरी थियो अन्तरकृया गर्नैपर्छ भन्ने ? १०, १५ मिनेट नहुँदै अब समय सकियो भन्ने कस्तो खालको अन्तरकृया हो यो ? कुनै एक पत्रकारको जिज्ञासा नसकी चुप चुप भनेर सबै पत्रकारलाई पन्छाउनु र अन्तर्वार्ता लिनु अन्य सबै साझा पत्रकार सवाल जस्तो ट्वाल्ल हेरर बस्नु पत्रकार सम्मेलन हो या अन्तरवार्ता ? वा चिडिया खानामा नयाँ जनावर देखाउन लीएको हो ? माओवादीले तयार गरेको भए पनि राज्यको चौथो अंग भन्ने गरिमामय प्रेस जगत कै युरोप शाखाका अध्यक्षलाई कुर्ची ल्याउन उचित सम्झेन ? बरु उल्टै प्रचण्डका हनुमान राम कार्की केका लागी कुर्चिमा ? यि सबै प्रश्नहरुको जबाफ कसले दिने हो ?
अन्जानमा भयो रे ल । दि एभरेस्ट टाईम्स साप्ताहिक पत्रीकाका च्यातेर फालेको कुरा बाहिर आईसकेपछी समाचार बहिस्कार गर्नु त कता छ कता हत्त न पत्त समाचार छाप्ने र प्रचण्ड संगको फोटो फेसबुकमा हाल्न प्रतिस्पर्धा गरेको देखियो । सुरेन्द्र भुसाललाई माफि माग्न लगाउनुको साट्टो प्रेस बिज्ञप्तीमा प्रचण्ड गुन गान गाएर धन्यवाद ज्ञापन जस्तो गरी प्रेस जारी गरेको देख्दा के भन्नु खै ? लामो वर्णन गर्नु भन्दा फोटो आँफै बोल्छ । आवश्यक परे भिडियो नै हातमा परेको छ ।






