भारतिय अधिकारीसित प्रचण्डको पेरिसमा गोप्य भेटघाट
(सूचना : पाठक तथा मित्रहरु, अस्ति देखि नेपालप्लसमा प्राविधिक समस्या आएको छ । नेपालप्लस one.com को सर्भरबाट चल्ने हुनाले यस्तो भएको हो । one.com कै सर्भर मा समस्या आएको रहेछ । त्यसैले तत्काललाई फोटो अपलोड गर्न सकिएको छैन र भएकापनि केहि मेटिएछन् । यो समस्या छिट्टै समाधान हुने one.com ले जनाएको छ र नेपालप्लसका बेभ डिजाईनर साथीपनि यसमा लागि रहनुभएको छ । धैर्यताकालागि तपाईहरु सबैलाई धन्यावाद, नेपालप्लस)
∙ गुमनाम ( प्रथम )
नेपालमा राजनीतिक दलहरु बिच सहमतिका लागि वार्ताहरु चलिरहेकै बेला सहमतिको साँचो भिरेका एनेकपा माओबादिका अध्यक्ष पुष्पकमल दाहाल एकाएक जनप्रगतिशिल मन्च बेल्जियमको अधिवेशनका लागि असोज २५ गते राती युरोप हान्निए । उता अरु दलहरु सँग हुने भनेको तेस्रो र चौथो दिनको वार्ता थाँती रह्यो । कुनै पुर्व निर्धारित कार्यक्रम बिना राम कार्की र अर्का एकजना सहयोगी सँग बेल्जियम आएका दाहालले बिरामी भएको बहानामा खासै कार्यकर्तासँग भेट गरेनन । २६ गते दिन भरी नै उनले बेल्जियमका लागि नेपाली राजदुत राममणी पोखरेलको निवासमा बिताए भने त्यहिँ केही भारतीय उच्च अधिकारीहरु सँग भेटघाट गरेको श्रोतहरुले जनाएका छन । खास गरेर नेपालको वर्तमान राजनीतिका सन्दर्भमा ति अधिकारीहरु सँग वार्ता भएको जनाइएको छ ।
त्यसो त दहालले युरोपियन युनियनका अधिकारीहरु सँग पनि भेटघाट गरेका थिए । तर अचानक उनी आफ्ना सहयोगी सहित २७ गते बिहानै पेरिस पुगे । त्यहाँ दहालले नेपालका लागि पुर्व राजदुत राकेश सुद सँग कारीब दुईघन्टा बार्ता गरेका थिए । पेरिस दुतावासका एकजना अधिकारीले दाहाल र सुदको बार्ता त्याहाँको कुनै एउटा पाँच तारे होटलमा भएको जनाएका छन । बार्ताको सबै चाँजो फ्रान्सका लागि नेपाली राजादुत मोहन कृष्ण श्रेष्ठले मिलाएका थिए । यस अघी माओबादी उपाध्यक्ष तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ आउँदा समेत उनले नेपाली राजादुत निवासमा राकेश सुद सँग भेट वार्ता गरेका थिए । त्यसैको कडिकै रुपमा प्रचन्डको वार्तालाई हेरिएको छ । खास गरेर र फ्रेन्चहरुले नेपाल जलबिध्युतमा लगानी गर्न चासो देखाइ रहेकोबेला माओवादी नेताहरुको पेरिस भ्रमण बाक्लिदै गइरहेको छ । हुन त दाहालले नेपालको बर्तमान राजनीतिका बारेमा बढी ब्रिफिङ गरेको श्रोतहरुले उल्लेख गरेका छन । सुद सँगको वार्तामा माओवादीका राम कार्की सेमत रहेको जनाइएको छ ।
पेरिसमा दाहालले राकेश सुदका अलवा केही फ्रेन्च अधिकारीहरु सँग अनौपचारिक भेट गरेका थिए । ति अधिकारीहरु सँगको भेटघट पछी उनले आइफेल टावर चढेर राती दुतावासमा बिताएका थिए । तर फ्रान्सका लागि नेपाली राजदुत मोहन कृष्ण श्रेष्ठले भने अन्य भेट्घाटका बारेमा आफुलाई कुनै जानकारी नभएको बताए । उनले भने– पुष्पकमल दाहालजी यहाँ बेलुका मात्र आइपुग्नु भएको थियो । उहाँ त्यो एक रात हामी सँग बस्नु भयो, घुमघाम गर्नु भो अनी भोलिपल्टै बिहान जानु भयो । मलाई अन्य भेट्घाटका बारेमा कुनै जानकारी भएन । त्यसको दोस्रो दिन बिहान उनी पुन : बेल्जियम फर्किएका थिए जहाँ उनले जनप्रगतिशिल मन्चको कार्यक्रमलाई सम्बोधन गरे ।
पछील्लो समयमा कांग्रेस र एक्माले प्रती निकै आक्रामक देखिएका दाहालले पेरिस पुगेको भोलिपल्टै बेल्जियममा भएको जन प्रगतिशिल मन्चको कार्यक्रममा कुनै पनि राजनीतिक पार्टीहरुलाई गाली गर्नु भनेको लोकतन्त्र कमजोर हुनु हो भन्ने आशयको सम्बोधन गरे । काठमाण्डौ छोडेको २४ घण्टा पनि नबित्दै दाहाल यसरी फेरिए मानौं नेपालमा केही नराम्रो हुँदै भएको छैन र पार्टीहरु लोकतन्त्र संस्थागत गर्न लागि परेका छन । सम्बोधनका क्रममा उनले संबिधान जारी गरेर ब्यवस्थापिकाको चुनावमा जान सकिने कुरा पनि बताए । तर केही दिन आघी मात्रै उनले अहिलेको अवस्थामा चुनावमा जान नसकिने भएको हुनाले संबिधान सभाको पुनर्स्थापना गर्नु पर्नेमा जोड दिएका थिए । नेपालको राजनैतिक जटिल अवस्थामा भए पनि नेपाली काँग्रेस र एमालेका नेताहरु व्यस्त भएको र आँफु नेपालमा नै भए पनि अन्य दलका नेताहरुसंग समय नभएको कारण उनीहरुलाई सुचना दिएर आएको जनाएका थिए । जबकी दाहाल बिदेश जाने सुचना अन्तिम बेला सम्म कुनै पनि पार्टीका नेताहरुलाई थिएन । वार्ताका मितिहरु तय भएका थिए र दसैं अगाडि नै कुनै बिन्दुमा पुग्न सकिने अन्य पार्टीका नेताहरुले बताएका थिए । अन्य दलका नेताहरु सँगको वार्तामा आफु सहमतिको प्रधानमन्त्री भए सबै कुरा सहज तरिकाले मिल्ने बताउदै आएका दाहालले पेरिसको अठार घण्टे बसाइ पछी आफु प्रधानमन्त्री भए मुलुकका लागि झन दुर्भाग्य हुने बताए ।
दाहालको यो अचानक फेरिएको बोलीले के संकेत गर्छ ? उनले देशलाई कुन बाटोमा हिडाउन खोजिरहेका छन । के नेपालको साँचो साँच्चिकै बाहिर नै छ ? अनी नेपाल छोड्दा छोड्दै नेपालला लागि तत्कालिन भारतीय राजदुत राकेश सुदले – मेरो साथी मोहन कृष्ण श्रेष्ठ पनि पेरिसमा छ । म पेरिस पुगेपछी उसलाई भेट्छु र एउटा नेपाल मेला पनि गर्छु – भनेको यो कुराले कस्तो अर्थ राख्छ ? सुदले भनेको नेपाल मेला यस्तै हो – जहाँ माओवादीका माथिल्लो तहका नेताहरुले फुल प्रशाद ग्रहण गरिरहेका छन । सुदले नेपाल मेला जुनसुकै ढंगबाट गरेपनी हाम्रा राजदुत मोहन कृष्ण श्रेष्ठ कहाँ आउ जाउ निकै छ । त्यसैले पनि प्रचन्डलाई सुद सँगको पुरानो सम्बन्ध नबिकरण गराउन सजिलो भो । पेरिसमा प्रचन्डले टावर पनि चढे । पाँचतारे होटेलको कफी पनि पिए । सायद अब नेपालका अन्य दलहरु सँग वार्ता गर्न अली सजिलो हुने छ ।




