पेरिसमा हंगामा मच्चाउँदै गायक धिरज राई

गायक धिरज राई भन्नसाथ धेरैका कान ठाडा हुन्छन् । संगित क्षेत्रमा उनको नाम सुनेपछि कति त जुरुक्क जुरुक्क गर्छन् । हुनपनि यि पूर्वेली गायक राइसित मान्छे उचाल्ने क्षमता छ । गायनमा मिठास । पप गायकका त हिरो, मियो जस्तै भए नेपालका । कतिपयले त यिनको नामै बिगारेर ‘नेपालका माइकल ज्याक्सन’ समेत भन्ने गर्छन् । हो, यिनै गायक राईले यहि अक्टोबर २७ का दिन पेरिसमा हंगामा मच्चाउँदै छन् । दर्शकलाई, पेरिसबासी नेपाली र स्थानियलाई उनको संगितिक स्वाद चखाउने, जुरुक्क जुरुक्क पार्ने मेसो मिलाएको हो, नेपाली एकता समाज, फ्रान्सले ।

त्यो दिन शनीबार पर्छ । अपरान्ह ३ बजेबाट कार्यक्रम राखिएको छ । अहिले नेपाली एकता समाजका सदस्यहरुले पेरिसको चोक चोकमा पोस्टरहरु टाँसेर सर्वसाधारणहरुलाई जानकारि दिईरहेका छन् । यस्तो पोस्टर हेर्नेहरुपनि देखिन्छन् । संगित भनेको यस्तो क्षेत्र  हो यसले धेरैको मन जित्छ नै ।

पेरिसमा दशैंको उपलक्ष्यमा धिरज राईको गला सुन्न पाइने भो भनेर धेरैले प्रतिक्षा गरेका छन् । त्यसकालागि प्राय कार्यक्रम हुने गरेको ठाउँ मेजो आल्फ स्तादको हल लिएका छन् । कार्यक्रमको अन्य तयारिपनि उसैगरि भैरहेको जानकारि नेपाली एकता समाजले दिएको छ । यो कार्यक्रममा प्रवेश शुल्क दश युरो राखेका छन् । एकता समाजले टिकट बिक्रि धमाधम गरिरहेको छ । टिकट सिमित भएकाले बेलैमा आफ्नो ठाउँ सुरक्षित राख्न आग्रह गरेका छन् । टिकट किन्नकालागि कार्यकारि समितिका जोसुकैसित सम्पर्क गरेपनि हुने जनाएका छन् । त्यसो त धिरज राईले यो पटक युरोपका धेरै मुलुकमा कार्यक्रम गर्दैछन् ।

तपाइँको प्रतिक्रिया