मेरो शब्द तिमीलाई पुण्यतिथीमा

• बराजु (बेल्जियम निवासी)
प्रिय श्रद्धान्जली !
आज असोज २१ गते धेरै बसन्तपछि तिम्रो याद आयो, करिब १० वर्ष पछाडी हुनत म आजकल अनिर्णित जीबनको बन्दी वनेको छु । आफैले आफ्नो जीबनको सुनौलो भविष्यको सपना एवं आफ्नो भौतिक शरीरलाई सामग्री र साधनको दौडमा दौडाइरहेको छु । थाहा छैन कहाँ गएर समाप्त हुन्छ, हिजो पनि भौतिकरुपमा मरिसकेको थिए, तापनि वाह्रवुँदेले हामीलाई वर्गियसंघर्षको नातामा एकवद्ध बनायो अनि जीन्दगीको उमगं रह्यो केही गर्ने अभिलाशा । गोलभित्रको कैद जिन्दगी ठोसेको उकालो, ओरालो झलुङ्गे पूलमा दायाँ बायाँ खुट्टा राखेर मच्चिएको हिजो जस्तै लाग्छ । वर्ग संघर्षको बर्गियक्रान्तिबाट  सामन्तवादको जरालाई उखाल्न अपनाउन परेको तिकडम उनीहरुले बुनेका जालझेलका बाबजुद एकछत्र भयौं, मरिरह्यौ, धेरैपल्ट म¥यौं तर हामीले आदर्शलाई मारेनौं र मार्न चाहेनौं, भौतिक शरीरलाई पुर्णतः छोडेर आदर्शलाई आत्मसाथ गर्दै हिडेको हिजो जस्तै लाग्छ । तर आज बन्दी नबनेपनि बन्दी बनेका दुखान्त परिवेश निमोठिएका मेरा विचारका अंकुरहरु सल्वलाउन नपाउँदै अथक असफल प्रयासबाट विचलित भएर आफ्नै चिता जलाइसके जस्तो अनुभव आज भइरहेको छ ।
प्रिय श्रद्धान्जली,
तिम्रा यौवनका उमंगको काँधमा भिरेका वन्दूक देव्रे हातले समाउँदै दाहिनेहातवाट वदलाको भावनाको कसम खाएर मिलाएको हात रोल्पाको शुलिचौरमा हिजो जस्तै लाग्छ । अहा कति कसिला थिए, अनि ती जोश र जाँगरहरु हामीभित्र उमंगको सीमा थिएन, हामी शारीरिक र मानसिक रुपमा अविचलित सामना गर्न तयार थियौं । मूक्तिको लडाईंमा हाम्रा पाइलाहरु निरन्तर थिए । सुनौलीको होटल दीपमा दुश्मनले छापामार्दा झ्याल खोलेर हामफालेको हिजो जस्तै लाग्छ । बाँच्नको लागि झिनो आशामा हामी दौडिदा हामीलाई बर्गिय मालाले कसरी उनेको थियो, सायद स्मरणमा ताजै भएपनि इतिहास भैसकेछ । आज त्यही इतिहासलाई सम्झिएर भत्किएका सपना फुटेका सीसामाथि टेकेर मेरा अनुहारका बिम्ब प्रतिविम्ब हेर्दै म फगतः दौडीरहेको छु न आशा छ विलाशा जे हुनु छ चाँडै भइदियोस् काँडा नभएको गुलाब झैं अर्थहिन, हिलोमा नफुलेको कमलको पूmलझैं विअर्थ जीबन भोगीरहेको छु । सीमित चाहनालाई असीमित मूल्यवान जीबन निरर्थक अर्थ खोज्दै म युरोपको भूमिमा छु त्यसैले त आज तिम्रो याद आयो र सम्झेँ परासीको महेशपूर ठुटीवारी दुश्मनले घेरेको चारैतिर त्यसमाथी धानको कुन्यूको दायीँ भएको टेक्टरवाट आउने घुमारो प्रकाशमा छल्दै खेतमा लड्दै, दौड्दै गर्दा उखुवारीमा छि¥यौं, त्यहाँ सर्पले स्वाँ गरेर डस्न खोज्दा सानो पिनलाइटले लाइट जुधाएर ज्याकेट खोल्दै सर्पलाई अठ्याउँदा होस, अनि खेतखेतै दौड्दा जुत्ता फुक्लेर खाली खुट्टा बोर्डर क्रससँगै गरुले भुसवोक्ने गाडामा अडेस लगाएर नौतनवा पुगेको हिजो जस्तै लाग्छ ।
तराई मधेसको त्यति अनुभव नभएको म, आखिर गण्डक क्षेत्रको कर्मबोध हामीले निभायौं । हामीसँग कहाँ थियो भोक, हामीसँग कहाँ थियो स्वार्थ अनि हामी नत वर्गीय जात न कुनै सीमा ? रामेछापको ठोसे रस्नालु हुँदै पर्बतको नयाँपुल, तिलहारहुँदै कुश्मा बजार अनि फलेवासको समथल भूभागमा हामीले अभिवादनका साथ बिदाइ भएका हाम्रा कसिला हातहरु न्यानो बर्गीय स्पर्शलाई मुटुभरि राखेर लुखुंको उकालो उक्लदै केगावाट अर्जुनचौपारी झरेको हिजो जस्तै लाग्छ, तिमी खै त्यहाँवाट पाख्रीवोट चिलाउनलेवास सँगै आफ्नो घरको दशैंको अवसरलाई मध्यनजर गर्दै तिहारसम्म परम्परामा गएर विलायौं, सुने, तिमी दुश्मनको चंगुलमा परिछौं, सहपाठीवाट कैयौं यात्रा गर्दा पनि शत्रु चिन्न नसक्नु हाम्रो भूल कति सम्मकी तिमी त्यहाँ विलाउनु म काठमाडौं नयाँ डेरामा दुइरात विताउन नपाउनु ! अफसोच त्यसलाई त्यत्तिकै छाडेर कीर्तिपुर होस्टेलमा शरण लिएको हिजो जस्तै लाग्छ ।
दुश्मनले घेरेर आत्मसमर्पण नगरी वैचारिकयुद्धमा जोश र होश मिलाएर लड्दा पक्राउ पर्दा गायव हुने डरले चिच्चाएर आफ्नो परिचय दिँदा होस, वा अदालतमा श्रीमानका अगाडि प्रमाण शव्दको वृहत्त अर्थ दिँदा मेरा शब्दहरु स्थीर थिए, सत्रुको आरोप चाहे सत्य होस, वा मिथ्या आखिर त्यसलाई निरर्थक तुल्याउँदैं जीबनको अस्तित्वलाई विना हिच्कीचावट विनापश्चाताप मुक्तिको मोर्चामा होमिएको हाम्रो अडिग विचार अन्तिममा श्रेस्तेदारको फुकुवा पत्रवाट फुरुङ्ग भएको मेरो मन हिजो जस्तै लाग्छ ।
समाजमा चरम विभेद उत्कर्षले सुनामी वनाएको मेरो मन १९ दिने दोश्रो जनआन्दोलन दोश्रो सामन्तीयवक्तव्यमा सहिछाप गरी सेलाएको हाम्रो आन्दोलनमा सुस्काएर रसाएका हाम्रा आँखालाई समाल्दै झिनो आशा र अभिलाशाको निरन्तरतालाई रुपान्तरणगर्दै थन्किएका हाम्रा पाइला जब अनायसै स्वार्थको दलदलमा गाडिन पुगे अनि निस्सासिएको हाम्रो विचारको पूmलस्टपबाट निराशाको भावनालाई यूरोपको भूमिमा समाधी गर्न वढेका मेरा पाइला हिजो जस्तै लाग्छ ।
तर आज यी सबै पानामा थन्किए केही सजिब चित्रहरु मडारिन्छन् तिम्रो भौतिकता नभएपनि मैले केही गर्न नसकेको तिम्रो बिचारलाई थाँती राखेर युरोपमा आएको चारवर्ष पुग्न लागेको हिजो जस्तै लाग्छ । लामो शरणार्थी क्याम्पवाट थन्किएर थाकेर निक्लेका मेरा बिचारका पाइलाहरु फेरी एकपल्ट बर्गीय माला खोज्दै हिड्दा हिड्दै भेटेका जडसुत्रीय बिभेद, माक्र्सवादका कलंक, परिवर्तन र क्रान्तिका सवैभन्दा माओका हिमायती ठान्नेहरुबीच नभेटेको वर्गीय स्नेह सम्झदा गोमन फुल्छ शरीरमा ।
अझ भनौं अहिले आएर मलाई संगठनको जरुर छ भन्दा मेरौ औकात नाप्ने हिमायती र स्तर खुलाउनु पर्ने उनीहरुको जो लडाई देखि भागेर शरण हुन पुगेका सामु आफुलाई निरिह पाउँदा थामिनसक्नु मन हुन्छ । डलर र युरो कमाएका अगाडी हाम्रो चिन्तन र सिद्धान्तको परिक्षण माग्ने ती व्यक्तिहरुको सजिव चित्र मेरो मनमा आइरहेको छ । त्यसैले प्रिय श्रद्धान्जली केही दिन पर्खेर भण्डाफोर गर्ने मनस्थितिमा छु । तिनीहरुलाई नङ्गाउने मनस्थिति छु । जव मैले अरुलाई नङ्गाउछु मलाई थाहा छ म खुदै नाङ्गिनु पर्दछ । त्यसैले मेरो प्राकृतिक अधिकार, जन्मसिद्ध अधिकारप्राप्त मेरो उपज नाङ्गिनु मलाई आइतवार कुर्नु पर्दैन, बरु तिनीहरु छटपटाएका छन्, डराएका छन्, मलाई थाहा छ ।
विकसित मुलुकको सभ्य नागरिकबीच आफुलाई निरीह भेट्दा तिम्रो शब्दको सम्झनाले अतासिएर विस्फोट हुन खोज्छ मस्तिष्क, त्यहीबीच कसिलाहातसँग तिमीले भनेका शव्द हिजो जस्तै लाग्छ ‘कुनै दिन लेख्नुहोलानी पत्रिकामा’ यसरी दैनिकी लेख्ने मेरो बानीमा तिम्रो सटार आज तिम्रो दशौंवर्ष मृत्यूको शोकस्तव्धमा एकदिन यस्तो दिन आयो न तिमी छौं न म लेख्न सक्छु न तिमी पढ्दौ न म सुनाउन सक्छु, आँखाभरी आँशु आयो त्यो पल अनि यो पल यहाँ भन्दा वढी वढ्न सक्दिन लेख्न त छोडीदेऊ श्रद्धा तिमी मेरी सदाको श्रद्धा आज केवल श्रद्धान्जली बाहेक केही छैन मेरो शब्द तिमीलाई ।

तपाइँको प्रतिक्रिया