फ्रान्सको हिमाली काखमा नेपाली चरा बारे प्रबचन

फ्रान्सको हिमली क्षेत्रको काख अर्थात रोन आल्प्समा आज नेपाली चराबारे मैले एकल प्रस्तुती गरें । करिब छ महिना अघि तय गरिएको थियो यो कार्यक्रम । यो क्षेत्रको चराविदहरुको संस्था एल पे ओ (लिग प्रोतेकिस्यों फँसे) को अनुरोधमा । यो संस्था फ्रान्स भरिनै छरिएको छ । आज मेरो प्रस्तुती हेर्न र सुन्न करिब १२० जना विशेषज्ञहरु आएका रहेछन् ।

एक घण्टाका लागि भनिएको थियो । त्योनै धेरै हुन्छ भन्ने लागेको थियो । तर आफ्नो परिचयबाट शुरु गरेर नेपालमा चराहरुको भौगोलिक बितरण र अवस्थाबारे चर्चा गर्दा गर्दै ४० मिनेट हिँडेछ । मुख्य प्रस्तुति त बाँकि नै थियो । झ्याउ लागेको भए छोट्याउने योजना थियो । तर उनीहरु एक टकले ध्यान दिएर सुनिरहेका थिए । नेपाली संस्क्रितिमा चराहरु कहिले ज्ञानी, कहिले लुच्चा, कहिले फटाहा, कहिले राक्षस, कहिले देवी देउता, कहिले संरक्षक, कहिले नर्तकि त कहिले बिध्वंशकारी भएर देखा पर्ने प्रसंग सुनाउन थालेपछि सबैले अति चाख दिएर सुने । एक घण्टा भनिएपनि डेढ घण्टा भन्दा बढि प्रस्तुती गरियो ।

कस्तो संयोग भने यो क्षेत्रका चिनिएका तेरि गोथिए जो मेरा मित्र बनेका थिए गत दुई सालदेखि । उनलाई मैले खबर गर्नै भ्याएको थिईन । उनी ढोकैमा बसेका रहेछन् भेट्न । र पेरिसको प्रक्रितिक बिज्ञान संग्राहलयका विशेषज्ञसमेत आइपुगेका रहेछन् । त्यस बाहेक अन्य नाम चलेका चराबिद, वातावरणविद गरेर थुप्रै विशेषज्ञहरु आएका थिए । त्यहाँ आएका मध्ये केहिले त मेरा केहि फ्रान्सेली चराविद साथीहरुलाईपनि चिनेका रहेछन् ।

नेपालमा इको पर्यटन, वातवरणिय शिक्षा, वालवालिकाकालागि वातावरणिय पत्रकारिता लगायतका विषयमा सामूहिक प्रयास कसरि गर्ने, फ्रान्सेलीहरुलाई कसरि त्यस क्षेत्रमा अनुसन्धानका लागि सहयोग गर्ने लगायतका विषयमा छलफल गरियो । भोली नेपाली पत्रकार, लेखकसित चरा हेर्न मन लागेको छ भनेर रहर गरेका छन् । भोली बिहानै उठेर चरा अवलोकनमा जानु छ । साँझ फेरि अर्को कार्यक्रम छ नेपालको समसामयिक, राजनितिक र अन्य केहि वातावरणिय विषयमा छलफल गर्ने । आज साह्रै ढिला भएकाले अन्य तस्विर भोली राख्ने छु ।

तपाइँको प्रतिक्रिया