नेपालकी छोरी भारतीय बिधान सभा उमेदवार
• मोहन स्वरुप / उत्तराखण्ड, भारत
भारतमा नेपालीहरुको परिचय कि त चौकीदार वा भरिया । नेपालीहरु सधैं हेपिएर, चेपिएर र शोषित भएर बसेका छन् । तर कहिलेकाहिँ नेपालीहरुको सफलताका कथापनि फ्याट्टफुट्ट आउँछन् । भारतीय राजनितिको माथिल्लो तहसम्म पुग्ने नेपाली नगण्य छन् । त्यहाँ सम्म पुग्न सजिलोपनि त छैन । तर यस पटक एक जना नेपाली चेली भारतको बिधान सभामा उमेदवार बन्ने हैशियत राखेकि छन् । पकैपनि नेपालीकलागि यो खुशिको कुरो हो ।
उनी हुन् माला राज्य लक्ष्मी शाह । उनी काठमाडौंको थापाथलीस्थित सिघमहलमा जन्मेकि हुन् । उनका बाबु थिए अर्जुन शमशेर जबरा । उनी हाल भारतको टिहरी निवासी हुन् । बिधान सभामा उनको उमेदवारीको ब्यापक चर्चा छ । टिहरी गढवल क्षेत्रमा पर्छ जहाँ नेपालीहरुको संख्या ब्यापक छ । नेपालीहरु धेरै भएपनि पहिलेपहिले यहाँ भारतीयहरुनै उमेदवार बन्ने गरेका थिए । यो पटक साहसकासाथ नेपाली चेली उमेदवार बनेकि हुन् ।
नेपाली चेलीनै उमेदवार बनेपछि त्यहाँका नेपालीहरुमा विशेष चासो र निर्वाचनमा ब्यापक संलग्नता हुने स्थिति देखिएको छ । नेपालीका स्थानिय समस्याहरुलाई नेपाली चेली बिजयी भएमा बढि गम्भिरताका उठाउँछिन् भन्नेहरुपनि निकै देखिएका छन् । निर्वाचन यहि अक्टोबर १० मा हुने छ । टिहरी जिल्लाका बिधायक बिजय बाहुगुना बिधान सभा सदस्य थिए । उनी उत्तराखण्डको मुख्य मन्त्री भएपछि त्यो पद खाली थियो । अहिले हुन गएको निर्वाचन त्यहि क्षेत्रमा हो ।
टिहरी जिल्लाका बिधायक बिजय बाहुगुना बिधान सभा सदस्य थिए । उनी उत्तराखण्डको मुख्य मन्त्री भएपछि त्यो पद खाली थियो । अहिले हुन गएको निर्वाचन त्यहि क्षेत्रमा हो । नेपाली चेली यस निर्वाचनमा उमेदवार बनेपछि त्यहाँका नेपालीहरु उनलाई जिताउन प्रचारप्रसारमा ब्यापक रुपमा खटिएका छन् ।





