लियो नार्दो दा भिन्चीका चर्चाहिन सुन्दर कला !
मोनालिसाको तस्विर संझिनासाथ त्यो बनाउने ईटालियाली कलाकार लियो नार्दो दा भिन्चीको नाम आइहाल्छ । उनले सयौं कला बनाए । तर उनलाई चिनायो मोनालिसाले । विश्व प्रसिद्द बनायो पनि त्यहि मोनालिसाले । जिवनमा उनले धेरै कला बनाउन दिमाख खियाए, पसिना चुहाए । अक्किल लगाए । तर भिन्चीको नाम आउनासाथ मोनालिसासँग मात्रै जोडिन्छ । मोनालिसा र त्यसका कलाकार लियो नार्दो दा भिन्चीलाई सायद विश्वमै नचिन्ने मानिस कमै छन् ।
मोनालिसाको कला हेर्नेको भिड यति लाग्छ कि अहिले त वरिपरिबाट काठको बार लगाइएको छ भिड रोक्नकालागि । तर बाँकि कलाहरु भने उपेक्षित झैं छन् ।
तर कलाकारहरु भने भिन्चीका अन्य कला मोनालिसा भन्दापनि अब्बल दर्जाका भएको बताउँछन् । मोनालिसा बनाउन भन्दा बढि मेहनत परेको सुनिन्छ । त्यो भन्दा अझ सुन्दर छ भन्छन् । तैपनि पेरिसको लुभ्र संग्रहालयमा जो पुग्छ ति कि त सिधै मोनालिसा भएको कक्ष हानिन्छन् शुरुमै । त्यहि हेरेर फर्किन्छन् । कि त मोनालिसा हेरेपछि मात्रै अन्य कक्षतिर लाग्छन् ।
तर लुभ्र संग्रहालयमा जहाँ मोनालिसाको कक्ष छ त्यो पुग्नु अघिनै छेवैमा भिन्चीका अन्य कलापनि छन् भित्तामा । तरपनि मानिसहरु ति कलामा बिचरण गरेको देखिन्न । मोनालिसा पुग्नु अघि भित्तामा राखिएका भिन्चीका कलालाई छिचोलेर जान्छन् तर कसैले हेरेको देखिन्न ।
अरुको त के कुरा, स्वयं ईटालियालीहरुको समेत आँखा परेको देखिन्न । किनकि लियोनार्दो दा भिन्ची इटालियाली कलाकार हुन् । यो हिसाबले कम्तिमा भिन्चीका अन्य कलामा कम्तिमा तिनको त आँखा पर्नु पर्ने हो । चासो दिनु पर्ने हो । तर दिँदैनन् । त्यहि मोनालिसाको कला हेरेर घण्टौं बिताउँछन् बरु ।
त्यसो त मोनालिसा विश्व प्रसिद्द हुनुमा सुन्दर र रहस्यमय भएर मात्रै होइन । यसका अन्य कारणपनि छन् । त्यसको लागि तलको ब्लग हेर्नुस् है त ?











