बढ्दो दण्डहीनता र खस्कँदो मानव अधिकारले नेपाली पत्रकारहरु अप्ठेरोमा
नेपाल पत्रकार महासंघ युरोप शाखाको पहिलो अधिबेशनकालागि युरोप आए नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष शिव गाउँले । नेपाली पत्रकारले उनलाई युरोपका बिभिन्न मुलुक लगेर नेपालीसित सामिप्यता बढाउने, गुनासा सुन्ने, नेपाली समुदाय बुझ्ने र अधिबेशनमा आउन नसकेका नेपाली पत्रकारका समस्या, चुनौति र संभावनाबारे छलफल बिचर बिमर्श गराए सकेसम्म । यहि मेसोमा गाउँलेको अर्को महत्वपूर्ण भेटघाट भयो अन्तर्राष्ट्रिय पत्रकार महासंघका महासचिव वेथ कोष्टा सित । यो भेट अनतर्राष्ट्रिय पत्रकार महा संघको मुख्यालय बेल्जियमको ब्रसेल्समा अस्ति मंगलबार भयो ।
भेटमा नेपाली पत्रकार र प्रेस जगतबारे लामै छलफल गरियो । नेपालमा प्रेस स्वतन्त्रताको स्थिति, पत्रकारको अवस्था र सूचनाको हकको पालना सम्बन्धमा जानकारी गराए गाउँलेले । नेपाली पत्रकारका चुनौतिकाबारे छलफल हुँदा अध्यक्ष उनले भने “बढ्दो दण्डहीनता र खस्कदो मानव अधिकारको अवस्थाले पत्रकारहरुलाई आफ्नो व्यावसायिक कर्तव्य पूरा गर्न कठिन भैरहेको छ।”
नेपालमा अहिले पनि पत्रकारहरु भौतिक र व्यावसायिकरुपमा सुरक्षित छैन । तरपनि नेपाली पत्रकारहरु जोखिम र ति चुनौतिको सामना गरेर आफ्नो कार्यक्षेत्रमा खटिरहेका छन् । उनले योपनि जानकारि गराए । नेपाली पत्रकारले सुरक्षाको सामना गर्दै द्रिढताका साथ प्रेस स्वतन्त्रता र प्रजातन्त्रका लागि काम गरिरहेको देखेर आइ एफ जेका महासचिव वेथ कोष्टाले प्रशंसा गरिन् ।
विश्वभरिका पत्रकारको सुरक्षा र चासोको केन्द्र न हो आइ एफ जे । त्यसैले नेपाली पत्रकारले ब्यहोरेका यी चुनौति र कठिनाईलाई सहज बनाउन आइ एफ जेले सहयोग गर्नुपर्ने भनाई राखे । गाउँलेले नेपाली पत्रकारहरु असुरक्षित अवस्थामा पनि आफ्नो कार्यस्थलमा कसरी सुरक्षित रुपमा पत्रकारिता गर्न सक्छन् भन्ने सम्बन्धमा (आइएफजे) आइ एफ जेले सहयोग गर्नुपर्ने खाँचो रहेको औंल्याउँदा कोष्टाले आइ एफ जे त्यसकालागि तयार रहेको बताइन् ।
नेपाली पत्रकारले यस्तो चुनौतिपूर्ण र असुरक्षित अवस्थामापनि प्रेस स्वतन्त्रताकालागि गरेको कामको आइ एफ जेले उच्च मुल्यांकन गरेकोपनि कोष्टाले बताइन् । भेटघाटमा आइएफजेका मानव अधिकार तथा संचार मामिला प्रतिनिधि र सुरक्षा विषयको तालिम हेर्ने अधिकारीसमेत उपस्थित थिए । तिनलेपनि नेपली पत्रकारका सुरक्षाकोलागि के कसरि सहयोग गर्न सकिन्छ भनेर चासो राखेका थिए । गाउँलेसितै नेपाली पत्रकारहरु पञ्चम अधिकारी सन्तोस न्यौपाने र दिपक ज्योति पौडेलपनि थिए ।






