युरोपका हिरो एकता समाजका खेलाडी

खुल्ला एन आर एन रनिङ कप भलिबल प्रतियोगिता भयो बेल्जियममा गत आइतवार । तर हिरो बने नेपाली एकता समाजका खेलाडी । किनभने यहि खेलमा गत सालपनि नेपाली एकता समाजलेनै प्रथम बनेर कप उछिट्ट्याएको थियो ।

(बास्तबिक हिरोहरु हुन् यीनै)

(फाईनल खेल अघि एकता समाज टिम एकता र खेल जित्ने प्रतिबद्दता गर्दै)

(कप जितेपछि उचाल्दै खेलाडी र समर्थक)

लगातार तिन पटक सम्म प्रथम भए कपनै नेपाली एकता समाजले ल्याउने छ । नेपाली एकता समाजले गत साल जित्नु अघि यो कप बेल्जियमकै मगर समाजले जित्दै आएको थियो । दुई पटक जितिसकेको मगर समाजलाई गत साल तेस्रो पटक पूर्ण बिराम लगाइदिएर एकता सामज फ्रान्सले जितेको हो ।

फ्रान्सबाट दुई टिमले भाग लिएका थिए । अर्को टिम थियो, एन आर एन फ्रान्सको । नेपाली एकता समाजसित एन आर एन फ्रान्सको टिम भिड्दा पहिलो पटकमा २५ र १५ का बिच हराईदिएको थियो एकता समाजले भने दोस्रो खेलमा २९ र १९ मै हराइदिएको थियो । त्यहाँ जम्मा पाँच टिमले भाग लिएका थिए । बाँकि टिम थिए, किराँत समाज बेल्जियम, हिमालय सोसाईटी सेन्टर टिम र म्याग्देली समाज (मोना) को । यो खेल खुल्ला रुपमा आयोजना गरिएको युरोप स्तरिय हो जसमा जुनसुकै देशका नेपालीले भाग लिन सक्थे ।

(टिम मेनेजर रन थापा कप जितेपछि)

खेलमा सहभागि हुन प्रबेश शुल्क ११० युरो राखिएको थियो । मुख्यगरि बेल्जियम र अन्य देशमा भएका नेपालीनेपालीबिच भाइचारा संवन्ध बढाउन, चिनापर्ची गर्न, मित्रतालाई कसिलो बनाउन र युरोपमा नेपाली खेलाडीहरुको मनोबल बढाएर राख्नपनि आयोजन अगरिएको हो यो खेल ।

बेल्जियममा यो खेलकालागि नेपाली एकता समाजका संरक्षक तप्त भण्डारी, अध्यक्ष सुक गुरुङ लगायत २० जनाको समूह गएको थियो । कप जितेर आएका बधाईकालागि नेपाली एकता समाजले एक साँझ सामूहिक भेटघाट कार्यक्रमपनि राखेको थियो । “हप्ताभरि काम गरेर थकित भएका नेपाली युवाहरुले अर्काको देशमा गएरपनि सजिलोसित कप जित्नु चानचुने कुरो थिएन” खेलका बारेमा छोटो प्रतिक्रिया दिँदै एकता समाजका संरक्षक तप्त भण्डारीले टिलिफोनमा भने ।

तपाइँको प्रतिक्रिया